• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
दूध बिक्री नभएर किसान आन्दोलनमा, बाहिरी मूलुकबाट भित्रियो डेढ अर्बको दुग्धजन्य पदार्थ
64x64
कल्पना घिमिरे बिहीबार, फागुन १०, २०८०  २०:४५
1140x725

काठमाडौं– आइतबार चितवनका किसान दूध बिक्री नभएको र बिक्री भएको दूधको भूक्तानीसमेत समयमा नपाएको भन्दै दूध पोखेर सडकमा उत्रिए।उनीहरु दूग्ध उत्पादक किसानका समस्या समाधान गर्नका लागि कृषि मन्त्री वेदूराम भुसाल उदासिन रहेको भन्दै राजीनामा माग गर्दै सडकमा दूध पोखेर आन्दोलित भएका थिए।

चितवनका किसानको करिब ५२ करोड रुपैयाँ डेरी उद्योगले भुक्तानी गर्न आनाकानी गरिरहेको र किसानका समस्या समाधान गर्न कृषिमन्त्री भुसाल संवेदनशील नभएकाले ध्यानाकर्षण गराउन करिब  सय लिट दूध पोख्न बाध्य भएको दुग्ध उत्पादक सहकारी संस्था चितवनका अध्यक्ष किशोर बगालेले बताए।

सरकारले दुग्ध उत्पादक किसानका समस्या समाधान नगरेको भन्दै फेरि किसानहरु आन्दोलित हुने भएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानको संगठन राष्ट्रिय किसान सञ्जालले सरकार समक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएको छ।

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भूक्तानीसमेत नपाएकोप्रति पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदासमेत सरकारले वेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए।

नेपालमा दैनिक कूल  ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। यस्तै करिब ३० लाख घरपरिवार दूध उत्पादन क्षेत्रमा संलग्न रहेका छन्। नेपालको कूल गार्हस्थ उत्पादनमा दूधको योगदान ६ प्रतिशत रहेको सरकारी तथ्यांकमा उल्लेख छ।

कूल उत्पादनको ५० प्रतिशत दूध बजारमा जान्छ तर लामो समयदेखि प्रतिदिन ५ देखि ६ लाख लिटर दूध पनि बिक्री हुन नसकेको नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरे बताउँछन्। छिमेकी मुलुक भारतबाट अवैध रुपमा कच्चा दूध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भइरहेको कारण नेपाली किसानले उत्पादन गरेको दूध बिक्री नभएको घिमिरे बताउँछन्।

पशुपालक किसानहरुले एकातिर लम्पीस्किनका कारण ७५ अर्ब बढी क्षति बेहोर्न परेको अर्को तर्फ बिक्री भएको दूधको ६ अर्ब बराबरको रकम भुक्तानी नपाइरहँदा थप मारमा परेको उनको भनाइ छ।

‘लम्पी स्किन रोगको महामारीका कारण ६९ हजार बढी पशुहरू मरेका छन्। १५ लाख ३६ हजार १८० पशुहरू संक्रमित भएको बेला दूधको अभाव हुने अनुमान गरिएको थियो। यति छोटो समयमा मिल्क होलिडे हुने अवस्था सिर्जना हुनुले भारतबाट अनौपचारिक रूपमा दूध आयात भइरहेको छ भन्ने कुराको पुष्टि गर्दछ,’ घिमिरेले भने।

Ncell 2
Ncell 2

लम्पीस्किन रोगको कारण ७५ अर्ब भन्दा बढी बराबरको क्षति व्यहोर्न बाध्य भएका किसान बिक्री गरिएको दूधको करिब ६ अब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरूले भुक्तानी नगर्दा किसानलाई थप मर्का परेको उनको भनाइ छ।

‘यस्ता समस्याहरूले दुग्ध उत्पादक किसान तथा उत्पादक किसान विस्थापित हुनुपर्ने परिस्थितिप्रति समस्याहरू समाधानका लागि विभिन्न कार्यक्रमहरूमार्फत् नेपाल सरकारको बारम्बार ध्यानाकर्षण व्यवसायिक दूध गराउँदा पनि समस्या समाधान गर्न ठोस पहल भएन,’ उनले भने।

यस्तै विभिन्न मागहरुसहित आन्दोलन गरी सरकारलाई ध्यानाकर्षण गराउने उनले बताए। तर अझै बेवास्ता गरे सिंहदरबारभित्र गाईभैंसी बाधेर आन्दोलन गर्ने चेतावनीसमेत दिए।

डेढ अर्ब रुपैयाँभन्दा बढीको दुग्धजन्य वस्तु आयात 
यसरी किसानले दूध तथा दुग्धजन्य वस्तु बिक्री नभएर पोखिरहनु परेको अवस्थामा बाहिरी मुलुकबाट ठूलो परिमाणमा दुग्धजन्य वस्तु आयात  भएको छ। चालू आर्थिक वर्षको माघ मसान्तसम्म (७ महिना) मा डेढ अर्ब रुपैयाँभन्दा बढीको दूध तथा दूग्धजन्य वस्तु आयात भएको छ। ७ महिनामा १ अर्ब ५० करोढ ६४ लाख रुपैयाँ बराबरको दूध तथा दूग्धजन्य वस्तु आयात भएको हो।

जसमध्ये ८१ करोड ८९ लाख ७० हजार रुपैयाँको दुग्धजन्य विभिन्न परिकार आयात भएको छ। यस्तै ३६ करोड ५५ लाख ५३ हजार रुपैयाँको दूध पाउडर आयात भएको छ। २७ करोड ३३ लाख ५ हजार रुपैयाँको चिज, २ करोड ४० लाख ८३ हजार रुपैयाँको स्वादयुक्त दूध १ करोड ८९ लाख ४८ हजार रुपैयाँको बटर २० लाख रुपैयाँको दूधको क्रिम, ६ लाख ३२ हजार रुपैयाँको घिउ आयात भएको छ।
 
सरकारले लगायो दुग्धजन्य पदार्थ आयातमा रोक
पछिल्लो समय सरकारले स्वदेशी उत्पादन बिक्री नहुने समस्या देखिएको भन्दै दुग्धजन्य वस्तु आयातमा रोक लगाएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार बाह्य मुलुकबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको हो।

दूध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा बाह्य मुलुकमा सम्भाव्य वस्तुको निर्यात हुन नसकेको र निरन्तर आयातको कारणले आन्तरिक दूध तथा दुग्ध जन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार चिल्लो हटाइएको दूध (स्कीम्ड मिल्क)को पैठारीमा पूर्ण रोक लगाइएको छ। यस्तै चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी) को पैठारीमा पनि पूर्णरुपमा रोक लगाइएको छ।

यस्तै अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ भने र परिवर्तित जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेकोमा पनि पैठारीमा पूर्ण रोक लगाइएको छ। यस्तै नौनी (बटर), घ्यू,  छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज र  भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिज आयातामा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ : रामनाथ अधिकारी मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको... शनिबार, जेठ २४, २०८२
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्