• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
युक्रेन युद्धमा होमिन पुगेका सुमन कसरी फर्किए नेपाल?
64x64
कल्पना घिमिरे शनिबार, माघ २०, २०८०  १६:२०
1140x725

काठमाडौं– रोजगारीका लागि खोटाङदेखि काठमाडौं आएका सुमन राई २०६९ सालदेखि तन्दुरीमा कुकको काम गर्थे। ७ वर्ष काम गरेको अनुभवपछि २०७६ सालमा ललितपुरमा आफैंले होटल खोले।

होटल राम्रोसँग चल्दै थियो। त्यहिबेला नेपालमा कोरोना महामारी फैलियो। लकडाउन भयो र होटल बन्द भयो। होटल नचलेपछि उनले ठूलो घाटा व्यहोरे। लकडाउनको समयमा होटल छाडेर फेरि फेन्सी पसल खोले। तर, फेन्सी पसलबाट आम्दानी राम्रो भएन।

‘भाडा महँगो थियो। आम्दानी राम्रो थिएन। अघिल्लो होटल खोल्दा लागेको ऋण पनि तिर्नु थियो। त्यो पसलको आम्दानीले तिर्ने देखिएन। अस्ति असोजमा मलेशिया जाने सोच लिएर मेनपावर खोज्दै भौतारिएँ,’ उनी सुनाउँछन्।

सुमन मलेशिया जाने लक्ष्य बोकेर सुकेधाराको एक मेनपावरमा पुगे। त्यो मेनपावरका सञ्चालकले मलेशियामाभन्दा रुसी आमीमा भर्ती हुन रुस गए राम्रो कमाइ हुने आश्वासन दिए। 

‘मलेशियाभन्दा अहिले रुसमा राम्रो छ। जान खर्च पनि धेरै छैन। मासिक २ लाख ६५ हजार रुपैयाँ कमाइ गर्ने लोभ देखाए। त्यहाँ काम गर्दै गएपछि रेड कार्ड पनि पाइन्छ भनेर लोभ देखाए। युद्ध हुँदै छ भन्ने थाहा भएन,’ उनले भने।

त्यसपछि सुमन रुस जाने तयारीमा लागे। मासिक साढे दुई प्रतिशत ब्याजदरमा ८ लाख रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाए। उनलाई भिजिट भिसामा लैजाने प्रोसेस गरियो। उनी गत असोज १५ गते रुस आर्मीमा भर्ती हुनका लागि विदेशिए।
 
‘त्यतिबेला घरपरिवारमा छुट्टै खुसी छाएको थियो। ऋण गरेरै भए पनि छोरा राम्रो कमाइ हुने देशमा जान लाग्यो भनेर निकै खुसी हुनुहुन्थ्यो,’ उनी सुनाउँछन्,  ‘३० दिनको भिसा लगाएर दुबई उडाइयो। दुवैबाट उडेपछि ८ घण्टा एयरपोर्टमा  राखियो। त्यहाँको एजेन्ट आएर मस्कोको एक होटलमा लगेर राख्यो। होटल लगेको भोलिपल्टै रसियन आर्मीमा भर्ती गराइयो।’

आर्मीमा भर्ती भइसकेपछि पहिलो क्याम्पमा लगियो। केही दिनपछि पहिलो क्याम्पबाट दोस्रो र त्यहाँ उनलाई दौडिने, कुद्ने, लुक्ने जस्ता तालिम दिइन्थ्यो।

‘त्यस्तो विशेष तालिम भने हुँदैन थियो। त्यही दौडाउने, भाग्ने त्यसपछि सिधै वार्डमा लैजाने हो। अनि युक्रेनसँग युद्ध गर्न अगाडि नेपालीलाई पठाउँछ,’ उनले भने,  ‘अनि दोस्रो क्याम्पमा फाइनल सोध्ने रहेछ, ड्युटी गर्न चाहन्छ चाहँदैन। तर त्यहाँ हामीले साइन गरिहाल्यौं।’

Ncell 2
Ncell 2

सोधे पनि ड्युटी गर्न खुसी छैन नेपाल फर्किन्छु भन्दा पनि पासपोर्ट राखिदिएर नेपाल नपठाएर सिधै युक्रेन पठाउने गरेको उनी सुनाउँछन्। पहिलो, दोस्रो क्याम्प गर्दै एक महिना १५ दिन बितिसकेको थियो।

उनलाई युक्रेन लैजाने तयारी थियो। एक हप्तापछि युक्रेनसँग युद्ध गर्नुपर्ने थियो। उनले सुनेका थिए, ‘युक्रेन युद्धमा नेपालीलाई सबैभन्दा अगाडि  ‘रेडजोन’ मा पठाउँछ।’ यही कुराले उनको मनमा त्रास भरिएको थियो।

एकदिन त सँगै भर्ती भएका इलामका एक नेपाली साथीले उनलाई एकजना नेपाली बितेको सुनाए। ‘त्यो घटना सुनेर झन मनमा त्रास बढिरहेको थियो। नेपाल जान पाए हुन्थ्यो भन्ने भइरहेको थियो। मैले रुसको केही भाषा बुझ्दिन थिएँ। स्याङ्जाका दिनेश क्षेत्रीलाई मैले नजिकबाट चिनेको थिएँ। उनैको सहयोगमा म नेपाल फर्किन सफल भएँ। त्यसैले म उनलाई भगवान सरह मान्छु,’ उनी सुनाउँछन्।

तालिममा पनि उनलाई थुप्रै गाली गलौज गर्ने गरिन्थ्यो। तर के भनेको भन्ने कुरा बुझ्न सुमनलाई रसियन भाषा आउँदैनथ्यो। तर दिनेशले भाषा बुझ्न सक्थे। दिनेशले रुसी सेनाले गरेको गाली नेपालीमा बुझाउँथे। दिनेश रुसमा करिब ४ वर्षदेखि काम गर्दै आएका थिए। 
 
‘१० जना नेपाली र १५ जना रुसी सँगै तालिममा थियौं। उ मेरो धेरै नजिकको साथी भएको थियो। रुसी सेनाहरुले गरेको गालीबारे उसले सुनाउँथ्यो। तिमीहरु भाषा बुझ्दैनौ मैले बुझिरहेको छु, यहाँ बस्नु ठीक छैन, यहाँबाट भागौं भन्यो। त्यसपछि मस्कोमा ३ दिन बसेर मसहित ३ जना त्यहाँबाट भागेर आयौं,’ उनले भने। 

त्यहाँबाट भाग्दा रुसी सेनाले पक्रेला भन्ने डर थियो। पक्रियो भने ७ वर्ष जेलमा पर्ने अर्को त्रास। १ महिना १५ दिनको तलब आएको थिएन। पैसा पनि छैन, ज्यान पनि दाउमा राखेर काम गर्नु पर्छ भने किन बस्ने भनेर फर्किने निर्णय लिए उनीहरुले। तर १ महिना १८ दिन बसाइपछि लुकीछिपी नेपाल फर्किन सफल भएको उनी सुनाउँछन्।

‘रुसी सेनामा काम गर्न सजिलो छैन, ज्यान दाउमा राखेर काम गर्नुपर्छ। तर पुगेपछि फर्किन पनि उत्तिकै अप्ठेरो छ। फर्किने बेलामा मैले नेपाली ३ लाख रुपैयाँ खर्च गरेँ। जाँदा लगभग ८ लाख रुपैयाँ बुझाएर गएको थिएँ। मेरो आउँदा जाँदा ११ लाख रुपैयाँ सकियो। तर त्यहाँ कमाई गर्न सकिएन,’ उनले भने।

उनले परिवारको पनि साथ पाए। ‘घरपरिवारले पैसा ठूलो कुरा होइन, बाँचेर आउनु ठूलो कुरा हो। टेन्सन लिने काम नगर पछि अर्को राम्रो देश गए जानू नेपालमै केही गर्न सकिन्छ भनेर सम्झाए’पछि हौसला मिलेको उनको भनाइ छ। 

अहिले उनले आफूलाई रुस जान प्रलोभन दिने व्यक्तिको खोजी गरिरहेका छन्। तर फेला पार्न नसकेको सुनाउँछन्।  ‘पठाउने एजेन्टको नाम पनि थाहा छैन। उसको कम्पनीको पनि नाम थाहा भएन। जाने बेलामा रकम बुझाउँदा उसलाई हातमै क्यास दिएको हो। उनीहरुसँग सम्पर्क छैन,’ उनले भने।
 
यस्तै उनी नेपालीलाई रुसमा कमाइ हुने प्रलोभनमा नफस्न आग्रह गर्छन्। विभिन्न मुलुक हुँदै भिजिट भिसामा अझै पनि नेपालीहरु रुस गइरहेको उनको भनाइ छ। 
‘दुबई लगायतका देशबाट रुस गइरहेका छन्। लगभग १५ हजार नेपाली रुसमा छन्। तर जति नेपाली भए पनि कसैको परिचय हुँदैन। कसैसँग कुराकानी गर्न पाउँदैनन्। त्यहाँ नेपाली बाहेक मंगोलिया, पन्जाबी, भारतीय र चीनतिरका छन्। तर नेपालीलाई युद्धमा अगाडि पठाउँछ। त्यसैले सरकारले जति नेपाली छन् ल्याउने तयारी गरोस्,’ उनको आग्रह छ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन आज आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका छन्। शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र  समन्वय समूहले आज आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम... शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व यु... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्