• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बजेटप्रति खेलकुद मन्त्रालयको असन्तुष्टि, सचिव भन्छन्- २७ वर्षसम्म पनि बन्दैन मुलपानी किक्रेट रंगशाला
64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, असार २९, २०८०  २१:५७
1140x725

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८०/०८१ मा खेलकुदका लागि छुट्याएको बजेटप्रति युवा तथा खेलकुद मन्त्रालयले असन्तुष्टि जनाएको छ। सरकारले सिलिङ घटाएर बजेट विनियोजन गरेको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेको हो।

प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आर्थिक वर्ष २०८०/०८१ मा खेलकुद मन्त्रालयको बजेट घटेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मन्त्रालयको बजेट कसरी बढाउन सकिन्छ भन्नेबारे छलफल भइरहेको बताए। 

मन्त्रालयको काम चार वटा क्षेत्रमा मात्रै
युवा तथा खेलकुद मन्त्रालयले विशेष गरी राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार, स्काउट गरी ४ वटा निकायले मन्त्रालय मातहतमा रही संयुक्त रुपमा काम गरिरहेको छ। 
मन्त्रालयका सचिव सूर्य गौतमले भने, ‘यस मन्त्रालय अन्तर्गत चार वटा निकाय छन्।  युवा तथा खेलकुद मन्त्रालयको ८५ प्रतिशत बजेट राष्ट्रिय खेलकुद परिषद्‌मा जान्छ। बाँकी १५ प्रतिशत युवा तथा साना व्यवसायी, राष्ट्रिय युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई बाँडफाँट गर्छौं।’

उनले आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयलाई ३ अर्ब ५ करोड ५० लाख प्राप्त भएको बताए। जस अन्तर्गत ५५.४८ प्रतिशत बजेट मात्रै खर्च भएको बताए। सचिव गौतमले बीचमा २० प्रतिशत रकम कटौती गर्ने, रोक्का गर्ने लगायतका विभिन्न कारणले गर्दा मन्त्रालयले काम गर्न नसकेको बताए। 

पूँजीगततर्फ ३२ करोड ५० लाख खर्च हुन सकेन
आव २०७९/०८० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा २२ करोड ५० लाख विनियोजन गरिएको थियो। यसको मोडालिटी कसले बनाउने? कसले चलाउने? वा निर्माण कसले गर्ने भन्ने विषय नटुंगिएको कारण उक्त रकम खर्च हुन नभएको सचिव गौतमले बताए।

त्यसैगरी कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडानको लागि माटो परीक्षण कार्य नहुँदा ठेक्का सम्झौता नभएको र उक्त आयोजनामा विनियोजित १० करोड रकम खर्च हुन नसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

अबको २७ वर्षमा पनि मुलपानी क्रिकेट रंगशाला बन्न सक्दैन
युवा तथा खेलकुद मन्त्रालयका सचिव गौतमले मन्त्रालयको बजेट घटेको कारणले अबको २७ वर्षमा समेत मुलपानी क्रिकेट रंगशाला बन्न नसक्ने बताए।

राष्ट्रिय खेलकुद परिषद्‌मा एक हजार जना कर्मचारीको दरबन्दी रहेको भए पनि प्राविधिक जनशक्ति मुस्किल १०/१२ जनाभन्दा बढी नभएको बताउँदै सचिव गौतमले खेलकुद पूर्वाधारको काममा समस्या दर्शाए। 

Ncell 2
Ncell 2

कतिपय रंगशालाको बहुवर्षीय योजना स्वीकृत हुन नसक्दा रंगशालाको काम अलपत्र परेको सचिव गौतमले बताए। उनले भने, ‘कतिपय रंगशाला निर्माणको बहुवर्षीय योजना स्वीकृत हुन सकेको छैन। २०७४/०७५ देखि सुरु गरेको छ। बहुवर्षीय योजना स्वीकृत पनि छैन। स्रोत सुनिश्चि पनि छैन। मुलपानी क्रिकेट रंगशाला सक्न अहिलेको अवस्थामा बजेटको ट्रेन्ड हेर्‍यो भने २७ वर्ष लाग्ने रहेछ। सुरु भएको २१ वर्ष भयो। सम्पन्न गर्नका लागि अझै २७ वर्ष लाग्ने भयो।’ उनले युवा तथा खेलकुद मन्त्रालयको बजेट सिलिङ न्यून रहेको टिप्पणी गरे। 

आव २०८०/०८१ मा कति छ बजेट? 
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ७ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ। जसमध्ये चालुतर्फ १ अर्ब ३४ करोड ९३ लाख र पुँजीगततर्फ ७२ करोड ८० लाख विनियोजन गरिएको छ। 

तर, उक्त बजेट मन्त्रालयका लागि पर्याप्त नभएको भन्दै मन्त्री लिम्बुले गुनासो गरे। जसका कारण खेलाडीको भविष्य सुनिश्चित गर्न, युवाहरुको वैदेशिक पलायन रोक्न, खेलकुदका पूर्वाधारमा अन्तर्राष्ट्र्रिय स्तरको सुविधा थप गर्न, एक स्थानीय तह एक खेलको कार्यक्रम सबै स्थानीय तहमा कार्यान्वयन गर्न चुनौती रहेको मन्त्री लिम्बुले बताए। 

सांसदहरुले खर्च गर्न पाउने बजेट खेलकुदका लागि छुट्याउन सकिने सुझाव
प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले युवा तथा खेलकुद मन्त्रालयले आत्मसात गर्न नसकेको आरोप लगाए। उनले भने, ‘मन्त्रालयमा विनियोजित बजेट खर्च हुन नसक्नु दुखद हो। खेलकुद र युवाको क्षेत्रमा काम गर्ने मन्त्रालय काम गर्ने क्षेत्रबाट पछि पर्नु डरलाग्दो छ। सरकारले १६५ वटा निर्वाचन क्षेत्रमा सांसदहरुले खर्च गरिने कार्यक्रमबाट कम्तीमा एउटा कार्यक्रम खेलकुदका क्षेत्रमा लगाउन सकिन्छ। त्यसका लागि मन्त्रालय सबै सांसदसँग छलफल गर्ने कार्यसूची बनाउनुपर्छ।

सांसद पाण्डेले खेलकुद मन्त्रालयलाई अघि बढाउनका लागि अरु मन्त्रालयसँग समन्वय गर्न सुझाव दिए। ‘खेलकुद क्षेत्रले खेलको मान्यतालाई आत्मसात गर्न सकेको छैन। कहिले एन्फा, कहिले क्यानको विवाद भइरहनु दुखद हो। खेलकुद जगतलाई विवादरहित बनाउनुपर्छ सांसद पाण्डेले भने।

बजेट खर्च नभएको प्रति आलोचना
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरुले बजेट कम भएको भन्ने तर खर्च नभएर फिर्ता पठाएको भन्दै खेलकुद मन्त्रालयको आलोचना गरेका छन्। सांसद सुमना श्रेष्ठले बजेटको अंक हेरेर सानो र ठूलो नभई नवीनतम योजनाअघि बढाउनु पर्ने सुझाव दिइन्। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन किन पन्छिएको भन्दै जवाफ माग गरिन्।

त्यसैगरी सांसद भानुभक्त जोशीले खेलकुद परिषद्को विवाद अन्त्य गर्न सुझाव दिए। सांसद दीपा श्रेष्ठले बजेट विनियोजन पूर्व नै खेलकुद मन्त्रालयले छलफल गरेको भए बजेट थप गर्न सकिने विश्वास व्यक्त गरिन्।

सांसद प्रभु हजारा, अरुणकुमार चौधरी, रामप्रकाश चौधरीले बजेट फ्रिज पठाएको भन्दै आलोचना गरे। सांसद विद्या भट्टराई बजेट फिर्ता पठाउने संस्कृतिको अन्त्य हुनु पर्नेमा जोड दिइन्। उनले खर्च नभएर फिर्ता पठाउने व्यक्ति र संस्थालाई कारबाही गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ७ सय रुपैयाँमा कार... आइतबार, जेठ २५, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। शनिबार, जेठ २४, २०८२
आज सुनको मूल्य स्थिर, चाँदीको कति ? महासंघका अनुसार बिहीबार २ हजार ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २३, २०८२
ताजा समाचारसबै
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
विपक्षी दलहरूको बैठक नसकिएकाले डेढ घण्टा बित्दासम्म सुरू भएन सदन आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्