• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
64x64
अन्शु खनाल शनिबार, चैत ४, २०७९  ०९:०४
1140x725

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले डेढ वर्षदेखि आफ्नै आर्थिक स्रोतबाट छात्राहरूलाई सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ।

कोभिडको महामारी सामान्य भएसँगै नियमित रूपमा विद्यालय सञ्चालन हुन थालेदेखि विद्यालयले मासिक रूपमा प्रतिछात्रा आठवटा प्याड वितरण गरिरहेको थियो। तर, आर्थिक भारका कारण विद्यालयले केही समययता प्याड किन्न नसक्ने र स्कुलमै आएपछि महिनावारी हुने छात्राहरूलाई मात्रै दिने गरेको विद्यालयका प्रधानाध्यापक हेरम्भराज कँडेलले बताए।

‘करिब दुई हजार छात्राहरूमा १७ सय भन्दा बढी महिनावारी हुने उमेरका छन्। विद्यालयकै स्रोतबाट प्याड किनेर सबैलाई वितरण गर्न नसकिने भएपछि हामीले आफैं प्याड किन्न नसक्ने विद्यार्थीहरू र स्कुल आएकै समयमा महिनावारी हुनेहरूलाई प्राथमिकतामा राखेर प्याड दिइरहेका छौँ’, कँडेलले भने। 

नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरूलाई महिनावारीको समयमा आवश्यक पर्ने स्यानिटरी प्याड नि:शुल्क उपलब्ध गराउन कार्यविधि बनायो। महिनावारीका कारण छात्राहरूले विद्यालय छोड्ने समस्या समाधान गरी गुणस्तरीय शिक्षा प्रत्याभूति गर्न स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि,२०७६ ल्याइएको हो।

उक्त कार्यविधि अनुसार सामुदायिक विद्यालयमा त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रूपमा छात्राहरूलाई एउटा महिनावारी चक्रको लागि बढीमा सोह्र वटासम्म प्याड वितरण गर्नुपर्ने भनिएको छ। तर, २०७७ सालयता काठमाडौं महानगर मातहतमा रहेका कुनै पनि सामुदायिक विद्यालयले स्यानिटरी प्याड पाउन सकेका छैनन्।

डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा छात्राहरू मात्रै अध्ययन गर्छन्। उक्त विद्यालयले पनि तीन वर्षयता गैरसरकारी निकायहरूले अनुदानमा दिएको स्यानिटरी प्याड छात्राहरूलाई वितरण गरिरहेको छ।‘महानगरपालिकाबाट प्याड र बजेट केही आएको छैन। हामीले दाताहरूले डोनेट गरेको प्याडले काम चलाइरहेका छौँ’, विद्यालयकी प्रधानाध्यापक रिता तिवारी भन्छिन्।

त्यस्तै, बालाजुस्थित जनजागृति ज्ञान रश्मि माविले पनि विद्यालयको निजी स्रोतबाट प्याड वितरण गरिरहेको प्रधानाध्यापक मन्दिरा खनालले बताइन्।

सरकारले स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि ल्याएको चार वर्ष बितिसक्दा यसबीचमा थुप्रै स्थानीय तहले प्याड खरिदमा गरेका अनियमितता र वितरण गरेको प्याडको गुणस्तरमा प्रश्न उठिरहेकै छ। राजधानीकै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले नि:शुल्क प्याड नपाउनुले देशका करिब ३५ हजार सामुदायिक विद्यालयका छात्राहरूको अवस्था सजिलै आकलन गर्न सकिन्छ।

Ncell 2
Ncell 2

हाल काठमाडौं महानगरपालिका मातहतमा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्। यीमध्ये आर्थिक स्रोत बलियो भएका विद्यालयहरूले आफ्नै स्रोतबाट र नभएकाहरूले विद्यार्थीहरू आफैंलाई प्याड किनेर प्रयोग गर्न भनिरहेका छन्।

स्यानिटरी प्याड वितरण गर्न थालेपछि छात्राहरू नियमित स्कुल आउन थालेकाले उनीहरूको मनस्थितिमा नकारात्मक असर नपरोस् भन्ने हेतुले विद्यालयकै आर्थिक स्रोतबाट प्याड बाँड्ने निर्णय गरेको कँडेल बताउँछन्।

काठमाडौंमै किन भयो समस्या?
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८  मा स्यानिटरी प्याड खरिदको लागि १ करोड ४० लाख बजेट छुट्याएको थियो। २०७६ सालमा भने सिधै विद्यालयको खातामा पैसा पठाएर प्याड खरिद गर्न भनेको थियो। त्यसो गर्दा प्याड खरिदमा एकरूपता नभएको भन्दै महानगरले २०७७ सालमा भने टेन्डर नै आह्वान गरेको महानगरपालिकाको शिक्षा विभागकी उपनिर्देशक सरस्वती पोख्रेल बताउँछिन्।

खरिद प्रक्रिया अनुसार टेन्डर आह्वान गरिसकेपछि जुन कम्पनीले सबैभन्दा कम मूल्यमा सामान उपलब्ध गराउँछु भन्छ उसैलाई छनोट गर्नुपर्ने हुन्छ। उक्त समय महानगरको लागत अनुमान ५० रुपैंया प्रतिप्याड थियो भने ‘हेल्पिङ मल्टिप्रपोज प्रालि’ले सबैभन्दा कम २८ रुपैयाँ प्रतिप्याड उपलब्ध गराउने भनेको थियो। सोही प्रक्रियाअनुसार ‘हेल्पिङ मल्टिप्रपोज प्रालि’ छनोट भयो।

महानगरको उपप्रमुखको नेतृत्वमा गठन भएको प्याड वितरण समितिले उक्त कम्पनीले दिने भनेको स्यानिटरी प्याडको नमूना गुणस्तर जाँचका लागि माग गर्‍यो। नमूना जाँचपछि प्याड गुणस्तरीय छैन भन्ने रिपोर्ट आयो। उक्त नमूना निजी ल्याबमा परीक्षण गरिएको थियो। टेन्डर पास भएको कम्पनीले निजी ल्याबको भर नहुने भन्दै प्याड फेरि सरकारी ल्याबमा परीक्षणको लागि पठाउन अनुरोध गर्‍यो। कम्पनीको अनुरोधमा प्याड वितरण समितिले सरकारी ल्याबमा नमूना पठायो।

उक्त ल्याबले पनि प्याड गुणस्तरीय नभएको ठहर गर्‍यो। गुणस्तरीय नभएपछि समितिले उक्त कम्पनीसँग प्याड नलिने निर्णय गरेको थियो। त्यसपछि महानगरले त्यसको धरौटीस्वरुप लिएको २६ लाखसमेत जफत गरी टेन्डर प्रक्रिया नै रद्ध गरेको पोखरेलले बताइन्। टेन्डर रद्द भएपछि उक्त स्यानिटरी प्याड कम्पनीले महानगरविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा सर्वोच्चमा चल्दै गर्दा महानगरले २०७८/७९ को आर्थिक वर्षमा प्याड खरिदको लागि १ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो।

‘२०७८ सालमा प्याड वितरणको काम भदौबाट नै सुरु गरिएको थियो। सर्वोच्चमा चलिरहेको मुद्दाको कात्तिकमा अदालतले स्टेअर्डर दिएपछि काम रोकियो। अदालतमा मुद्दा विचाराधीन हुँदा नयाँ टेन्डर आह्वान गर्न पनि नमिल्ने रहेछ। त्यस कारण दुई वर्ष नै प्याडको लागि आएको बजेट फ्रिज भएर फिर्ता गयो’, पोखरेलले भनिन्।

चालु आर्थिक वर्ष २०७९/८० मा महानगरले प्याड खरिदका लागि १ करोड ६५ लाख ४० हजार बजेट विनियोजन गरेको छ। तर, शैक्षिक सत्रको अन्तिम र आर्थिक वर्षको मध्यम समयमा पुग्दा अहिलेसम्म महानगर मातहतका सामुदायिक विद्यालयले प्याड या बजेट केही पनि पाउन सकेका छैनन्।

स्कुल–स्कुलमा पैसा पठाउने तयारी
विद्यालयहरूमा वितरण गर्ने प्याड नहुनाले समस्या परेको भन्ने गुनासोहरू बढ्न थालेपछि महानगरले सिधै विद्यालयमै बजेट पठाउने तयारी सुरु गरेको छ। उपनिर्देशक पोखरेलका अनुसार गत महिनाको कार्यपालिकाको बैठकले सिधै विद्यालयमै पैसा पठाउने निर्णय गरेको हो। 

‘कतिपय विद्यालयहरूमा निकै समस्या पर्‍यो भनेर गुनासोहरू आइरहेको थियो। तीन–तीन वर्षसम्म बजेट या प्याड नजाँदा समस्या हुन्छ नै, त्यसकारण अघिल्लो महिनाको कार्यपालिकाको बैठकले सिधै विद्यालयमै पैसा पठाउने निर्णय गरेको छ’, उनले भनिन्। 

चालु आर्थिक वर्षको शैक्षिक सत्र सकिनै लागे पनि पैसा पठाउने निर्णय भएर प्रक्रियामा काम भइरहेको उनले बताइन्। महानगरको शिक्षा विभागको तथ्यांकअनुसार हाल ८९ सामुदायिक र १६ वटा वैकल्पिक गरेर १०५ वटा विद्यालयका १६ हजार ८३३ जना छात्राहरूको लागि वार्षिक ९ सय ८२ प्रति विद्यार्थीको दरले बजेट पठाउन लागेको हो।

खरिद प्रक्रिया अनुसार पाँच लाखभन्दा माथिको सामग्री किन्दा टेन्डर आह्वान गर्नुपर्ने हुन्छ। अब महानगरले सिधै विद्यालयमा बजेट पठाउँदा पाँच लाख भन्दा बढी बजेट पाएका विद्यालयले पनि टेन्डर आह्वान गर्नुपर्ने हुन्छ।

‘अब सिधै विद्यालयमा पैसा आउँछ भन्ने सहमति भएको छ। यो बिचमा विद्यालयलाई आर्थिक भार पर्‍यो। छात्राहरू मर्कामा परे। तर, अब ढिलै भए पनि बजेट आउँछ भने सबैको लागि राम्रो कुरा हो’, विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक कँडेलले भने।

टेन्डर आह्वान गरेर कम्पनी छनोट हुन केही समय लाग्ने भए तापनि प्याड वितरणका लागि बजेट आउने कुराले धेरै विद्यालयहरू खुसी देखिएका छन्।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
जलनका घटनामा उपचार गर्ने प्लास्टिक सर्जन देशभर जम्मा १३ जना, अस्पताल जति काठमाडौंमै मात्र
सम्बन्धित सामग्री
आजको मौसमः पहाडका केहि भागमा बदली, मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम... सोमबार, जेठ २६, २०८२
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडि... सोमबार, जेठ २६, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि जुम्ला पुगेका छन् । उनीहरू शनिबार जुम्ला पुगेका थिए । शिलान्यास कार्यक्रममा बोल्द... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
आजको मौसमः पहाडका केहि भागमा बदली, मुख्यतया मौसम सफा रहने सोमबार, जेठ २६, २०८२
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्