• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
‘जनयुद्ध’ का सहकर्मी मन्त्री भए, दीपक सडकमै छन्
64x64
धनु विश्वकर्मा शनिबार, माघ २१, २०७९  १५:२२
1140x725

काठमाडौं– विसं २०५२ साल फागुन १ गते माओवादीले देशभर युद्धको घोषणा गर्‍यो। घोषणाको पहिलो दिनमै भूमिगत हुनेहरूको सूचीमा पर्छन् दीपक चलाउने।

समृद्धिको सपना बोकेर क्रान्तिमा होमिएका दीपक एक दशकसम्म लडिरहे। थुप्रै पटक उनको आँखासामुन्ने भएर गयो मृत्यु। सँगै लडाइँमा होमिएका थुप्रै सहकर्मी सहिद बने। 

कठोर संघर्ष र चुनौती व्यहोरेर उनी लडिरहे। 

तर, अहिले भूमिगत जीवनले दीपकलाई पटक–पटक प्रश्न गरिरहन्छ। ‘जेका लागि लडिएको थियो। त्यो पूरा भएन। जे नहुनुपर्ने थियो त्यो भयो,’ सम्झेर उनी छट्पटाउँछन्।

त्यतिबेला जाजरकोट जिल्ला सैन्य आयोग इन्चार्जको भूमिकामा थिए दीपक। सन्धीखर्क, लहान, बेनी, पीली, खारा, खैरीखोला, सुनवल, पाल्पा र तौलिहवा मोर्चाका किल्लामा लडाइँको नेतृत्वकर्ता थिए उनी।

०००

०३९ तिर जाजरकोटको स्याँक्रीमा विद्यालय थिएन। हुर्कँदै गरेका सन्तानहरू पढाउनु थियो बा–आमालाई। पढाउन शिक्षक चाहिन्थ्यो। 

तर अभाव थियो।

Ncell 2
Ncell 2

गाउँभन्दा परसम्म शिक्षकको खोजी भयो। पाथीमा अन्न उठाएर शिक्षकलाई गाउँलेहरूले पारिश्रमिकको व्यवस्था गरे। 
त्यही मेसोमा बालक दीपक चलाउनेले पनि स्कुलको आँगन टेक्ने मौका पाए। उनले गाउँकै स्कुलबाट ०४९ सालमा एसएसलसी पास गरे।

सदरमुकाम खलंगा टाढा थियो। दाइहरू रुकुमको चौरजहारीमा पढ्थे। उनी चौरजहारीकाे शीतल उच्च माविमा भर्ना भए।

कलेजबाटै राजनीतिक यात्रा तय भएको थियो दीपकको। कलेजमा उनले कम्युनिष्ट पार्टी ‘गरिबको पार्टी’ हो भन्ने सुने।

यही शब्दका कारण उनी ‘कम्युनिष्ट’ बने। माओवादी निकट विद्यार्थी संगठनका साथीहरूसँग भेट भएपछि दीपक सक्रिय रुपमा अखिल क्रान्तिकारीमा आबद्ध भए। ०५१ सालमा उनी पार्टीको सेक्युरेटी सेलको ईन्चार्ज बने।

Deepak-Chalaune (3)1675475833.jpg

जनयुद्धमा होमिँदा परिवारसँग बिदा मागेको क्षण ताजै छ उनलाई। त्यतिबेला परिवार त्रसित थियो। उनी भने उत्साहित। 
उनी जनमुक्ति सेना नेपालको छैठौं डिभिजनको सह–कमाण्डर हुँदा देशमा शान्ति सम्झौता भयो। त्यसपछि माओवादी पक्षले युद्धबिराम लियो। १२ बुँदे शान्ति सम्झौतामार्फत् माओवादी संसदीय राजनीतिको बाटोमा पनि आयो। 

युद्धले गिजोलिएको देश क्षतविक्षत भएको थियो। मन र शरीरका घाउ आलै थिए। ‘माओवादीले क्रान्तिको बाटो त्याग्यो। तर हामीले निरन्तर जारी राख्यौं’, उनी भन्छन्।

दीपकलाई सधैं लागिरहन्छ– क्रान्ति कहिल्यै सकिँदैन। 

शान्ति सम्झौताताका उनी सुर्खेतमा थिए। त्यतिबेला यो खबरले उनीभित्र खुसी र सशंय दुवै प्रकट गर्‍यो। यति चाँडै युद्ध विश्राम होला भन्ने लागेको थिएन दीपकलाई। 

१२ बुँदै सम्झौतामा सेना समायोजन भयो। तत्कालीन विद्रोही पक्षले हातहतियार राज्यलाई बुझायो। दीपक लगायत धेरै ‘कमरेड’ को विमती थियो यसमा। ‘राज्य र विद्रोही पक्षका दुवै सेनाको असमान समायोजन भएको थियो। त्यो हामीलाई मान्य थिएन,’ उनी भन्छन्। 

असहमतिसँगै माओवादी टुक्रियो। मोहन वैद्य किरणको नेतृत्वमा नेकपा (क्रान्तिकारी माओवादी) निर्माण भयो। उनीहरू संर्घषमै रहे। 

दीपक त्यतिबेला सेकेन्ड लेफ्टिनेन्ट हुन सक्थे। संसदीय राजनीतिमा भूगोलबाट नेतृत्व गर्ने बाटो पनि खुला थियो। तर उनले संघर्षकै बाटो रोजे।

भूमिगतकालमा उनले नेतृत्व गरेका ‘कमरेड’हरू पटक–पटक मन्त्री र मुख्यमन्त्री भइसकेका छन्। जनयुद्धकालमा दीपकभन्दा जुनियर महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत भइसके। अहिले उनकै सहकर्मीहरूबाट गल्ती दोहोरिएका छन्। 

भूमिगतकालमा सेवा बस्नेतसँग जनवादी विवाह भएको थियो दीपकको। अहिले दुवै सामान्य जीवन बिताइरहेका छन्। सेवालाई राजनीतिप्रति वितृष्णा मात्र छ। उनी सुन्न पनि चाहन्नन् राजनीतिका कुरा।

Deepak-Chalaune (2)1675475831.jpg

पछि दीपक नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेकपामा गए। दुई वर्ष भूमिगत पनि भए। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगायो। सरकार र विप्लव पक्षबीच वार्ता भयो। वार्तासमूहका एक सदस्य थिए दीपक। तीन बुँदे सहमति सहित विप्लव समूहको प्रतिबन्ध फुकुवा भयो। 

अहिले राजनीतिमा उति सक्रिय छैनन् दीपक।

कम्युनिष्ट आन्दोलनकाे एउटा हिस्सा भएका नाताले उनलाई लाग्छ–टुट्फुट हुनु कम्युनिष्टको चरित्र नै हो। तर मुद्दा छोड्नु हुँदैन। 

शान्ति प्रक्रियापछि यस्तो अवस्था आउला भन्ने कल्पना गरेका थिएनन् उनले। जे सोचेका थिएनन्। त्यही भयो। ‘राज्यको नयाँ ढंगले पुर्नसंरचना हुन्छ भन्ने लागेको थियो। हुन सकेन,’ उनी भन्छन्।  

युद्धका सहकर्मीसँग बेला–बेला कुराकानी हुन्छ दीपकको। मनैदेखि कोही खुशी छैनन्। सत्ता र शक्तिको बागडोरमा बसेका छन् धेरै। ‘तर म सत्ताको मातमा गइनँ। जनतासँग छु। सडकसँग छु,’ उनी गर्विलो भावमा भन्छन्।

तर युद्ध लडेका साथीहरू कहाँ छन्? उनीहरूको परिवार कहाँ छ? जवाफ छैन उनीसँग। जवाफ हिजोको नेतृत्वकर्ताबाट पनि पाउन सक्दैनन् उनी।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:२२
  • #दीपक चलाउने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण आइतबार, जेठ २५, २०८२
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु आइतबार, जेठ २५, २०८२
‘दुई सयको बचत, दस हजारको सहारा’ आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्