काठमाडौं– सन् २०१८ मा रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै फाइनल प्रवेश गरेको क्रोएसियाले जारी विश्वकपमा सोचेअनुसार प्रर्दशन गर्न सकेको छैन।
जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यसहित कतार पुगेको क्रोएसियालाई पहिलो खेलमा मोरक्कोले गोलरहित बराबरीमा रोकेको थियो।
गोलरहित बराबरीमा रोकिएपछि समूह ‘एफ’को क्रोएसियाले १ अंकमात्र जोड्न सफल भयो। पहिलो खेल बराबरीमा रोकिएको क्रोएसिया अहिले दबाबमा छ। क्रोएसियाले आज (आइतबार) नेपाली समयअनुसार खलिफा इन्टरनेशनल रंगशालामा राति ९ः४५ बजे आफ्नो दोस्रो खेल क्यानडासँग खेल्दैछ।
यी दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण छन्। अर्को चरण प्रवेशको सम्भावना सहज बनाउन आजको खेल जित्नै पर्ने दबाबमा क्रोएसिया र क्यानडा दुवै छन्।
क्यानडाको राष्ट्रिय टोलीका प्रशिक्षक जोन हर्डम्यानले उत्तर अमेरिकी टोली क्यानडाले क्रोएसियालाई सहजै पराजित गर्ने बताएका थिए। त्यसपछि क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले आफूहरू सन् २०१८ को विश्वकपको उपविजेता भएकाले सम्मान गर्न बताएका छन्।
उनले भनेका छन्, ‘विश्वकपमा फाइनल पुगेको टोलीप्रति सम्मान गर।’
क्यानडाले पहिलो खेल बेल्जियमसँग १–० ले पराजित भएको थियो। अंकबिहिन हुँदै क्यानडा आफ्नो समूहको पुछारमा छ।
यता स्टार खेलाडीले भरिएको क्रोएसियासँग लुका मोड्रिक, इभान पेरसिक, मारियो पेल्सिकजस्ता खेलाडी प्रतिभावना खेलाडी छन्।
आफ्ना १७ खेल मध्ये क्रोएसियाले ११ मा जित निकालेको छ भने ५ वटा ड्र भएका छन्। अष्ट्रेलियासँगको खेलमा भने ३–० को ब्यहोरेको थियो।
यता क्यानडा ३६ वर्षपछि यस पटक विश्वकप खेल्दैछ। क्यानडाको यो दस्रो विश्वकप यात्रा हो। सन् १९८६ मा विश्वकप खेल्दा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो।
क्यानडासँग अल्फान्सो डेभिस, लुकास काभाल्लिनी, जोनाथन डेभिड, सामुएल पिएट्टे जस्ता खेलाडी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।