• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उपेन्द्र यादव भन्छन्– चुनावी परिणाम रहस्यमयी छ, तर जनताको निर्णयको सम्मान गर्छौं
64x64
नेपाल लाइभ शनिबार, मंसिर १०, २०७९  ०९:५४
1140x725

काठमाडौं– जनमत पार्टीका सिके राउतसँग सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका उपेन्द्र यादवले चुनावी परिणाम रहस्यमयी भएको बताएका छन्। 

यद्यपि आफूहरुले  जनताको निर्णयको सम्मान गर्ने उनको भनाइ छ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष समेत रहेका यादवले चुनावमा भएका आन्तरिक र बाह्य षड्यन्त्रको सुइको आफूले पनि पाएको बताएका छन्।  

‘चुनाव एउटा राजनीतिक प्रक्रिया हो। जसमार्फत् जनताले आफ्नो प्रतिनिधि छान्ने हो। चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु। यसको पनि मूल्याङ्कन हुने नै छ। र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन,’ यादवले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्, ‘यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ। नव निर्वाचित जनप्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ।’

यस्तो छ यादवको सन्देश: 
मुलुकमा पञ्चायती व्यवस्था, निरङ्कुश राजतन्त्र भएको बेला जनतालाई लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता लगायतका मौलिक हकहरूबाट वञ्चित गरिएको थियो। उक्त निरङ्कुश शासनको विरुद्धमा वामपन्थी राजनीतिक धारबाट प्रेरित भइ विद्यार्थी राजनीतिमार्फत् संघर्ष सुरु गरेको थिए।

२०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकोले तत्कालीन शासकहरूको आदेशमा पहिलो पटक जेल परे। त्यसपछि निरन्तर रूपमा लोकतन्त्र, बहुदलीय व्यवस्था, जनताको अधिकार, समानता  तथा सिमान्तिकृत वर्गको उत्थानको लागि सकृय राजनीतिमा लागी संघर्ष जारी नै राखे।

२०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्ने अवसर पाएँ। यसरी वामपन्थी राजनीतिमार्फत् अगाडि बढ्दै जाँदा विभिन्न अवरोधहरूको पनि सामना गर्नुपर्‍यो। २०४२ सालमा पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्र बहालीको लागि लड्ने क्रममा काठमाडौंको केन्द्रीय कारागारमा र २०४६ सालमा आन्दोलनको क्रममा विराटनगरबाट पक्राउ परि धनकुटा जेलमा बन्दी जीवन बिताउनु पर्‍यो।

देशमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेसी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन सकेको थिएन। उनीहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो। मधेसी समुदायलाई विदेशी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो। उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए। 

राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाइँ अपरिहार्य रहेको महसुस गर्दै तत्कालीन मधेसी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेस जनविद्रोहको संखनाध गर्‍यौँ। र, मधेसी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेस जनविद्रोह सफलतापूर्वक अगाडि बढ्यो। संविधान सभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि संघर्ष जारी राख्यौँ। त्यही संघर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो। नत्र यो पनि सम्भव थिएन। आज संघीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेस जनविद्रोहकै देन हो। 

तथापि यो संविधान त्रुटिपूर्ण छ, संविधानमा असमानताहरू रहेका छन्। अझै पनि संघीयता वास्तविक रूपमा संघीयता जस्तो हुन सकेको छैन। प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन। हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन। यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन। बहुभाषिक नीतिलाई  राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन। यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ। विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ। स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन। जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ। त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि संघर्षरत छौँ। 

बहिस्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय इत्यादि आधारभूत आवस्यक्ताप्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ। अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि संघर्ष गर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो। 

मधेस विश्वविद्यालय, मधेस प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जीनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू हुन्। अन्य कतिपय योजनाहरू पनि पूरा भइसकेको वा हुने क्रममा रहेको सर्वविदितै छ। 

चुनाव एउटा राजनीतिक प्रक्रिया हो। जसमार्फत् जनताले आफ्नो प्रतिनिधि छान्ने हो। चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुइँको मैले पनि पाएको छु। यसको पनि मूल्याङ्कन हुने नै छ। र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन। यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ। नवनिर्वाचित जनप्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ। सम्पूर्णमा सुखद कार्यकालको शुभकामना व्यत्त गर्दछु। 

निर्वाचनमा सहभागी मतदाताहरू, सहकार्य तथा प्रतिस्पर्धामा रहेका विभिन्न दल र त्यसका नेताहरू, निर्वाचन आयोगका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकार तथा पर्यवेक्षकहरू लगायत सम्पूर्ण सहयोगी संस्थाहरू, निर्वाचन अवधिभर अहोरात्र खट्नुहुने युवाहरू, प्रचारप्रसारलाई रचनात्मक बनाउन सहयोग गर्नुहुने गायक तथा सङ्गीतकर्मीहरू लगायत सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछु। 

अन्त्यमा, यस निर्वाचनको नतिजाले हाम्रो संघर्ष यात्रालाई कुनै असर पार्ने छैन। एक इन्च पनि तलमाथि नभइकन जनताको म्यान्डेटअनुसार हामी हाम्रो मिसनमा लागिरहने छौँ। बरु विगतको समीक्षा गर्दै हाम्रो प्रयास झन् सशक्त हुने विश्वास दिलाउन चाहन्छु। धन्यवाद।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ
सम्बन्धित सामग्री
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबारको बैठक ढिलो गरी सुरु भएपनि प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हु... मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी... मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले बजेट सन्तुलित नभएको टिप्पणी गरेका छन्। क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको उनको... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्