काठमाडौं– स्पेनले ७४ मिनेटमा पाँचौ गोलको अग्रता लिएको छ।
कोस्टारिकाविरूद्ध पाँचौ गोल मिडफिल्डर गाभीले गरे। मोराटाको क्रस पासमा उनले गोल गरेका थिए। उनले १८ वर्ष ११० दिनमा गोल गरेका हुन्। यसअघि विश्वकपमा ब्राजिलका पेलेले १७ वर्ष २४९ दिनमा गोल गरेका थिए। मानुअल रोसासले पनि १८ वर्ष ९९ दिनमा गोल गरेका थिए।
स्पेनका लागि युवा स्ट्राइकर फेरान टोरेसले दुई, डानी ओमोले १ र मार्को असेन्सियोले १ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।