काठमाडौं– युवा स्ट्राइकर फेरान टोरेसले दोस्रो हाफमा पनि गोल थपेपछि स्पेनले ५४ मिनेटमा चौथो गोलको अग्रता लिएको छ।
कोस्टारिकाविरूद्ध उनले ३१ मिनेटमा पेनाल्टीमार्फत् गोल गरिसकेका छन्। उनको यो १५ औं अन्तर्राष्ट्रिय गोल थियो।
स्पेनले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो। उसका लागि ११ मिनेटमा डानी ओमोले गोल गरेका थिए। दोस्रो गोल मार्को असेन्सियोले २१ मिनेटमा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।