काठमाडौं– कोस्टारिकाविरूद्ध विश्वकपको पहिलो खेलमा ३१ मिनेटमा स्पेनले तीन गोलको अग्रता लिएको छ।
समूह ‘इ’ अन्तर्गत पहिलो खेलमा एकपल्टको पूर्व विश्वविजेता स्पेनले ११ मिनेट, २१ मिनेट र ३१ मिनेटमा गोल गरेको छ।
पहिलो गोल डानी ओमो, मार्को असेन्सियो र तेस्रो गोल फेरान टोरेसले गरे। टोरेसले पेनाल्टीमार्फत् गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।