काठमाडौं– विश्वकप अन्तर्गत बुधबार राति भइरहेको समूह ‘इ’ को पहिलो खेलमा पूर्वविश्व विजेता स्पेनले २१ मिनेटभित्र दुई गोल गरेको छ।
कोस्टारिकाविरूद्धको खेलमा डानी ओमो र मार्को असेन्सियोले गोल गरेका छन्।
ओमोले ११ औं मिनेटमा गोल गरेका थिए। उनी सन् २००२ को विश्वकपपछि सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्। अर्को गोल अल्बाको पासमा २१ मिनेटमा असेन्सियोले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।