काठमाडौं– १२ वर्षको अन्तरालमा विश्वकप फुटबलको खेलमा गोल गर्नबाट क्रोएसिया चुकेको छ। मोरक्कोविरूद्ध समूह ‘एफ’ को पहिलो खेलमा क्रोएसिया गोलरहित बराबरीमा रोकियो।
सन् २००६ को विश्वकपमा जापानसँग गोलरहित बराबरीमा रोकिएको क्रोएसिया यसपछि यही खेलमा रोकिएको हो।
रुससँगको युद्धले गर्दा कडा सुरक्षासहित कतार आइपुगेको क्रोएसियाबाट पहिलो खेलमा थुप्रै आशा गरिएको थियो। तर, मोरक्कोको डिफेन्स लाइनले उसलाई बाधेर राख्यो। गत विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको मोरक्कोविरुद्ध लुका मोड्रिचले गोलका केही असफल प्रयास गरेका थिए।
अफ्रिकी प्रतिद्धन्द्धीविरूद्ध विश्वकपमा क्रोएसिया पहिलोपल्ट अंक बाड्न बाध्य भएको हो। यसअघि सन् २०१४ मा क्यामरुन र २०१८ मा नाइजेरियाविरूद्ध उसले जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।