लन्डन– रियल मड्रिडका पूर्वडिफेन्डर मार्सेलोलाई फिटनेशको समस्या देखाउँदै ओलम्पियाकोसले दुई महिनाभित्रै विदाई गर्ने भएको छ।
ब्राजिलका लेफ्ट–ब्याक स्पेनको मड्रिड क्लबमा लामो समय बिताएपछि ग्रीक पुगेका थिए। तर, उनको खराब प्रदर्शनका कारण प्रशिक्षक मिचेल खुसी थिएनन्। बेलायती अखबारहरूका अनुसार उनको प्रदर्शनबाट क्लब ‘दिक्क’ भइसकेको थियो।
विश्वकपको पूर्वसन्ध्यायमा मंगलबार राती मात्र म्यानचेस्टर युनाइटेडले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँगको अनुबन्धको सम्झौंता रद्द गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।