धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिन्दै नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका हुन्।
सुरुवातदेखि नै यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रानाले अग्रता लिइरहेका थिए। पछिल्लो सार्वजनिक मत परिणाम अनुसार पन्तले एक सय १५ मत रानालाई पछि पारेका हुन्।
११ हजार दुई ४२ मत गणना हुँदा पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गरेका छन् भने रानाले तीन हजार सात सय ७६ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार पूर्व सांसद पुष्करनाथ ओझा एक हजार ६ सय ८९ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इश्वरी विष्टले भने पाँच सय २८ मत प्राप्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले भने पाँच सय ४३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।