पोखरा- बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन्। उनलाई नेकपा एमालेका सूर्य पाठकले पछ्याइरहेका छन्।
अहिलेसम्म ४२ हजार ६ सय १ मत गणना हुँदा केसीले १६ हजार ७ सय २५ मत ल्याएका छन् भने १५ हजार ८० मतका साथ एमालेका पाठक पछिपछि छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ६ हजार ४ सय ३१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।