काठमाडौं- समानुपातिक मतगणनाको प्रारम्भिक नतिजा आएको छ। प्रारम्भिक नतिजामा पाँच वटा प्रदेशमा नेकपा एमाले पहिलो पार्टी देखिएको छ। एमाले प्रदेश १, गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिममा पहिलो पार्टी बनेको हो।
नेपाली कांग्रेसले मधेश प्रदेशमा मात्रै अग्रता लिएको छ भने माओवादी केन्द्रले कर्णालीमा अग्रता लिएको छ। एमाले पछि परेको दुवै प्रदेशमा दोस्रो स्थानमा छ।
मधेश प्रदेशमा जनमत पार्टीले माओवादी केन्द्र, जसपा र लोसपालाई उछिनेर तेस्रो पार्टी बन्न सफल भएको छ। यसैगरी बागमतीमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा उम्मेदवारी नै दिएको छैन।
संघमा एमाले अगाडि, रास्वपा तेस्रो
संघमा नेकपा एमाले अगाडि छ। एमालेले २ लाख २३ हजार ८१३ मत ल्याएको छ। नेपाली कांग्रेस २ लाख १ हजार ३ सय ५२ मतसहित पछ्याइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख २ हजार ८२४ मत सहित तेस्रो स्थानमा छ। माओवादी केन्द्र ९३ हजार ४६१ मतसहित चौथो र रष्ट्रिय प्रजातन्त्र पार्टी ५२ हजार ७८५ मतसहित पाँचौं बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।