काठमाडौं- काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छिन्। उनले १२ हजार मत कटाएकी छन्।
सोविताले १२ हजार २८१ मत प्राप्त गरेकी छिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ९ हजार ३६९ मत पाएका छन्। उनीहरूबीच २ हजार ९१२ मतको अन्तर छ।
यस्तै ८ हजार ५०७ मत सहित राप्रपाकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती भने चौथो स्थानमा छिन्। उनले ८ हजार ६७ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।