काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पराजय स्वीकार गर्दै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई बधाई दिएका छन्।
काठमाडौं क्षेत्र नम्बरमा आफूलाई पराजित गर्ने उम्मेदवार पौडेललाई बधाई दिंदै उनले भने, 'म याे क्षेत्रका लागि सधैं रहने छु।'
निर्वाचन परिणामको औपचारिक घोषणा हुनुअघि नै उनले हार स्वीकार गरी आफ्ना पौडेललाई बधाई दिएका हुन्। निर्वाचन विजयी नभए पनि भविष्यमा जनतासँगै सम्बन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने उनले वाचा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।