काठमाडौं- बाँकेकी निर्मला कुर्मी वेपत्ता घटनामा मुछिएका बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (१) का उम्मदेवार बादशाह कुर्मीको उम्मदेवारी खारेजी माग गर्दै निर्वाचन कार्यालय बाँकेमा उजुरी परेको छ।
अधिकारकर्मी रुवि खान र बाँके महिला अधिकार मञ्चले बादशाहविरुद्ध उजुरी दिएको हो। निर्मला वेपत्ता घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अनुसन्धान गरिरहेको र गृह मन्त्रालयले गरेको छानबिनले समेत दोषी देखिएको हुँदा बादशाहको उम्मेदवारी खारेज गरिनुपर्ने उजुरीमा उल्लेख छ।
सरकारले गठन गरेको छानबिन समितिले समेत बादशाहलाई निर्मलाको मुद्दामा दोषी ठहर गरेको र उक्त मुद्दाको हालसम्म न्यायिक निकास नभएकोले मुख्य अभियुक्त रहेका बादशाह कुर्मी बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार रहेको हुँदा कारबाही गरी नामाङ्कन खारेज गर्न माग गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ।
बादशाह सत्ता गठबन्धनबाट कांग्रेसका तर्फबाट साझा उम्मेदवार बनेका छन्। अधिकारकर्मी रुवी समूहले १९ दिन धर्ना, २० दिनको पैदल यात्रा र ४० दिन काठमाडौंको माइतीघरमा धर्ना बसेर पटक–पटक आन्दोलन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।