काठमाडौं– रुसले मंगलबार राति युक्रेनका १२ सहरमा १०० भन्दा बढी मिसाइल प्रहार गरेको छ। युक्रेनमाथि हालसम्म गरिएका प्रहारमध्ये यो सबैभन्दा शक्तिशाली भएको बताइएको छ।
यस्तै नाटोमा आबद्ध देश पोल्याण्डमा पनि दुई मिसाइल खसेका छन्। जसमा दुई जनाको मृत्यु भएको पुष्टि गरिएको छ। दुई मिसाइल खसेर दुई जनाको मृत्यु भएपछि पोल्याण्डमा आपतकालीन बैठक बोलाइएको छ।
पोल्याण्डका प्रधानमन्त्री माटुस्ज मोराविकीले मिसाइल खसेको खबर पाउनेबित्तिकै बैठक बोलाएका हुन्। जसमा राष्ट्रिय सुरक्षा र रक्षा मामलालाई लिएर चर्चा भइरहेको छ।
यता अमेरिकाले नाटोको सदस्य पोल्याण्डमा मिसाइल खसेकोबारे जाँच गर्ने बताएको छ। यसका साथै पोलिश अधिकारीका साथ घटनाबारे कुराकानी भइरहेको अमेरिकाले जनाएको छ।
नाटोका महासचिव स्टोलटेनबर्गले नाटो क्षेत्रको हरेक एक इन्चको रक्षा गर्ने बताउँदै रुसलाई चेतावनीसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।