काठमाडौं– बितेका १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै मंगलबारदेखि विश्वको जनसंखया आठ अर्ब पुगेको छ।
संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसंख्या आठ ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ।
विश्व जनसंख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसंख्या सम्भावना प्रतिवेदनमा उल्लेख गरेको छ। सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसंख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको देखाएको थियो।
विश्व जनसंखया ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा पुग्ने अनुमान गरिएको छ। विश्व जनसंख्या वृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो।
सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसंख्या भएको क्षेत्रको रुपमा एशिया रहेको छ। एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब र चीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ।
सन् २०५० सम्ममा विश्वव्यापी जनसंख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ। ती देशमा कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन्। सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारत बन्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।