काठमाडौं– महानायक राजेश हमालले भ्रष्टाचार नेपालको समुन्नतिको मुख्य बाधक भएको बताएका छन्। हमालको शुभेक्षा लिन पुगेका काठमाडौं क्षेत्र नं १ का उम्मेदवार पुकार बमसँग कुरा गर्दै हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाँउमा नयाँ पुस्ता पुग्नुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार रहेका बमले विचारमा स्पष्ट र नियतमा सफा युवाहरु यसपटक संसदमा जानुपर्ने भन्दै महानायक हमालसँग शुभेक्षा मागेका थिए।
पुकार बमसँगको भेटमा हमालले राजनीतिक विसंगती, भ्रष्टाचार, नातावाद र कृपावादले नेपाललाई कसरी समस्यामा पुर्याएको छ भन्ने विषयमा छलफल गरेका थिए।
यसअघि बमलाई चलचित्र निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई र कलाकारहरु रविन्द्र सिंह बानिया, निर्मल शर्मालगायतले समर्थन गरेका थिए। कलाकारहरुको समर्थनबाट खुशी भएका उम्मेदवार बमले महानायक हमलसँग पनि विगत १५ वर्षदेखि सडकबाट बेथितिको विरोध गरेको, नीतिगत भ्रष्टाचारका कतिपय मुद्दामा प्रतिरोध गरेको र निरन्तर समाजसेवामा सक्रिय रहेकाले अब संसद्बाट हस्तक्षेप गर्न चाहेको बताएका थिए।
काठमाडौं क्षेत्र नं १ मा पुकार बमसँगै, सत्ता गठबन्धनका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्रलगायत प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।