• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
हाते ट्रयाक्टरले गोरु विस्थापित
64x64
रासस सोमबार, कात्तिक २८, २०७९  ०९:३७
1140x725

बझाङ– खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ। उनले हलो नसमात्ने अडान नै लिएका छन्। 

गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्रयाक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए। ‘कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्रयाक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन’, उनले भने, ‘गोरु जोतेरै बूढो भइसके। मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन। न त सोचेजस्तो काममा रहर नै लाग्यो। अहिले ट्रयाक्टरले धेरै सजिलो भएको छ।’

उनका अनुसार अहिले हाते ट्रयाक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ। छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्रयाक्टर नै विकल्प भएको उनी बताउँछन्। तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए। चरिचराउन गर्न वन नभएको हुँदा उनी असार र मंसिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पुर्‍याउँथे। 

उनको घरमा गोरु भएपछि छिमेकीलेसमेत खेत जोत्ने मौका पाउँथे। घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो। पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो। गोरु जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो।

गत मंसिरमा एक जना आफन्तले हाते ट्रयाक्टर किनेर ल्याए। यसबाट उनले आफ्नो खेती मात्रै नभई तीन/चार जना छिमेकीकै खेती बनाए। त्यो देखेर उनको परिवारले पनि गोरुको ठाउँमा ट्रयाक्टर नै राख्ने सोच बनायो। किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन्। पछि अर्कै पालिकाका मान्छेलाई उनको परिवारले सित्तैमा एक हल गोरु दिए। ट्रयाक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थालेको उनी बताउँछन्। 

जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्रयाक्टर किनिन्। गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित ७० हजारमा ट्रयाक्टर भित्र्याइन्। रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्रयाक्टरपछि हप्ता दिनमै सकिन थाल्यो। उनी सुरू–सुरूमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थालिन्। पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्रयाक्टर भाडामासमेत प्रयोग गर्न थालेको उनी बताउँछिन्। ट्रयाक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उनले सुनाइन्। 
 
उनको देवलको खेतमा पहिले दुई दिन गोरु जोत्नै लाग्थ्यो। बीस जनाले रोपाइँ गर्थे। गहुँको सिजनमा पनि दुई दर्जन मान्छे चाहिन्थे। हलीसहित सात/आठ जना पुरुषले बिहानैदेखि खट्नुपर्थ्यो। आजभोलि भने तीन/चार घण्टामै काम सकिने गरेको छ। ‘आज पनि हामी दुई जना मात्रै थियौं। तीन घण्टामै जोतेर सकियो। रोपाइँको दिनमा पनि थोरै मान्छे भए नि पुग्छ,’ उनले भनिन्। 

महिलाले ट्रयाक्टर जोत्नु हुँदैन
अन्धविश्वासका कारण नगरपालिकाभित्रका महिला गोरु मात्रै नभएर ट्रयाक्टरसमेत जोत्दैनन्। ‘हाम्रोतिर गोरु पनि पुरुष, ट्रयाक्टर पनि पुरुषले नै जोत्छन्,’ उनले भनिन्, ‘यहाँ त महिलाले अहिलेसम्म हलो छोएकै छैनन्। ट्रयाक्टर पनि जोत्दैनन्।’ महिलाले हलो जोत्दा देउता रिसाउने भन्ने पूर्खाको भनाइलाई पालना गरेको अर्की कृषक लक्ष्मी जोशीले बताइन्। 

‘हाम्रोतिर अहिलेसम्म कुनै महिलाले हलो जोत्यो भन्ने सुनेका पनि छैनौं। मैले जोत्ने त परेको हो,’ उनले भनिन्। गाउँमा कसैको बारीमा ट्रयाक्टर जोत्नु परे पनि पुरुष मान्छे नभए बारी बाँझै रहने उनले बताइन्। 

‘मेरो घरमा सधैं छोराले मात्रै ट्रयाक्टर जोत्छ,’ छोरा नभएको बेलामा कुटो कोदालोले आफूले खन्ने गरेको उनले भनिन्। उनले आफ्नोतिर मात्रै नभई माइतीघरमा समेत पुरुषले मात्रै ट्रयाक्टर जोत्ने गरेको बताइन्। 

‘ट्रयाक्टर जोत्न एकदमै सजिलो हुन्छ भन्छन्, थकाइ पनि लाग्दैन रे। तर, हामीले भने अनुभव गरेका छैनौं,’ उनले भनिन्। खेतमा गोरु जोत्नुभन्दा ट्रयाक्टर जोत्नु धेरै सजिलो हुने कृषक पिठालेककै सुनिल थापाले बताउँछन्। ‘मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ। गोरुलाई लाइनमा ल्याउनै मुस्किल पर्छ। मान्छे पनि धेरै हुनुपर्छ। ट्रयाक्टर चलाउन भने जसले पनि सक्छ।’

‘ट्रयाक्टरले उत्पादन घटायो’
हाते ट्रयाक्टरको प्रयोगपछि हलोको भन्दा बढी उत्पादन घटेको कृषक बताउँछन्। देवलकी कृषक लक्ष्मी जोशीले भनिन्, ‘हाम्रो खेतमा ट्रयाक्टर चलाएको तीन वर्ष भयो। तीनै वर्ष धान उत्पादनमा कमी आयो। गहुँ पनि उत्पादन घटेको छ,’ उनले आफ्नो खेतमा तीन कट्ठा गहुँ हुने ठाउँमा अढाइ कट्ठा मात्रै गहुँ उत्पादन भएको सुनाइन्। 

‘ट्रयाक्टरले गहिरो भएर हो कि के हो। गोरुले जोतेअनुसारको गहुँ हुँदैन’, खप्तडछान्ना गाउँपालिका–५ कि कविता हमालले भनिन्, ‘धान भने पहिलेकै जति उत्पादन भइरहेको छ। गहुँमा अघिल्ला वर्षहरूको भन्दा उत्पादन केही घट्यो।’

उनले हलोले जोतेमा गहिरो हुने र ट्रयाक्टरले जोतेमा मथलो (कम गहिरो) हुने हुँदा उत्पादनमा केही कमी भएको बताइन्। उनले भनिन्, ‘हलोले गहिरो खनेर मलभित्र जाने र ट्रयाक्टरले मथलो खनेर गोठे मल सुकेर जाने हुँदा उत्पादनमा कमी आएको हामीले अनुमान गरेका छौं।’ जयपृथ्वी नगरपालिकाले भने हाते ट्रयाक्टरले नभई अन्य कारणले उत्पादन कम भएको हुनसक्ने दाबी गरेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सम्बन्धित सामग्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको... सोमबार, असार १६, २०८२
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन यसले पछिल्लो समय धानखेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरण जस्ता कारणले धा... सोमबार, असार १६, २०८२
सिरहामा आँप उत्पादनमा कमी गत वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष नौ हजार २५ हेक्टर क्षेत्रफलमध्ये... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना मंगलबार, असार १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, असार १७, २०८२
प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण मंगलबार, असार १७, २०८२
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्