• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
गठबन्धन भए पनि भुसाललाई सहज छैन पूर्वमन्त्री रायमाझीको चुनौती 
64x64
नेपाल लाइभ सोमबार, कात्तिक २८, २०७९  १२:००
1140x725

काठमाडौं– प्रतिनिधि सभाको कार्यकाल केही महिना मात्र बाँकी रहँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार हुँदै पुष्पा भुसाल उपसभामुख निर्वाचित भइन्।

असार ३१ गते उनी उपसभामुखमा निर्वाचित भएकी थिइन्। करिब ४ महिनापछि उनी निर्वतमान उपसभामुख हुँदै निर्वाचनको मैदानमा छिन्। उनी अर्घखाँचीमा माओवादी केन्द्र हुँदै हाल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसँग आमुन्ने–सामुन्ने भएकी छिन्।

रायमाझी उक्त क्षेत्रमा तेस्रोपटक जित हात पार्दै आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् भने भुसाल नयाँ क्षेत्रमा जित हात पार्ने दाउमा छिन्। 

एमालेको राम्रो संगठन भएको क्षेत्र हो यो। साथै रायमाझी पार्टीको केन्द्रीय पदाधिकारीसमेत भएकाले उनी आफ्नो क्षेत्रमा प्रभाव बढाउने दाबी गर्दै आएका छन्। सत्ता गठबन्धनको साथमा निर्वाचनको मैदानमा रहेकी भुसाल पनि रायमाझीलाई हराएर प्रत्यक्षरुपमा निर्वाचित हुने रणनीतिमा छिन्। 

अंक गणितमा हेर्दा भने दुवै उम्मेदवारको टक्कर हुने देखिन्छ। २०७४ सालको निर्वाचनमा रायमाझीले जितेका थिए। तत्कालीन समयमा एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी मैदानमा थिए। तत्कालीन अवस्थामा माओवादीमा सक्रिय रायमाझीले ५० हजार ८६७ मत प्राप्त गरेका थिए। 

रायमाझीसँग प्रतिस्पर्धा गरेका कांग्रेसका डा रामबहादुर विसीले ३२ हजार ५४४ मत पाएका थिए। रायमाझी र विसीको मतान्तर १८ हजार २ सय ९३ थियो। तर, यस पटक माओवादी केन्द्र रायमाझीको विपक्षमा रहेको छ।

त्यस्तै नेकपा एमाले विभाजन हुँदै एकीकृत समाजवादीको रुपमा रहेको छ। माओवादी र एकीकृत समाजवादीले भुसाललाई सहयोग गरेका छन्। 

दुई हाइप्रोफाइलको टक्कर 
एउटा मात्र निर्वाचन क्षेत्र रहेको उक्त जिल्लामा हाइप्रोफाइल टक्कर हो। रायमाझी एमालेका सचिव हुन् भने भुसाल पनि पार्टीभित्र प्रभावशाली नेतृ हुन्। संसदीय दलको सचेतक हुँदै उपसभामुखसमेत बनेकी उनी केन्द्रीय सदस्य हुन्। 

अघिल्लोपटक समानुपातिकबाट सांसद भएकी भुसाललाई यसपटक जित हात पार्दै आफ्नो प्रभाव विस्तार गर्नुपर्ने भएकाले चुनावी मैदानमा खटिएकी छन्। रायमाझी पनि माओवादी केन्द्रबाट नेकपा विभाजन हुँदा एमालेमै बसेकाले उनका लागि पनि जित महत्वपूर्ण छ।

स्थानीय तहको मतभारमा सत्ता गठबन्धन भारी  
स्थानीय तहमा अर्घाखाँचीका ६ पालिकामध्ये एमाले ३, कांग्रेस २ र राष्ट्रिय जनमोर्चा एउटामा विजयी भएका छन्। वडाध्यक्षहरूको मतका आधारमा सत्ता गठबन्धनभित्र ५२ हजार ७ सय ५५ मत देखिन्छ।

त्यस्तै एमालेको ४८ हजार २६० मत देखिन्छ। उक्त जिल्लामा नेपाली कांग्रेसको ३७ हजार २५, माओवादी केन्द्रको ७ हजार ७ सय ९०, राष्ट्रिय जनमोर्चाको ४ हजार २०४ र एकीकृत समाजवादीको ३ हजार ७३६ मत देखिन्छ।

अर्घाखाँचीमा एमाले वडाध्यक्षहरूले पाएको मतमा कांग्रेस र माओवादी केन्द्रभन्दा बढी भए पनि राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको मत समेटिँदा एमालेभन्दा गठबन्धन अगाडि हुने देखिन्छ। भुसाललाई यो मत एकीकृत गराएर राख्नुपर्ने चुनौती रहेको छ भने रायमाझीलाई गठबन्धनको भोट आफूतिर तान्नुपर्ने बाध्यता छ । 

अनुभवी प्रतिस्पर्धी 
दुवै उम्मेदवार संसदीय राजनीति र निर्वाचनमा अनुभवी छन्। भुसाल २०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची २ बाट विजयी भएकी थिइन्। २०७० मा अर्घाखाँची २ बाट उनी पराजित भइन्। एमाले उम्मेदवार डा. दुमन थापासँग पराजित भएकी थिइन्। त्यसपछि भएको २०७४ सालको निर्वाचनमा भुसाल चुनावी मैदानमा आइनन्। उनी समानुपातिक सुचीमा रहदै सांसद भएर कांग्रेस संसदीय दलको सचेतक र पछि उपसभामुखसमेत बनिन्। 

रायमाझी भने २०६४ सालदेखि लगातार निर्वाचित हुँदै आएका छन्। २०६४ र ०७० मा माओवादी केन्द्रबाट अर्घाखाँची १ मा जितेका थिए। वाम गठबन्धनबाट  एमाले र जनमोर्चाको साथ लिएर निर्वाचित भएका थिए रायमाझी। नेकपा विभाजन हुँदा माओवादी केन्द्र त्यागेर नेकपा एमाले रोजेका रायमाझी उपप्रधान, भौतिक योजना तथा निर्माण, स्थानीय विकास र ऊर्जा मन्त्रीसमेत भएका थिए। 

दुवै उम्मेदवारले चुनावी प्रचारका दौरानमा एक टेलिभिजनसँगको कुराकानीमा यस क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेका छन्। रायमाझीले अर्घखाँचीमा सबैको घरमा विजुली पु¥याउने लक्ष्य लिएर आफूले ऊर्जामन्त्री हुँदा काम गरेको र पुरानो संरचना भएका कारण सबै स्थानमा पु¥याउन नसकिएकाले अव ती क्षेत्रमा काम गर्ने आश्वासन दिएका छन्। 

यस्तै सबै क्षेत्रमा खानेपानी पुर्‍याउने गरी काम भइरहेको र एक घर एक धारा बनाउने अभियान आफू निर्वाचित भएपछि अघि बढाउने बताएका छन्। 

यता नेपाली कांग्रेसकी उम्मेदवार भुसालले आफू पहिलोपटक निर्वाचित हुँदा संविधान लेखनमा सक्रिय भूमिका खेलेको र आफ्नो पार्टी विभिन्न समयमा सहभागी हुन नसकेकाले काम गर्न नसकेको बताएकी छन्। जिल्लाको विकासका लागि आफू सधैं लागिपरेको दाबी गरेकी छन्। निर्वाचित भएपछि काम गर्नका लागि आफूसँग धेरै योजना रहेको भुसालको भनाइ छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:००
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
इजरायलसँगको युद्धमा इरानमा कम्तीमा ९३५ जनाको मृत्यु भएको पुष्टी
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह मंगलबार, असार १७, २०८२
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते मंगलबार, असार १७, २०८२
इजरायलसँगको युद्धमा इरानमा कम्तीमा ९३५ जनाको मृत्यु भएको पुष्टी मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, असार १७, २०८२
एसीसी यु–१६ः नेपालले आज समूह चरणको अन्तिम खेल भुटानसँग खेल्दै मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्