• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
मोहनविक्रमको नामबाट होइन, आफ्नै पहिचान बनाउन तेस्रो पटक सांसद बन्ने दौडमा दुर्गा
64x64
कल्पना घिमिरे शनिबार, कात्तिक २६, २०७९  १०:३७
1140x725

काठमाडौं- ‘चुनावी प्रचारको दौरान तपाईंहरुको घरदैलोमा आइपुगेकी छु। यो क्षेत्रमा म आफ्नै पहिचान बनाउन मैदानमा उभिएकी महिला हुँ। सांसदको रुपमा मैले पाँच वर्षमा धेरै काम गरेकी छु। अबको पाँच वर्ष यो क्षेत्रको सेवा गर्ने अवसर दिनुहोस्। प्युठानी जनतासामु मोहनविक्रमको नामबाट होइन, आफ्नै पहिचान बनाउन चाहन्छु।’ 

दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित भएर संसद् भवन पुग्ने योजनाका साथ चुनावी अभियानमा रहेकी दुर्गा पौडेल मतदातासँग यसै भनेर भोट माग्ने गर्छिन्। 

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको सर्मथनमा प्युठानबाट संसद् भवन पुगेकी दुर्गा यस पटक एमाले विरुद्ध सोही क्षेत्रमा उम्मेदवार छिन्। यही कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि उनलाई कान्छी भाउजुको भष्मासुर अवतार भनेर गाली-गलोज समेत गरे।

राजनीतिक रुपमा ओलीभन्दा सिनियर मसालका अध्यक्ष मोहनविक्रम सिंहकी कान्छी श्रीमती भनी गरेको ‘कान्छी भाउजु’को टिप्पणीले दुर्गालाई मनमा बिझेको छ। उनले उक्त कुरा सार्वजनिक कार्यक्रम र आफ्ना मतदातालाई पनि भनेकी छन्। 

घरदैलामा व्यस्त रहेकी उनले नेपाल लाइभसँग टेलिफोन कुराकानी हुँदा भनिन्, ‘गठबन्धन भएकाले सजिलै चुनाव जित्ने आधार देखिन्छ।’ 

मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार रहेकी दुर्गा अहिले मतदाता समक्ष विभिन्न प्रतिवद्धता लिएर मत माग्न जाने गर्छिन्।

उनी हरेक भेटघाटमा आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँछिन्। बाटोघाटो, स्वास्थ्य संस्था, विद्यालय लगायतका पक्षमा सुधार गर्न प्रतिनिधि सभामा आवाज उठाउने उनको भनाइ छ। सांसदमा हुँदा थालनी गरेका कामलाई पूर्णता दिन पुःन उम्मेदवारी दिएको उनी बताउँछिन्।

अहिले गठबन्धनबाट उम्मेदवारी दिएकाले चुनावी माहोल आफ्नो पक्षमा भएको दावी गर्छिन् उनी।

Ncell 2
Ncell 2

दुर्गा २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएकी थिइन्। २०७४ मा प्युठानबाट चुनाव जितेसँगै दुई पटक सांसद बनेको अनुभव छ। हाल उनी तेस्रो पटक सांसद बन्ने प्रयासमा छिन्। 

दुर्गा विद्यार्थी संगठन र महिला संघबाट राजनीतिमा सक्रिय भएकी हुन्। त्यसमाथि उनमा मोहनविक्रमको राजनीतिको ठूलो छाप छ।

दुर्गा ओखरकोट प्युठानका बिष्णुप्रसाद पौडेल र वुद्धदेवी पौडलको कोखबाट २०२८ असोज ५ गते कपिलवस्तुमा जन्मिएकी हुन्। उनी सानै छँदा बुबा नोकरीका लागि बर्मा गएका थिए। दुर्गा पनि बुबाको साथमा बर्मा गइन्। २०३८ सालमा १० वर्षको उमेरमा बर्माबाट नेपाल फर्किइन्।

बर्माबाट फर्केपछि दुर्गा कपिलवस्तुको श्रीनगरस्थित कनकमुनी माविमा भर्ना भएर माध्यमिक तहसम्मको अध्ययन गरिन्। अध्ययनको क्रममा विद्यालयले अनियमितता गर्यो। विद्यालयको अनियमितता विरुद्ध दुर्गा आन्दोलनमा उत्रिन्। आन्दोलन गरेकाले उनलाई विद्यालयले एसएलसीको फारम भर्न दिएन।

यसबीचमा उनको विभिन्न राजनीतिक र संगठनात्मक गतिविधिमा संलग्नता बढेकाले धेरै समयसम्म नियमित पढाइ छुट्यो। पछि उनले भारतको उत्तर प्रदेशबाट म्याट्रिक, आइए र बिएका परीक्षाहरू प्राइभेट रूपले दिइन्। 

२०४० सालदेखि अनेरास्ववियू छैटौंबाट राजनीतिक यात्रा प्रारम्भ गरिन्। २०४४ मा कपिलवस्तुमा गठन भएको जिल्ला विकास परिषद्को नेतृत्वमा सुरु भएको आन्दोलनमा लाग्दा तीन महिना जेलमा परिन्। जेलमा मोहनविक्रम सिंह गिरफ्तार भएर चार वर्षसम्म बस्दा गरेका संघर्षहरूबारे त्यहाँका बन्दीहरूबाट जानकारी पाइन्। उनमा सिंहप्रतिको आकर्षण बढ्दै गयो। 

२०४६ सालमा गोरखपुरमा भएको अखिल नेपाल महिला संघको दोस्रो सम्मेलनमा दुर्गा केन्द्रीय समितिमा चुनिएकी थिइन्। 

२०५१ सालमा तत्कालीन सरकारले कपिलवस्तुको तिलौराकोटस्थित सग्रहवाको जङ्गलको १६० बिघा जमिन एक जना व्यक्तिका नाममा एग्रोफरेस्ट्रीका लागि दर्ता गरेको बदनियतपूर्ण निर्णयले दुर्गालाई जनताका बीचमा काम गर्ने आत्मविश्वास जुटाइदियो। उनी उक्त दर्ता खारेजीका विरुद्ध गरिएको आन्दोलनकी अध्यक्ष थिइन्।

चार वर्षसम्म चलेको उक्त आन्दोलनको परिणामस्वरूप सर्वोच्च अदालतले त्यो दर्ता खारेज गरिदियो। 

२०५७ वैशाखमा नेकपा (मसाल) का नेता मोहनविक्रम सिंहसँग उनको विवाह भयो।  विवाहपछि आफ्ना पतिबाट थप प्रेरणा पाइन्। त्यतिबेला अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष, कार्यवाहक अध्यक्ष र अध्यक्ष हुँदै १० वर्षसम्म महिला आन्दोलनमा सक्रिय भइन्। यहीबीचमा गर्भावस्थाका कारण अध्यक्ष पदबाट राजीनामा दिइन्। बालबच्चा हुर्केपछि राष्ट्रिय जनमोर्चामा सक्रिय भएर काम गर्न थालिन्।

संविधान सभा सदस्य निर्वाचन २०७० मा उनले राष्ट्रिय जनमोर्चाका तर्फबाट  समानुपातिक सदस्य रहेर संविधान निर्माणको जिम्मेवारी निर्वाह गरिन्। प्रतिनिधि सभा निर्वाचन २०७४ मा प्युठानबाट निर्वाचित भइन्। 

उनले त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन्। अहिले प्युठानको कम्युनिस्ट आन्दोलनको इतिहासबारे शोधपत्र तयार गर्दैछिन्। उनी राज्यको निर्देशक सिद्धान्त, अनुगमन तथा मूल्यांकन समितिमा समेत कार्यरत छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १०:३७
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #दुर्गा पौडेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्