• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
झापा- १ स्थलगत:  विपक्षीको पक्ष लिइरहेका विश्वप्रकाश!
64x64
डिबी खड्का शनिबार, कात्तिक ५, २०७९  १७:३२
1140x725
तस्बिरहरु : निमेषजंङ राई

काँकडभिट्टा- कात्तिक ३ गते बिहान झापाको धुलाबारीको एक चिया पसलमा राजनीतिक गफको उफान थियो। पानी किन्न रोकिएका हामीलाई गफको स्वादले त्यतै अलमल्यायो। कुराकानी क्रममा एकजनाले ठोकुवा गरे, ‘यसपल्ट त विश्वप्रकाशले चुनाव जित्छन्। अर्को (अग्नि खरेल) त्यति चिनिइएको छैन।’

अर्कोले थपे,  ‘विपक्षी चिनाउने काम त विश्वाप्रकाश आफैंले गरिहाल्छन् नि। पोहोरसाल उनलाई हराउने राम कार्कीलाई कतिले पो चिनेको थियो। उनैले ‘बौद्धिक वामपन्थी नेता’ भनेर भाषण गर्दै हिँडे, अनि सबैले चिने।’ एकछिन सबै हाँसे। हामीले लय मिलायौं।

कांग्रेस महामन्त्री तथा झापा- १ का प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्माको जितको ठोकुवा गर्ने स्थानीय बद्री घिमिरे रहेछन्। त्यसमा ठट्टा गर्ने सञ्जोग निरौला। हामीले केहीबेर उनीहरुका राजनीतिक बुझाइ-विश्लेषण सुन्यौं र लाग्यौं काँकडभिट्टातर्फ।

काँकडभिट्टाबाट उत्तर झन्डै ७ किलोमिटर पार गरेपछि पुगियो- मेचीनगर वडा नं ४ बाहुनडाँगी। बस्ती डुल्ने क्रममा माइकको आवाज सुन्यौं। आवाज पछ्याउँदै जाँदा कार्यक्रम स्थल भेटियो। कांग्रेसको मेचीनगर- ४ को चुनावकेन्द्रित सम्पर्क कार्यालय खोल्ने कार्यक्रम रहेछ। 

शर्मा पनि त्यहीँ आइपुग्ने कार्यक्रम रहेको जानकारी स्थानीयबाट पाएका थियौं। तर हामी पुग्दा उनी कार्यक्रमस्थलमा थिएनन्। शर्मा स्थानीयको घर–आंगनतिर डुल्दै रहेछन्। स्थानीय नेताहरुले बोलिसकेर आफ्नो पालो आउने समयको हिसाबकिताब गरेर कार्यक्रम स्थलमा पुगे। उनले सम्बोधन गरेपछि कार्यक्रम सकियो।  

bishwo prakash main1666438924.jpg

कार्यक्रम स्थल चियाबारीको बीचमा थियो। त्यहीँ बाहिर रुखमुनि चियाका भारीहरु चाङ लगाएर शर्मालाई सुन्न पुगेका थिए चिया टिप्नेहरु। 

चिया जोख्न साहुलाई कुरिरहेका उनीहरु शर्मासँग भलाकुसारी गर्न पुगे। त्यसक्रममा आफ्ना गुनासाका पन्तुरा खोल्न थालिहाले।

आफूहरुले उचित ज्याला नपाएकोदेखि गाउँमा विकास नपुगेकोसम्मका गुनासो सुनाए। ‘बाटोघाटो बन्नुपर्‍यो। यहाँ केही सुविधा छैन। गर्छु-गर्छु त भन्छन् तर गर्दैनन्,’ सीमा श्रेष्ठले गुनासो गरिन्।

यहाँनेर प्राय: नेताहरुबाट आउने उत्तर हुन्छ- अरुले केही गरेनन्। त्यसैले अब म गर्छु भनेर भोट माग्न आएको! उल्टै थपेर गुनासोसमेत गर्थे होलान्- यस्तै गर्नेलाई जिताउनुहुन्न भन्दै।

शर्मा भने सदाबहार स्वभावमा प्रस्तुत भए,  ‘म त हारेको मान्छे। अरुले गरेनन् भनेर भन्न सक्दिनँ।’

स्थानीय चन्द्रकला खतिवडाले बीचमै भनिन्,  ‘अब जितेर आएर गर्नुपर्‍यो नि।’

शर्माले त्यसलाई ‘क्यास’ गरेर सपना देखाउन थालेनन्। ‘तर पनि यसो छ’ भन्दै उनलाई जितेर सांसद हुने एमाले र माओवादी केन्द्रका नेताको पक्ष लिएर उल्टो सम्झाउन थाले,  ‘बत्ति आएको कुरो छ। बाटो आइपुगेको छ।’

bishwo prakash 11666438914.jpg

भगवती काफ्लेले फेरि गुनासो राखिन्, ‘सडक पीच यहाँसम्म पुगेको छैन। गाडीले कहाँनेर लडाउला भन्ने डर हुन्छ। हामी त पछाडि नै पर्‍यौं।’

शर्माले फेरि पनि सम्झाए, ‘यहीँ तलनेर पिच सडक आइपुगेको छ। केही भएको छैन भन्नुहुँदैन, केही भएको छ तर पर्याप्त छैन। यति गरेर मात्रै पुग्दैन। धेरै गर्न बाँकी छ।’

त्यहाँबाट निस्किँदै गर्दा शर्माले भोटका लागि मौसमी अनुनय पनि गरेनन्। जाँदाजाँदै सोधे, ‘यसपल्ट साथ दिने हो नि?’
सबैले एकस्वरमा भने, ‘साथ दिन्छौं। ढुक्क भए हुन्छ।’ जहाँ शर्माले ‘ढुक्क हुने’ आश्वासन पाए, त्यो वडा एमालेले जितेको छ,  त्यो पनि झन्डै तेब्बर मतले। शर्मा मुस्कुराउँदै बाहिरिए।

स्थानीय चिया मजदुरहरुले हामीलाई एकछिन रोके। शर्मालाई नै राखेका गुनासो हामीलाई पनि सुनाए। उनीहरुको मुख्य गुनासो थियो, ‘हामीले खेताला लगाउँदा खानाखाजा खुवाएर एक हजार तिर्नुपर्छ। तर चिया टिप्दा दैनिक ३ सय ५० मात्रै पाइन्छ।’  

त्यसअघि सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनको भाषण सुन्यौं। कार्यकर्ता नै बढी उपस्थित भएको ठाउँमा विपक्षीविरुद्ध आगो ओकल्लान् भन्ने पूर्वानुमान पूर्णत: फेल भयो। आफूलाई २०७० सालमा पराजित गर्ने रवीन कोइराला र २०७४ मा पराजित गर्ने राम कार्कीको चिन्ता गरिरहेका थिए। कार्कीले टिकट नै नपाएको पीर पोख्दै थिए, कोइराला प्रदेशमा झर्नुपरेकोप्रति सहानुभूति।

bishwo prakash1666438924.jpg

कोइरालाप्रति सहानुभूति थियो,  ‘झापा- १ मा चुनाव लड्छु भनेर उहाँ खुदुनाबारीदेखि देवनियाँतिर सर्नुभयो। दुई वर्षदेखि घर बनाउनुभयो। अहिले खर्लक्कै गएर त्यहाँको टिकट अर्कै साथीलाई दिइयो। उहाँमाथि अन्याय गरियो। उहाँको सर्वसम्मत सिफारिस थियो, त्यो पनि लत्याइयो। टिकट नदिइएपछि मेरो २०७० सालको प्रतिष्पर्धी कमरेड उहाँले भन्नुपर्थ्यो ‘मेरा साथीहरुले सर्वसम्मत रुपमा संघमा भनेको छ। लड्ने भए यहाँ लड्छु, नत्र लड्दिनँ। उहाँ पनि खत्रक्क त्यहाँ  (प्रदेश सभामा) लड्नुभयो।’

कोइरालामाथि मात्रै सहानुभूति प्रकट गरेर पुगेन शर्मालाई। झापा-१ का अरु केही थान एमाले नेताको ‘प्रचार’ तिर लागे। यहाँनेर भने उनी बाचाल देखिए, ‘२०७० सालमा कलेज (संघ) मा गएको मान्छे, अहिले स्कुल (प्रदेश सभा) मा भर्ना हुन सुहाउँछ त?’ उहाँले आफूलाई पनि अन्याय गर्नुभयो। संघमा त दिएनन्, प्रदेशमा पनि बसेन भने यहाँबाट पनि निकाल्लान् कि भनेर अरु १८ जनालाई अन्याय गर्नुभयो। सायद उहाँ त्यहाँ नभएको भए बाहुनडाँगी  गाउँपालिकाको अध्यक्ष भइसकेको मान्छे निलकन्ठ तिवारीले पो अवसर पाउनुहुन्थ्यो कि? उहाँ पनि रोकिनुभयो।’

विपक्षको पक्ष लिएर गरेको प्रहार कार्यकर्ताले बुझे। पर्रर ताली बजाए। 

bishwo prakash 41666438922.jpg

विरोधको संस्कृतिलाई बढावा दिन नचाहेकाे उनले त्यसअघि नै भनिसकेका थिए, ‘कांग्रेसको मञ्चमा उभिएर कम्युनिस्ट खराब भन्न सजिलो छ। कम्युनिस्टको मञ्चमा उभिएर कांग्रेसलाई गाली गर्न पनि सजिलो छ। तर आफ्नै घर सफा पार्ने कुरा गाह्रो छ। आफ्नो घर सफा नगरी संसार सफा गर्छु भनेर हुँदैन।’

अर्काको विरोध मात्रै गर्नुहुन्न भन्ने कुरा बुझाउन उनले उपस्थितलाई प्रश्न गरे- ‘बिहान उठेर अर्काको घर बढारेर आउनुभएको यहाँ को छ? हात उठाउनुहोस् त।’

कसैको हात उठेन। 

उनले थपे- ‘हामी आफ्नै घर सफा गरेर आएको हो। तर राजनीतिमा कस्तो रहेछ भने आफ्नो घर सफा पार्नुपरेन, तेरो घरचाहिँ सफा पार न, तिम्रो घर चाहिँ खराब छ। त्यसो होइन, कांग्रेसले कांग्रेसकै घर बढार्ने हो। जसरी बिहान तपाईंले आफ्नो घर बढार्ने हो।’

कार्यकर्तालाईसमेत उनी विपक्ष दलहरुलाई गाली नगर्न प्रोत्साहित गर्दै थिए। उनले थपे, ‘राम्रो काम विपक्षी दलको नेताले गरे पनि राम्रै हुन्छ। नराम्रो काम आफ्नैले गरे पनि नराम्रै हुन्छ। राजनीतिमा परिवर्तन भनेको त्यो हो।’

कांग्रेस टिकट वितरणमा भएका कमजोरीको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाको भागमा खन्याउन चाहेनन्। पहिलोचोटी महामन्त्री भएर सभापति देउवासँगै टिकट वितरणमा गगन थापा आफू सहभागी भएको भन्दै कमजोरी हिस्सेदारी लिए। 

bishwo prakash 31666438920.jpg

टिकट वितरणको विषयलाई लिएर ‘सहानुभूति’ का शब्दबाटै प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट आफूसँग प्रतिष्पर्धा गरिरहेका अग्नि खरेलविरुद्ध अलिकति आगो झोसे। मीठो भाषामा ‘बाहिरिया’ भएको बताए। 

मन्त्री हुँदासमेत काम नगरेको कुरा पनि जेरी जस्तो घुमाएर मात्रै होइन, चास्नी समेत हालेर भनिदिए,  ‘मसँग जो चुनाव लड्न आउनुभयो। उहाँको यहाँ आउने चाहनै थिएन। उहाँ मन्त्री पनि बन्नुभयो। मन्त्री भएपछि उहाँ यो भूगोलमा कहिल्यै कार्यक्रममा आएजस्तो लाग्दैन। हात्तिले मान्छे मर्दै गर्दा खोज्दै आए जस्तो त लाग्दैन। कोरोनाका बेला क्यान्टोनम्यान्ट घुम्न आएजस्तो त लाग्दैन। डेंगुको बेला आफू आए पनि नआए पनि विश्वप्रकाश केही न केही कुरा पठाइरहेको थियो। पठाएजस्तो त लाग्दैन। गौरादहको मान्छेको अचानक किन चुनाव लड्न आए भने उनी पेलिए।’

मतदातासँग र कार्यकर्तासँग गरेका कुरा सुनेपछि हामीले शर्मासँगै त्यहीँ कुरा गर्‍यौं। हाम्रो प्रश्न थियो- चुनावको माहोलमा पनि किन मतदातालाई सपना नेदखाएको? कार्यकर्तालाई लोभ नदेखाएको? ‘म यो गर्छु, त्यो गर्छु । सबै गर्छु भन्दिनँ। विश्वप्रकाश शर्मा धेरै गर्छु भन्दैन, केही गर्छु भन्छ। जति गर्छ इमान्दारिताका साथ गर्छ,’ उनको उत्तर थियो।

bishwo prakash 51666438922.jpg

कुराकानीकै क्रममा सांसद भएर गएपछि देशको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरामा आफ्नो समर्थन हुने बताए। उनले भने, ‘झापा-१ बाट म निर्वाचित भएर गएपछि अब गगन थापालाई प्रधानमन्त्री बनाउन त। एउटा युवालाई प्रधानमन्त्री बनाउन न त। ४०/४२ वर्षको मान्छेले फ्रान्स चलाउन हुने, चिलीमा ३५ वर्षको मान्छे हुने। हामीकहाँ किन नहुने भन्ने कुरामा अग्रसरता रहन्छ।’

कुनै कारण थापाले उम्मेदवारी दिएनन् भने शर्माले भन्नेछन्- ‘यहाँ समर्थनमा हस्ताक्षर गर। म हुन्छु प्रधानमन्त्री भनेर दाबी गर्ने ठाउँमा निश्चय नै उभिन्छु।’

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १७:३२
  • #चुनाव_२०७९
  • #विश्वप्रकाश शर्मा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई ६ दिन म्याद थप आइतबार, असार १५, २०८२
तान्जानियामा बस दुर्घटनामा ३८ जनाको मृत्यु आइतबार, असार १५, २०८२
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
माधव नेपालबारे सार्वजनिकरूपमा नबोल्न, नलेख्न र वादविवाद नगर्न नेकपा एसको निर्देशन आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्