• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
सुपथ मूल्य पसलमा पाइँदैन चिनी 
64x64
शेरबहादुर ऐर बुधबार, असोज १२, २०७९  ०८:५९
1140x725

धनगढी– हरेक वर्ष दशैं, तिहार र छठलाई लक्षित गर्दै सरकारले देशभरीका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्छ। 

यस वर्ष पनि कैलालीको धनगढीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छुट्टा–छुट्टै सुपथ मूल्य पसल सञ्चालन गरिरहेका छन्। खाद्यकोमा चामल र साल्ट ट्रेडिङकोमा अन्य खाद्य सामग्री उपलब्ध छन्। तर, उपभोक्ताले चिनी भने पाएका छैनन्।

साल्ट ट्रेडिङले चाड पर्वलाई लक्षित गर्दै सहुलियत मूल्यमा चिनी बिक्री गर्ने गर्थ्यो। तर २ वर्षयता धनगढीका सुपथ मूल्य पसलमा उपभोक्ताले चिनी पाएका छैनन्। ग्राहकले सबैभन्दा बढी चिनी खोज्ने भएपनि सरकारले उपलब्ध नगराएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षदेखि नै चिनी बिक्री गर्न छोडेको हो।

‘चिनी भारतबाट ल्याउनुपर्ने भएपनि सरकारले अनुमति दिएको छैन’,  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले भने, ‘नेपाली चिनी खरिद गरेर सहुलियतमा दिन सकिने अवस्था छैन। त्यसैले गत वर्षदेखि नै चिनी बिक्री गर्न नसकिएको हो।’

सरकारले चिनी आयातमा कर लगाएपछि अर्थ मन्त्रालयले भारतबाट चिनी खरिदको अनुमति नदिएको उनले बताए। 
ग्राहक भने चिनीकै लागि सुपथ मूल्यमा पुग्ने गरेका छन्। ‘चिनी सस्तो पाउँछ भनेर सुपथ मूल्य पसलमा आएकी हुँ,’ धनगढी–५ हसनपुरकी सीता भट्टले भनिन्, ‘तर, यहाँ चिनी रहेनछ। खाली हात फर्कनुपर्‍यो।’ अब भारतको सीमावर्ती वनगाउँ बजार गएर चिनी खरिद गर्ने उनले सुनाइन्।

‘चाडवाडमा धेरै चिनी चाहिन्छ,’ उनले भनिन्, ‘वनगाउँबाट ल्याउँदा नेपालको भन्दा किलोमा २० रुपैयाँ सस्तो पर्ने भएका कारण धेरै चिनी चाहिँदा त्यतै जाने गरेका छौं।’ वनगाउँ जान बाटोको समस्या हुने भएकाले साल्ट ट्रेडिङमै चिनी पाइए राम्रो हुने उनको भनाइ छ।

साल्ट ट्रेडिङले चिनी नदिएको र धनगढी बजारमा धेरै महंगो पर्ने भएपछि भारतको वनगाउँ जानु परेको उनले सुनाइन्। धनगढी बजारमा चिनीको मूल्य ९० रुपैयाँ प्रतिकिलो छ। वनगाउँमा भने ६८ रुपैयाँमै चिनी पाइने गरेको छ। 
सुपथ मूल्य पसलमा चिनी सस्तोमा पाइँदा बजारमा पनि मूल्य केही घट्ने गरेको थियो। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले धनगढी र गोदावरीमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ। सो पसलबाट नुन, चिउरा, खाने तेलमा छुट दिने गरेको छ।

साल्ट ट्रेडिङका सूचना अधिकारी जोशीका अनुसार नुनमा २ रुपैंया छुट दिएर प्रति किलो १८ रुपैयाँमा बिक्री भइरहेको छ। एक जनालाई एक दिनमा बढीमा ६ किलो नुन दिने गरिएको छ।

Ncell 2
Ncell 2

यसैगरी चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिएर प्रतिकिलो ८८ रुपैयाँमा बिक्री गर्ने गरिएको छ भने स्वस्तिक तोरीको तेलमा प्रति लिटर ७ रुपैयाँ छुट दिएर प्रतिलिटर ३०५ रुपैंयामा बिक्री गर्ने गरिएको सूचना अधिकारी जोशीले बताए। जोशीका अनुसार १ दिनमा १ जनालाई चिउरा ४ किलो र खानेतेल ४ लिटरसम्म दिइने गरिएको छ।

पहाडमा सञ्चालन भएन 
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षसम्म सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सुपथ मुल्य पसल सञ्चालन गर्दै आएकोमा यस वर्ष भने तराईलाई मात्रै केन्द्रित गरेर सुपथ मुल्य पसल सञ्चालन गरेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको केन्द्रीय नीतिका कारण पहाडी क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको जनाइएको छ।

‘केन्द्रबाट हरेक दिन कम्प्यूटर बिलसहित कारोबारको विवरण माग गरिएको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी जोशीले भने, ‘पहाडी क्षेत्रमा कम्प्युटरको समस्याका कारण बिलिङ गर्न नसकिने भएपछि यस पटक धनगढी र गोदावरीबाट मात्रै सुपथ मुल्य पसल सञ्चालन गरिएको हो।’ 

साल्ट ट्रेडिङले गत वर्षसम्म बैतडी, बझाङ र डोटीमा पनि सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको थियो। तर केन्द्रले सर्भर प्रणाली लागु गरेपछि भने अन्य स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्न नसकिएको उनले बताए। केन्द्रसँग धनगढीको सर्भर प्रणाली मात्रै जोडिएको उनले बताए। 

खाद्यको चामलमा ७ रुपैयाँ छुट 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल प्रतिकिलोमा ७ रुपैयाँ छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय र धनगढी–१३ स्थित मोहनपुरको गोदाममा सुपथ मुल्य पसल सञ्चालन गरेर चामल बिक्री गरिरहेको कम्पनीकी प्रदेश कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन्। 

उनका अनुसार मोटो चामल सहुलियत सहित ३९ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ। त्यसैगरी मसिनो चामल (स्टिम जिरा) ६० रुपैयाँ प्रतिकिलो र बासमती चामल १०३ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ। बिहीबारसम्म ३० क्विन्टल चामल बिक्री भइसकेको प्रदेश प्रमुख बस्नेतले बताइन्।

खाद्य व्यवस्था कम्पनीले छठसम्म ५ ०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखेको छ। कार्यालय प्रमुख बस्नेतका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सुपथ मुल्य पसलबाट पनि खाद्यको चामल बिक्री हुने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट साताको पहिलो कारोबार दिन आइतबार ११ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झण्डै २७ अंकले वृद्धि भएको हो। सोमबार, जेठ २६, २०८२
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार, जेठ २६, २०८२
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो ख... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरण छानबिनबारे कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव सोमबार, जेठ २६, २०८२
एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान सोमबार, जेठ २६, २०८२
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षी माओवादी केन्द्रद्वारा संसद् अवरुद्ध सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमबार, जेठ २६, २०८२
७२ जिल्लामा फैलियो डेङ्गी सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्