• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
फुलचोकी जंगलमा लगेर श्रीमतीको हत्या : झोलाको फोटोबाट खुल्यो रहस्य, मोबाइलले दियो ‘क्लु’
64x64
नारायण अधिकारी सोमबार, भदौ २७, २०७९  १९:४२
1140x725

काठमाडौं– ललितपुरको फुलचोकीको जंगलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ। श्रीमती हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दोखलाको भीमेश्वर नगरपालिका–९ घर भइ ललितपुर हरिसिद्धी बस्दै आएका ६३ वर्षीय घ्याल्मो लामालाई पक्राउ गरेको छ। 

उनले आफ्नी श्रीमती ४७ वर्षीया रुपा क्षेत्रीको हत्या गरेको परिसर ललितपुरका प्रमुख तथा एसएसएपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

आइतबार दिउँसो साढे १२ बजेतिर फुलचोकी जंगलमा एक महिलाको शव भेटिएको भन्दै  प्रहरीलाई खबर आएको थियो। त्यसपछि घटनास्थल पुगेको स्थानीय प्रहरी युनिटले घटना शंकास्पद भएको भन्दै तालुक कार्यालयमा खबर गरेपछि परिसरबाट डीएसपीको कमाण्डमा टोली खटिएर अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा क्षेत्रीको हत्यामा उनकै श्रीमान लामाको संलग्नता देखिएको भन्दै प्रहरीले सोमबार बिहान ८ बजे युनपार्क नजिकबाट उनलाई पक्राउ गरेको हो। 

मोबाइलले दियो ‘क्लु’
शव भेटिएको जानकारी आएपछि फरेन्सिक विज्ञसहित परिसरबाट डीएसपी दीपक भारतीको टोली घटनास्थल गोदावरी नगरपालिका–३ फुलचोकी पुगेको थियो। अनुहारको भाग कंकालको रुपमा परिणत भइसकेकाले मृतकको पहिचान खुल्न सक्ने अवस्था थिएन। 

Deadbody Rupa chhetri pic1662993432.jpg

अन्य भाग पनि सडिसकेको अवस्थामा शव भेटिएको थियो। शव अर्धनग्न घोप्टो अवस्थामा भेटिएको थियो। कंकालको घाँटीको भागमा नाइलनको डोरी कसिएको थियो। प्रहरी घटनास्थल पुग्दा मृतक महिलाको नाडीमा लगाएको घडी समेत चालु अवस्थामा थियो। 

तर, मृतक को हुन् भन्ने पहिचान प्रहरीले गर्न सकेको थिएन। सडिसकेको लास नजिकै प्रहरीले एउटा महत्त्वपूर्ण ‘क्लु’ भेट्टायो मोबाइल। उक्त मोबाइलकै आधारमा मृतक महिलाको पहिचान भयो– रुपा क्षेत्री। सडिसकेको लास भेटिएपछि परिसरको टोलीले कतै प्रहरीमा जाहेरी आएको छ/छैन भनेर बुझेको थियो। तर, कतै पनि जाहेरी आएको पाइएन। त्यसपछि प्रहरी मृतकको आफन्तसम्म पुग्यो। 

SSP-Yagyabinod-Pokharel1662990784.jpg
घटनाका आरोपी सार्वजनिक गर्ने क्रममा ललिपुर प्रहरी प्रमुख, एसएसपी यज्ञविनोद पोखरेल।

झोलाको फोटोबाट खुल्यो रहस्य
मोबाइल बरामद भएपछि प्रहरीले मृतकको पहिचान गरिसकेको थियो। तर, हत्यारा को हुन् भन्ने पत्ता लगाउन सकेको थिएन। क्राइम सिनमै भएको महिलाको झोला खानतलासी गरेर हेर्दा निलो भेष्ट लगाएको एक पुरुषको पासपोर्ट साइजको फोटो प्रहरीले फेला पारेको थियो। 

Ncell 2
Ncell 2

त्यसपछि फोटोमा देखिएका पुरुष र मोबाइलमार्फत् उनका श्रीमानको खोजी गर्नेतर्फ प्रहरी लागेको थियो। ‘विभिन्न प्राविधिक र म्यानुअल अनुसन्धानबाट हामी मतृकको श्रीमानसम्म पुग्यौं’ परिसरका प्रवक्ता एसपी सुधीरराज शाहीले भने।

आइतबार लास भेटिएपछि अनुसन्धानमा जुटेको प्रहरीले २४ घण्टा नबित्दै मृतकका श्रीमान घ्याल्मोसम्म पुगेर सोमबार बिहान ८ बजे उनलाई पक्राउ गरेको हो। मृतक महिलाको झोलामा भएको फोटो उनकै श्रीमान घ्ल्यामोको भएको पनि पुष्टि भयो। प्रहरीले पक्राउ गरेपछि घ्याल्मोले आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेको एसएसपी पोरखेलले बताए।

Ghyalmo-lama1662991027.jpg
हत्या आरोपी घ्याल्मो लामा।

ज्यामी काम गर्दा चिनजान, रक्सी विवादपछि हत्या
प्रहरी अनुसन्धान अनुसार रुपा घ्याल्मोको तेस्रो श्रीमती हुन्। पहिलो श्रीमती लालमाया तामाङको १२ वर्ष अघि नै मृत्यु भएको थियो। पहिलो श्रीमतीबाट २ छोरी र १ छोरा छन्। 

पहिलो श्रीमतीको मृत्यु भएपछि आइतमाया तामाङलाई दोस्रो श्रीमतीको रुपमा घ्याल्मोले भित्र्याएका थिए। दोलखा बस्दै आएकी आइतमायातर्फ २ छोरा छन्। 

हाल हत्या गरिएकी रुपासँग भने ७ वर्षअघि ज्यामी काम गर्ने क्रममा घ्याल्मोको चिनजान भएपछि विवाह भएको थियो। उनीतर्फका भने छोराछोरी छैनन्।

विवाह गरेदेखि नै रुपासँग नराम्रो सम्बन्ध भएको घ्याल्मोले प्रहरीसमक्ष बयान दिएका छन्। श्रीमती रुपा दिनहुँ रक्सी पिएर आफूलाई कुट्ने गरेको घ्याल्माले बताएका छन्।

रक्सी पिउनाले १५/१६ दिनसम्म घरमा समेत नआउने, आएको बेलामा पनि निहुँ खोज्ने र कुटपिट गर्ने गरेको घ्याल्मोको दाबी छ। 

भदौ १६ गते रक्सी खाएर श्रीमतीले झगडा गरेपछि आफू डेराबाट निस्केर हिँडेको उनले प्रहरीसमक्ष बताएका छन्। श्रीमती पनि आफ्नै पछि लागेर आएको र माइक्रो चढेर गोदावरीसम्म पुगेको, त्यसपछि हिँडेर फुच्चोकी डाँडामा पुगेपछि हत्या गरेको घ्याल्मोले बताएको प्रहरीले जनाएको छ।

Rupa-kshetri1662990983.jpg
हत्या गरिएकी रुपा क्षेत्री।

झण्डाको डोरीले घाँटी कसेर हत्या
मृतकको घाँटीमा नाइलनको डोरी कसिएको अवस्थामा रहेको भन्दै प्रहरीको घटनास्थल मुचुल्कामा उल्लेख गरेको छ। उक्त डोरी भने पक्राउ परेका घ्याल्मोले फुलचोकीमै पाएको प्रहरीसमक्ष बताएका छन्। 

प्रहरीका अनुसार फुलचोकी डाँडामा पुगेपछि श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। विवादको क्रममा ‘कि तँ मर कि म तँलाई मार्छु’ भन्नेसम्मको विवाद भएको पक्राउ परेका घ्याल्मोले बताएको प्रहरीको दाबी छ। 

त्यसपछि घ्याल्मोले नजिकै रहेको बौद्ध धर्मावलम्बीको झण्डामा बाँधिएको डोरी निकालेर घाँटी कसेर श्रीमतीको हत्या गरेको खुलेको प्रहरीको दाबी छ। श्रीमतीको हत्या गरेपछि घ्याल्मो आफ्नी छोरीकोमा हरिसिद्धी बस्दै आएका थिए।

पक्राउ परेका घ्याल्मोलाई कर्तव्य ज्यानको कसूरमा म्याद लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शव भने पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
आजको मौसमः पहाडका केहि भागमा बदली, मुख्यतया मौसम सफा रहने सोमबार, जेठ २६, २०८२
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्