• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
अनलाइन यौन हिंसा : फेसबुकबाट मात्रै ३९ प्रतिशत युवती हिंसाको सिकार
64x64
धनु विश्वकर्मा मंगलबार, भदौ २१, २०७९  २१:३५
1140x725

काठमाडौं- सुनिता परियार (नाम परिवर्तन) पद्मकन्या बुहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्ष अध्ययनरत विद्यार्थी हुन्। गाउँकै विद्यालयबाट १२ कक्षा पास गरेपछि उच्चशिक्षा अध्ययन तथा लोकसेवाको तयारी गर्न काठमाडौं आएकी सुनिता अहिले साथीसँग शंखमुलमा बस्दै आएकी छिन्।

लोकसेवा तयारीका क्रममा उनी फेसबुकमा बढी सक्रिय भइन्। तर म्यासेन्जरमा विभिन्नथरीका म्यासेज आउन थाले। आफूभन्दा बढी उमेरका मान्छेले समेत अनेक म्यासेज गरेर जिस्क्याउने गरेपछि हैरान भएर उनी अफलाइन बसेर फेसबुक चलाउन थालिन्।

तैपनि, म्यासेज आउन छाडेन। यतिसम्म कि, म्यासेन्जरमा आएका म्यासेज आफन्तले देख्लान् भन्ने डरले मोबाइलका सबै एपमा लक लगाइन्। विस्तारै उनलाई फेसबुकप्रति वितृष्णा जाग्न थाल्यो। सुनिता भन्छिन्, 'कति पटक त एकाउन्ट नै ब्लक गरें। आफ्नै कोठाभित्र बस्दा पनि हामीलाई सुरक्षा छैन।'

अहिले उनलाई फेसबुकबाट टाढा हुन मन लागेको छ। भन्छिन्, 'क्याम्पसमा कहिलेकाहीँ साथी-साथीबीच सामाजिक सञ्जालबाट हुने असुरक्षाका बारेमा बहस पनि हुन्छ।'

अनलाइन यौन हिंसामा फेसबुक पहिलो
प्लान इन्टरनेसनल नेपालले हालसालै सार्वजनिक गरेको एक सर्वेक्षणमा अनलाइन यौन हिंसा बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ। सर्वेमा प्लानले अधिकांश कमजोर आर्थिक अवस्था भएका महिलाहरु अनलाइन हिंसामा परेको निष्कर्ष निकालेको छ। 

अनलाइन यौन हिंसा हुने सामाजिक सञ्जालहरूमा सबैभन्दा धेरै फेसबुक ३९ प्रतिशत, इन्स्टाग्राम २३ प्रतिशत, ह्वाट्सएप १४ प्रतिशत, स्न्याप च्याट १० प्रतिशत, ट्वीटर ९ प्रतिशत र टिकटक ६ प्रतिशत रहेको सो प्रतिवेदनमा उल्लेख छ।

२२ देशका १५ देखि २५ उमेर समूहका १४ हजार महिलामा गरिएको सर्वेक्षणमा १९ प्रतिशत महिलाले सामाजिक सञ्जाल विस्तारै छोड्दै गएको भेटिएको छ। २२ प्रतिशत महिलाले सामाजिक सञ्जालले गर्दा डर पैदा गरेको तथ्यांक छ भने ४४ प्रतिशत महिलाले सामाजिक सञ्जाललाई सुरक्षित राख्न सुझाव दिएका छन्।

त्यस्तै १२ प्रतिशत महिलाले सामाजिक सञ्जाल चलाउने तरिका नै परिवर्तन गरेको देखाएको छ। यो सर्वेक्षण ब्राजिल, बेनिन, अमेरिका, भारत र दक्षिण एसियाका देशहरुमा गरिएको हो। 

Ncell 2
Ncell 2

प्लान इन्टरनेसनलका सीईओ एनी बिर्गिट अल्ब्रेक्टसेन भन्छिन्, 'यो अनुसन्धान विभिन्न देशका १४ हजारभन्दा बढी किशोरीसँग कुराकानी गरेर गरिएको थियो। उनीहरूले उत्पीडन र भेदभावको समान अनुभव साटेका थिए।'

सामाजिक सञ्जालमा महिलामाथि हुने यस्ता आक्रमणले उनीहरुको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्दै लगेको उनले बताइन्। 'यसले बढ्दो डिजिटल संसारमा महिलालाई अनलाइन स्पेसबाट बाहिर निकाल्न खोज्दैछ। उनीहरूको हेर्ने, सुन्ने र नेता बन्ने क्षमतालाई हानि पुर्‍याउँदै लगेको छ,' अल्ब्रेक्टसेनले भनिन्।

अनलाइन हिंसाले महिलाको आत्मविश्वासमा गहिरो प्रभाव पारेको उनले बताइन्। 'कोभिड-१९ महामारीले मानव जीवनलाई अनलाइनतर्फ बढाइरहेको छ। तर महिलामाथि हुने अनलाइन हिंसा जारी छ। डिजिटल प्लेटफर्महरूले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा गर्ने समय आएको छ,' उनी भन्छिन्। 

अनुसन्धानबाट सबैभन्दा सामान्य प्रकारको आक्रमण अपमानजनक भाषाको प्रयोग भएको भेटिएको छ। सो अनुसन्धानका क्रममा ५९ प्रतिशत किशोरीले आफूहरु डिजिटल हिंसाबाट पीडित भएको बताएका थिए। यस्तै उद्देश्यपूर्ण अपमान ४१ प्रतिशत, शरीर श्रम र यौन हिंसाको धम्की दुवै ३९ प्रतिशत रहेको रिपोर्टले देखाएको छ। 

एक तिहाइभन्दा बढी (३७ प्रतिशत) युवती जो एक जातीय अल्पसंख्यक हुन् र उनीहरुले अनलाइनबाट दुर्व्यवहार भोगेका छन्। जबकी आधाभन्दा बढी ३७ प्रतिशत जो एलजिबिटिक्यु+ भनेर चिनिन्छन् उनीहरू आफूहरुमाथि उत्पीडन भएको बताउँछन्। लैङ्गिक पहिचान वा यौन झुकावका उनीहरु पीडित भएको रिपोर्टमा उल्लेख छ। 

महिला तथा युवतीको अनलाइन अनुभवमा सामाजिक सञ्जाल युवाहरूको जीवनको महत्त्वपूर्ण भाग रहेको देखाएको छ। सक्रियता, मनोरञ्जन, साथीहरू र परिवारसँग सम्पर्कमा रहन अनलाइनको प्रयोग व्यापक रूपमा गरिन्छ।

सर्वेक्षणमा सहभागीमध्ये तीन चौथाई (७४ प्रतिशत) ले कोभिडका बेलामा बारम्बार वा धेरै पटक सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको बताएका छन्। त्यतिबेला घरभित्रै रहनुपर्ने अवस्थाका कारण डिजिटल प्लेटफर्मको प्रयोग ज्यादा गर्नुपरेको उनीहरुको अनुभव थियो।

नेपालकी १८ वर्षीया एक युवती भन्छिन्, 'आजका दिनमा सामाजिक सञ्जाल निकै महत्त्वपूर्ण छ। र, म प्रायः दिनको तीनदेखि चार घण्टासम्म प्रयोग गरिरहेकी छु।' यद्यपि, सामाजिक सञ्जालको अधिक प्रयोगले युवतीहरूलाई असुरक्षित बनाइरहेको छ।' सडक उत्पीडनभन्दा अनलाइन उत्पीडन कहालीलाग्दो रहेको ती युवतीले बताएकी छन्।

यो अनुसन्धान गर्ल्स गेट इक्वल, प्लान इन्टरनेसनलको विश्वव्यापी अभियानको एक भागको रूपमा गरिएको थियो जहाँ युवतीहरू नेता बन्ने र वरपरको संसारलाई आकार दिने शक्ति हुन सक्ने दावी गरिएको छ। 

अभियानमा सहभागी विश्वभरका युवतीहरुले फेसबुक, इन्स्टाग्राम, टिकटक र ट्विटरमा खुला पत्र लेखेका छन्। सो पत्रमा उनीहरूमाथि हुने दुर्व्यवहार र उत्पीडनको रिपोर्ट गर्न बलियो र प्रभावकारी तरिकाहरू सिर्जना गर्न आह्वान गरिएको छ। 

प्लान इन्टरनेसनलले विश्वभरका सरकारहरूलाई अनलाइनमार्फत हुने लिङ्गमा आधारित हिंसासँग लड्न र पीडित बालिकाहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्न विशेष कानुनहरू लागू गर्न पनि आग्रह गरिरहेको छ।

सामाजिक मिडिया कम्पनीहरुले हानिकारक व्यवहारको सामना गर्न र आफ्ना प्लेटफर्महरू सुरक्षित वातावरण हो भनी सुनिश्चित गर्न आवश्यक छ। जसले युवती, एलजिबिटिक्यु+ युवा र उत्पीडनको जोखिममा रहेका अन्य समूहलाई आफूलाई पूर्ण रूपमा अभिव्यक्त गर्न र आधुनिक संसारलाई आकार दिन आफ्नो सही भूमिका खेल्न पनि उक्त अभियानमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता आइतबार, जेठ २५, २०८२
७० वर्षे उमेरहदको विषय फेल भइसक्यो : ओली आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्