काठमाडौं– आज भाद्र कृष्ण औँसी अर्थात कुशे औँसी। यस दिनलाई बाबुको मुख हेर्ने दिन पनि भनिन्छ।
आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । यस्तै, रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।
गोकर्णेश्वरमा बिहानैदेखि मानिसहरुको भीड लागेको छ। आज गोकर्णमा मेलासमेत लागेको छ। बाबु नहुनेहरु तर्पण तथा श्राद्ध गर्न गोकर्णेश्वर पुगेका हुन्।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।













नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।