काठमाडौं– महिनौंदेखि थुप्रिएको काठमाडौं उपत्यकाको फोहोरको डंगुर उठाउन थालिएको छ। महिना दिनभन्दा लामो समयदेखि थुपारिएको रातो पुलमुनिको फोहोर पनि शनिबार जेसीबी लगाएर उठाइएको छ।
नियमित रुपमा काठमाडौंको फोहोर विसर्जन गर्दै आइरहेको नुवाकोटको बञ्चरे डाँडामा स्थानीयले महानगरसँग यसअघि भएका सहमति पालना नभएको भन्दै अवरोध गरेपछि महिना दिनभन्दा बढी समयदेखि उपत्यकाका जिल्लाहरुमा फोहोर उठ्न सकेको थिएन।
फोहोर नउठाउँदा मुख्यगरी महानगरका बजार, टोल नै दुर्गन्धित बनेका छन्। फोहोर उठाउने विषयमा बञ्चरेडाँडाका स्थानीयसँग काठमाडौं महानगरपालिकाले पटक–पटक संवाद गरे पनि यसअघिका सहमति कार्यान्वन नभएसम्म फोहोर फाल्न नदिने भन्दै अवरोध कायमै राखेपछि महानगरले सुरक्षाकर्मीको सहयोगमा केही मात्रामा फोहोर विसर्जन गर्ने काम गरिरहेको छ।
सोही क्रममा शनिबार रातोपुल मुनि थुप्रिएको फोहोर जेसीबीको सहायताले गाडीमा राखेर लगेको हो। अन्य स्थानमा पनि फोहोर क्रमश: उठाउन थालिएको छ। फोहोर उठ्न नसक्दा सामाजिक सञ्जालमा महानगर मात्र नभई सरकारकोसमेत चरम आलोचना भरइरहेको छ।
1660994099.jpg)
1660994097.jpg)
1660994097.jpg)
1660994096.jpg)
1660994092.jpg)
1660994094.jpg)
1660994094.jpg)
1660994096.jpg)
1660994092.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।