• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा डार्लिङ्स, अब तिमीहरुले बदला लिनुपर्छ! 
64x64
युवराज भट्टराई शनिबार, साउन २८, २०७९  १३:३०
1140x725

काठमाडौं– आफ्नी छोरी बद्रूलाई भ्यागुता र बिच्छीको कथा सुनाउँछिन् आमा शम्सु। कथासार यस्तो हुन्छ– कुनै जंगलको खोलामा एक दिन अचानक बाढी आएछ। एउटा भ्यागुतो खोलाको किनारमा थियो। एउटा बिच्छी आएर भ्यागुतासँग आफूलाई नदि पार गराइदिन आग्रह गरेछ। बिच्छीले आफूलाई टोकेमा आफ्नो मृत्यु हुने बताउँदै भ्यागुतोले त्यसो गर्न नसक्ने जवाफ दिएछ। तर, बिच्छीले भ्यागुतालाई टोकेमा नदीमा डुबेर आफ्नो पनि मृत्यु हुने भन्दै सान्त्वना दिएपछि भ्यागुताले बिच्छीलाई आफ्नो ढाडमा लिएर नदी पार गर्न लागेछ। तर, नदीको बीचमा पुगेपछि भने बिच्छीले आफूले पहिले वाचा गरे विपरीत भ्यागुताको ढाडमा टोकेछ।

भ्यागुताले बिच्छीलाई सोधेछ– किन यस्तो गरेको?
जवाफमा बिच्छीले भनेछ– म बिच्छी हुँ, टोक्नु मेरो स्वभाव नै हो।

शम्सु छोरी बद्रूलाई हेर्दै भन्छिन्– केही पुरुषहरु बिच्छी हुन्छन् छोरी, कहिल्यै परिवर्तन हुँदैनन्।

शम्सु र बद्रू ५ अगस्टमा नेटफ्लिक्समार्फत् रिलिज भएको जसमित के रिन निर्देशित हिन्दी फिल्म ‘डार्लिङ्स’का दुई प्रतिनिधि पात्र हुन्।

प्रेम प्राप्तीको कथा। आत्मसम्मानको कथा। सपनाहरु देख्ने आँखाहरुले त्रास र भयसँग जुध्नु परेको कथा। ‘डार्लिङ्स’ यिनै कथाहरुको संगालो हो। विषयका रुपमा गम्भीर भए पनि घरेलु हिंसा र महिलाको आत्मसम्मानमाथि बनेको फिल्म ‘डार्लिङ्स’ले समातेको धार ‘डार्क ह्युमर’ शैलीको छ। प्रेम हुँदै विवाह, विवाहपछि महिलाको जीवनमा भएको उतारचढाव, र त्यो उतारचढावसँग जुँध्नका निम्ति गरेको संघर्ष अनि त्यसपछिको कदम। ‘डार्लिङ्स’ यिनै बाटाहरुको कथा हो, जुन बाटोमा थुप्रै महिलाहरुले हिँड्नुपर्ने वाध्यता छ। आम्तसम्मान गुमाएर हिंसाको प्रतिकार गर्न नसकी बसेका महिलाहरुको कथा बोकेको ‘डार्लिङ्स’ले एक उनीहरुलाई नै भन्ने सन्देश हो– ‘डार्लिङ्स, अब तिमीहरुले बदला लिनुपर्छ’

००००

भारतको कुनै सहरको कथा। वा भनौं, भारत र भारतजस्तै संरचनागत निर्माण भएका सबै समाज अवस्थित सहरको कथा। सरकारी जागिरे लोग्ने, घरमा काम गरेर समय बिताउने श्रीमती। सँगै श्रीमतीले दैनिक भोग्नुपर्ने लोग्नेको ज्यादति।

बद्रूनिशा अन्सारी (आलिया भट्ट अभिनित) आफूले प्रेम गरेका हम्जा सैख (विजय बर्मा अभिनिनत)सँग विवाह गरेको ३ वर्ष भइसकेको छ। ३ वर्षको लामो समय। बदलिएका थुप्रै प्रसंगहरु छन्। नबदलिएको एउटै कुरा हो, बद्रूले विवाहपछि तीन वर्षसम्म निरन्तर भोग्दै आएको श्रीमान्‌को पिटाइ। रक्सीको मातमा हम्जा बद्रूमाथि निरन्तर हिंसा गरिरहेको छ।

Ncell 2
Ncell 2

बद्रू र हम्जाको प्रेम ३ वर्ष अघि मात्रै विवाहमा परिणत भयो। बद्रूकी आमा शम्सुनिशा अन्सारी (सेफली शाह अभिनित)ले जागिरको अभावमा हम्जामाथि निरन्तर आपत्ति जनाइरहेकी थिइन्। तर, सरकारी जागिर भएसँगै बद्रू र हम्जा विवाहमा बाँधिए। प्रेमलाई पूर्णता दिने नाममा उनीहरु एकअर्कासँग औचारिक सामाजिक सम्बन्धमा बाँधिएका थिए।

भारतीय रेल्वेमा हम्जा टिकट चेकर (टीसी)को जागिरे थियो। घरको आम्दानीको स्रोत उसकै कमाइमा आधारित। बद्रूको जीवन भने एउटा फ्ल्याटका बीच र आमाको बस्ने कोठाबीच सीमित। बद्रू बिहान उठेदेखि बेलुकी निदाउनु अघिसम्म श्रीमान्‌कै हेरचाह र चिन्तामा आफूलाई व्यत्तित गर्छिन्।

 

Darlings_31660371797.jpg

दुब्लो शरीर। अनुहारदेखि घाँटीका विभिन्न भागमा चोटपटक। मुहारमा हाँसोको केस्रा भएपनि कृतिमताको लेपन। बद्रूको आवरणमा यिनै विशेषताहरु थिए।

हम्जा भने वर्षायामको मौसम जस्तो थियो, व्यवहारमा। कतिबेला परिवर्तन हुन्छ ‘मुड’ पत्तै नहुने। खाना खाएर बसिरहेको बेला श्रीमतीसँग संवादमा रमाइरहेको उ केही क्षणमै श्रमतीमाथि हिंसामा उत्रिन्थ्यो। बद्रू यी सबै सहेर बस्नु बाहेकको विकल्पको खोजीमा थिइन्। श्रीमान्‌को निरन्तर रक्सी पिउने बानी छुटाउन चिकित्सकीय पक्षदेखि प्रेमका पाटाहरु सम्मका उपायहरु अपनाइन्। तर, उनले अपनाएका पक्ष र पाटाहरुले उनलाई सहजताको सट्टा विपरीत रुपमा असजता र श्रीमान्‌बाट थप हिंसाको मात्रै उपस्थिति गराउँथे।

आफूमाथि भइरहेको हिंसालाई श्रीमान्‌–श्रीमतीबीच हुने साधारण घटनाको रुपमा सोच्दै बद्रू सम्बन्धको सुधार र श्रीमान्‌को बानीमा परिवर्तन ल्याउन उपायहरु खोज्छिन्। सुरुवातमा शरीरमा मात्रै लागिरहेको चोटले विस्तारै मन र मस्तिष्कलाई पनि पोल्न थाल्छ। बद्रू सम्पूर्ण पुरुषहरुलाई ‘गोली हानेर मारिदिनुपर्ने’ सम्म सोच्न भ्याउँछिन्।

बद्रूले विवाह अघिबाटै सपनाहरु देखेकी हुन्छिन्। सानो फ्ल्याटका भित्तामा ती सपनाहरु कागजको चिर्कटोमा लेखेर टाँसिएका हुन्छन्। तर, सोचेभन्दा धेरै नसोचेका कुराहरुले बद्रूको जीवनमा उपस्थिति जनाइरहन्छन्।

साधारणभन्दा साधारण विषयमा आफूमाथि भइरहेको हिंसा सकिरहेकी बद्रू एकदिन निर्णय गर्छिन्– श्रीमान् हम्जाविरुद्ध विद्रोह गर्ने। आफूले भोग्दै आएको पीडाजस्तै पीडा हुनेगरी उसँग बदला लिने। श्रीमान्‌कै कारण आफ्नो गर्भ खेर गएपछि बद्रू यो निर्णयमा पुग्छिन्। उनीभित्र जागिरहेको बदलाको भावनामा झिल्कोको काम गर्छ त्यो घटनाले। अस्पतालबाट होस मात्रै आएकी बद्रूको आँखामा बदलाको भावना देखिन्छ।

अब सुरु हुन्छ बदलाको कथा।

आफूमाथि भइरहेको हिंसा जस्तैगरी बदला लिन थाल्छिन् बद्रू। तर, हम्लाले बद्रूमाथि गरेका हिंसाहरुमा कुनै अर्थ थिएनन्। बद्रूको हिंसा अर्थपूर्ण हुन्छ। आफूले हिजो भोग्नु परेको जस्तै पीडा हम्जालाई दिइरहँदा उ त्यसमा सन्तुष्ट नभएर अझैं पनि श्रीमान्‌मा परिवर्तन आउँछ कि भन्ने सोचिरहेकी हुन्छिन्।

‘डार्लिङ्स’ले बद्रूको जीवनका यी दुवै घटनाहरुको विवरण प्रस्तुत गर्छ। एकातिर आफू पीडित हुँदाको क्षण र अर्कातिर, आफूमाथि पीडा दिनेलाई आफूले भोग्दै आएको पीडा महसुस गराउँदाको क्षण। मृत्यु सहजै छुट्ने बाटो भएको ठान्दै बद्रू त्यसलाई नअपनाएर निरन्तर पीडा महसुस गराइरहने बाटोमा हुन्छिन्। आमा शम्सुले हम्जालाई मारेर फ्याकिदिएपछि सम्पूर्ण कुराको अन्त्य हुने सुझाव दिइरहन्छिन्। तर, बद्रू मृत्यु होइन, बदला चाहन्छिन्। र त्यो बदलामा पनि उनी सार्थकता चाहन्छिन्। समाजको व्याख्याभन्दा फरक, सुझाव दिनेहरुको सुभावभन्दा फरक। बद्रू आफ्नो जीवन गतिलाई परिवर्तन गर्न चाहन्छिन्।  त्यो परिवर्तनका लागि उनले चालेको पाइलाको कथन ‘डार्लिङ्स’ले गर्छ ।

०००००

महिला पात्र केन्द्रित भए पनि महिला सशक्तिकरण केन्द्रित सिनेमाको कमि दक्षिण एसियाली बजारमा लामो समयदेखि छ। १९६० को दशकपछि केही समयसम्म भारतमा नारीवादको प्रभावले उत्पन्न गराएको परिवर्तनको झिल्को समेटिएका सिनेमाहरु बने। महिलाले आफ्नो जीवनको सार्थकता घर, परिवार, भान्सा र श्रीमान्‌भन्दा बाहिर पनि हुन्छ भन्ने महसुस गराउने किसिमले यी सिनेमाहरुको निर्माण भएको थियो। सत्यजीत रायको १९६३ मा प्रदर्शनमा आएको फिल्म ‘महानगर’ यसैको एउटा उदाहरण हो।

हाल पनि केही सिनेमाहरु बनिरहेका छन्, जसमा महिला सशक्तिकरण र अधिकारको पक्षमा वकालत गरिएको छ। तर, कलोकल्पित लाग्छन्। अस्वभाभिक र विश्वास गर्न नसक्ने पक्षहरुका कारण यस्ता सिनेमाहरुमा सार्थकता पाउन गाह्रो हुन्छ।

‘डार्लिङ्स’को बलियो र कमजोर दुवै पक्ष दर्शकले फिल्ममा गर्न सक्ने सार्थकताको खोजी पनि हो। त्यसो त, एक थप्पडका कारण आफ्नो श्रीमान्‌सँग डिभोर्स गर्ने विषय समेटिएको ‘थप्पड’ फिल्म सन् २०२० मा प्रदर्शन हुँदा पनि दर्शकले यो किसिमको सार्थकताको खोजी गरेका थिए। श्रीमान्‌ले सबैका सामुन्ने आफूमाथि गरेको व्यवहारले आत्मसम्मानमा चोट महसुस गरेकी महिलाको कथा समेटिएको ‘थप्पड’मा दर्शकले ‘विषयलाई जबर्जस्ती लम्ब्याइएको’ भन्ने तर्क पनि गरेका थिए।

तर, विषयवस्तु र त्यसप्रति सर्जक वा निर्देशकले गर्ने ट्रिटमेन्ट दर्शकअनुसार सापेक्षित हुन्छन्। निश्चित सन्देश प्रवाहको भन्दापनि सिनेमाको सार्थकता हेर्नेको संरचनागत अवस्था, समाजको परिस्थिति र विचारको दायरामा फरक पर्छ।

‘डार्लिङ्स’ मा देखाइएका विषयवस्तु पनि दर्शकलाई ‘थप्पड’मा जस्तै धेरै बढाइएको लाग्न सक्छन्। श्रीमान्‌ले गरेको हिंसाको विपक्षमा उभिएकी महिला र उनले बदला लिनका लागि चालेका कदमहरुमा सार्थकता खोज्दा यी दृश्यहरुमा समस्याहरु देखिन सक्छन्। न्यायिक नजरबाट हेर्दा ठिक वा बेठिकको प्रसंग पनि आउन सक्छ।

तर, महिला मनोवैज्ञानिक पक्षबाट हेर्ने हो भने ‘डार्लिङ्स’मा बद्रूले चालेका कदमहरुमा सहज रुपमा सार्थकता पाउन सकिन्छ। विषयको विस्तार, निर्देशकले दृश्यमार्फत् गरेको ट्रिटमेन्ट, सिनेमाको लेखनमै भएको परिपक्वताले दृश्यभाषामा रुपान्तृक हुँदा ल्याएको ‘म्याचुरीटी’जस्ता पक्षहरुका कारण ‘डार्लिङ्स’को दायरा फराकिलो लाग्छ। दर्शकले हेरिरहँदा यर्थाथमा पनि यस्तो घट्नाको कल्पना गर्न सक्छन्। पुरुषवादी सोच र पितृसत्तात्मक विचारको आडमा भएको हिंसाको विपक्षमा ‘लजिकल’ रुपमा फिल्ममा गरिएको प्रस्तुतिकरण यसको मिठास हो। ‘डार्क कमेडी’ शैलीमा खिचिएको र प्रस्तुत गरिएको फिल्मका संवादहरुले सतहमा हसाउँछन्, गहिराइमा हिमशिलाको स्वरुपमा प्रस्तुत हुन्छन् ।

०००००

भनिन्छ, सपना देख्नलाई ठूलो संसार छ। जीवन संकुचित हुनसक्छ, सपनाहरु संकुचित हुँदैनन्।

तर, सपनाहरुलाई पनि बाँध्ने काँडेतार लाग्छ। उन्मुक्तिको चाहना हुँदाहुँदै पनि त्यो काँडेतारका कारण छुट्टिएर जानसक्ने आँट नआउनु स्वभाविक हो। त्यो काँडेतार समाजको हुनसक्छ, स्थापित मान्यता र विचारको हुनसक्छ।

Darlings_21660371797.jpg

‘डार्लिङ्स’मा बद्रू आफ्ना सपनाहरुलाई संकुचित पारेर बसेकी हुन्छिन्। आफ्नै फ्ल्याटको सामुन्ने बस्ने आमासँग कुराकानी गर्दा समेत उनले श्रीमान् हम्जाको अनुपस्थितिलाई सदुपयोग गर्नुपर्छ। नभए समस्या आउँछ, जुन उनी चाहँदिनन्। खानामा ढुंगा भेटिँदा उनी श्रीमान्‌को मुखको सामुन्ने आफ्नो हात राखिदिन्छन्। जसमा हम्जा पुरुषार्थको घण्मड बोक्दै ढुंगा भएको गाँस थुकिदिन्छ। र, यत्ति कारणका लागि पनि बद्रूमाथि मरणासन्न हुने किसिमले प्रहार गर्छ।

आफ्नो स्वतन्त्रतादेखि सपनाहरुसम्म छाडेर आएकी बद्रूजस्ता धेरैको प्रतिनिधित्व गर्छ ‘डार्लिङ्स’ले। चाहनाका चाङलाई कुल्चिएका पितृसत्ताका खुट्टाहरुका कारण हिँड्न नसकेका ती बद्रूहरुले ‘डार्लिङ्स’मा जस्तै विद्रोह गर्नुपर्छ भन्ने होइन्। तर, व्यवस्था र सोच परिवर्तनका लागि विद्रोह चाहिन्छ। विद्रोहको स्वरुप फरक होला, तर विद्रोह नहुँदासम्म परिवर्तनको सूर्योदय पनि हुँदैन्।

‘डार्लिङ्स’ले बिट मारिरहँदा आमा र अन्यको कुरा सुनेर रेल मार्गमा हम्जालाई बाँधिदिएर हत्या गर्ने अवस्थामा बद्रू पुग्छिन्। तर, आफ्नो मनोस्थितिबाट बाहिर निस्किएर हत्या नगर्ने सोच उनमा आउँछ। आफूमाथि भएको हिंसाका कारण महसुस गरेजस्तै पीडा उनले हम्जालाई महसुस गराइसकेकी हुन्छिन्। रेलको मार्गबाट निकालेर हम्जालाई आफ्नो बाटो जान भनिदिन्छिन्।

‘मारेको भए जीवनभर याद आउँथ्यो’
बद्रू आफूले बिर्सिन चाहेको मान्छेको याद नआओस् भन्दै हत्याको निर्णयबाट पछि पर्छिन्। तर, जीवनको उपहार पाएको हम्जा पुनः बद्रूमाथि शासन जताउन खोज्छ। ठूलो स्वरमा चिच्याउँछ। त्यत्तिनै बेला एउटा दुर्घटना भइदिन्छ, जसले बद्रूलाई जीवनभर हम्जाको याद आउने परिस्थिति सिर्जना त गर्दैन्। बरु, हम्जालाई कहिल्यै नफिर्ने गरि बद्रूको जीवनबाट पछि पारिदिन्छ।

घर फर्किरहँदा बद्रूलाई उनकी आमा शम्सु भन्छिन्– ठीक गरिस् तैँले। मारेको भए जीवनभर याद आउँथ्यो। 

शम्सुको अनुहारमा ग्लानि देखिन्छ। पीडा देखिन्छ। दृश्यमा त्यो दिन देखिन्छ, जब हातमा रगताम्य कैँची र काखमा बद्रूलाई लिएर शम्शु उभिएकी थिइन्। 

०००००

‘डार्लिङ्स’ को प्रस्तुतीकरण विरोधाभासले भरिएको छ। कतिपय दृश्यहरुको चित्रणमा निर्देशकले ‘हद’ गरेको पनि लाग्छ। तर, प्रसंग सान्दर्भिक लाग्छ। व्यवहारिक पक्षबाट समस्या होलान्, तर सोचको दायराबाट ‘डार्लिङ्स’मा समस्या छैन। 

हिंसा भोगिरहेका र त्यसलाई ‘सामान्यकरण’ गर्ने समाजमा ‘डार्लिङ्स’ असहज लाग्छ। तर, पितृसत्ताको जञ्जिरले बाँधिएर पीडा भोग्न बाध्य भएका र आफ्नो सपनालाई संकुचित बनाएका ‘डार्लिङ’हरु परिवर्तनका लागि विद्रोह गर्नुपर्छ। ‘डार्लिङ्स, अब तिमीहरुले बदला लिनुपर्छ।’

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ? एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। शुक्रबार, जेठ २३, २०८२
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्