काठमाडौं– राज्यका प्रमुख ३ अंग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका)मध्ये व्यवस्थापिका (संसद्)लाई सबैभन्दा सर्वोच्च र गरिमामय मानिन्छ। जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसद्बाट राज्य सञ्चालनका लागि आवश्यक कानुन निर्माण हुन्छन्।
संसद्ले नै बनाएको कानुनका आधारमा कार्यपालिका र न्यायपालिकाले आफ्नो कार्यसञ्चालन गर्न पाउँछन्। जसकारण संसदीय मर्यादालाई संसारभर नै उच्च गरिमाका साथ हेरिन्छ।
संसद्मा पुग्ने सांसदहरुले गर्ने क्रियाकलापप्रति आम नागरिकको चासो हुन्छ। उनीहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय पनि मानिन्छ।
संसद्मा सत्तापक्ष र प्रतिपक्ष (विपक्षी) सांसद्ले सम्बोधनका क्रममा एक–अर्काप्रति गर्ने घोचपेचलाई रोचक रुपमा लिइन्छ। तर, कतिपय अवस्थामा भने सांसदहरुका व्यक्तिगत व्यवहार र क्रियाकलाप सिंगो संसद्कै गरिमामाथि प्रश्न उठाउने कारक पनि बनिदिन्छन्।
संसद्मा सांसदहरुले देखाउने व्यवहार र क्रियाकलापबारे सामाजिक सञ्जालमा पनि राम्रै चर्चा, आलोचना र ट्रोल हुन्छ, गरिन्छ।
नेपालमा संसद् बैठकको प्रत्यक्ष प्रसारण हुन्छ। संघीय संसद् सचिवालयले डिजिटल (अनलाइन) माध्यमबाट दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का बैठकको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको छ।
प्रत्यक्ष प्रसारणका देखिने दृश्यभन्दा बैठक सञ्चालन हुँदाका क्रममा सांसदहरु अन्य गतिविधिमा पनि व्यस्त हुन्छन्। कतिपय सांसदहरु आपसमा कानेखुसी गरिरहेका हुन्छन् भने कतिपय निदाइरहेका पनि हुन्छन्। कोही सांसद पट्यारलाग्दो भाषण सुनेर आफ्नो दिक्दारी प्रस्तुत गरिरहेका हुन्छन्, कतिपय सांसद फोनमा पनि व्यस्त हुन्छन्।
प्रतिनिधि सभाको बैठक चल्दाका यस्तै केही रोचक र रमाइला दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ, हेर्नुहोस् तस्बिरहरु:
1660366401.jpg)
1660366401.jpg)
1660366400.jpg)
1660366400.jpg)
1660366400.jpg)
1660366400.jpg)
1660366399.jpg)
1660366399.jpg)
1660366399.jpg)
1660366399.jpg)
1660366399.jpg)

1660366398.jpg)
1660366398.jpg)
1660366398.jpg)
1660366398.jpg)
तस्बिर: न्युज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।