• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
प्रहरी नै संलग्न एक अपराध अघिल्लो दिन आचरण विपरित काम गर्दिन भन्ने कसम, भोलिपल्टै चिनियाँको अपहरण!
64x64
नारायण अधिकारी आइतबार, साउन २२, २०७९  १६:५३
1140x725

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालेको करिब १ महिनापछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले गत मंगलबार (साउन १७ गते) सादा पोशाक (घुमुवा) को रुपमा सूचना संलकनमा खटिएका प्रहरी अधिकारीलाई प्रशिक्षण दिए।  

परिसर काठमाडौंको हलमा काठमाडौंका सबै वृत्त, प्रभाग तथा सादा पोशाकमा खटिने प्रहरी अधिकारीलाई भेला परेर उनले प्रशिक्षण दिएका थिए।

सो क्रममा एसएसपी बोहराले रकम लेनदेन लगायत विभिन्न आर्थिक काण्डमा सादा पोशाकका प्रहरीले बेला–बेलामा मुछिएर विवादमा आउने गरेको भन्दै सबैलाई आचरण विपरितको काम नगर्न निर्देशन दिएका थिए।

‘प्रहरी अधिकारीले व्यवसायिक भएर काम गर्नुपर्ने र सूचना संकलन जस्तो महत्वपूर्ण जिम्मेवारीमा खटिएका सादा प्रहरीहरुमाथि पनि बेला बेलामा आचरण विपरित काम गर्ने गरेको भन्ने सूचनाहरु आउने गरेकाले व्यवसायिक भएर काम गर्नुस्’, एसएसपी बोहराले भनेका थिए,‘आचरण विपरित काम गर्नेलाई भने कारबाहीको भागिदार बनाइनेछ।’

प्रशिक्षण सकिएपछि उनीहरुलाई आचरण विपरितका काम गर्दिन र व्यवसायिक भएर काम गर्छु भन्दै कसमसमेत खुवाइएको थियो।  

एसएसपीले आचरण विपरितको गतिविधि नगर्न भन्दै प्रशिक्षण दिएको बेला सुन्ने र आचरण विपरित काम नगर्ने भन्दै कसम खाने मध्येका एक थिए सादा पोशाकका प्रहरी, शिव सुनार। आचरण विपरित काम गर्दिन भनेर कसम खाएका उनै सुनार भोलिपल्टै अपहरण जस्तो जघन्य आरोपमा पक्राउ परेका छन्। 

बर्दियाको राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रही सादा पोशाकमा खटिँदै आएका थिए। उनै सुनार आचरण विपरित काम गर्दिन भनेर कसम खाएको भोलिपल्ट साउन १८ गते एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा पक्राउ परे। 

चिनियाँलाई अपहरण गरेको आरोपमा उनीसहित ६ जना पक्राउ परेका थिए। ती मध्ये दुईजना प्रहरी हुन्। न्यायाधीशका ‍पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) हवल्दार गोरखा आरुघाट गाउँपालिका–७ घर भइ काठमाडौं रानीबारी बस्दै आएका २७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखाको सिरानचोक–५ घर भइ काठमाडौं धापासी बस्दै आएका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भइ काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय रोहित भनिने पूर्णबहादुर पुलामी मगर, प्यूठानको प्यूठान नगरपालिका–८ घर भइ मित्रनगर नै बस्ने २८ वर्षीय विशाल मगर तथा नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भइ काठमाडौं बानियाँटार बस्ने २७ वर्षीय बिनोद केसी पनि पक्राउ परेका थिए।

Ncell 2
Ncell 2

यो समूहले काठमाडौं लाजिम्पाटबाट एक चिनियाँ नागरिक याङ याङलाई अपहरण गरेर बन्धक बनाउँदै एक करोड रुपैयाँ फिरौती माग गरेको थियो। अपहरणमा परेका चिनियाँलाई बुधबार राति १० बजे प्रहरीले उद्दार गरेको थियो।

chiniya nagarik aparahan prakaran1659607813.jpg

३ वर्ष जेल बसेर फेरि अपहरण, उपनाम मात्रै ६ वटा
चिनियाँ नागरिक याङलाई अपहरण गरेको आरोपमा पक्राउ परेका मध्ये लक्ष्मण गुरुङ यसअघि पनि अपहरण घटनामा जेल परेको पाइएको छ। २०७१ सालमा नुवाकोट घर भइ काठमाडौं बस्दै आएका हिमालराज गिरी र पशुपतिदेवी पाण्डेलाई अपहरण गरेको आरोपमा लक्ष्मणविरुद्ध मुद्दा चलेको थियो। 

त्यतिबेला उनी तीन वर्ष जेल बसेर छुटेको पाइएको छ। त्यतिबेला लक्ष्मणको समूहले पाण्डे र गिरीलाई फोन गर्दै आफू डन रहेको र मागेजति रकम नदिए अपहरण गर्ने भन्दै धम्की दिँदै फिरौती असुल गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उक्त घटनामा उनी तीन वर्ष जेलसमेत बसेर छुटेको पाइएको छ। 

उनै लक्ष्मणले पाँच वर्षपछि फेरि चिनियाँको अपहरण गरेको खुलेको छ। अपहरण घटनामा जेल बसेर छुट्दै फेरि अपहरण आरोपमा पक्राउ परेका लक्ष्मणको उपनाम मात्रै ६ वटा रहेको पनि खुलेको छ। लक्ष्मण आफ्नो परिचय गराउँदा भने अन्य विभिन्न नामबाट गराउने गर्थे। उमेश गुरुङ, सोनी गुरुङ, सुजन गोर्खे, सुदन गोर्खे, सुजन लामा र जोनी जस्ता उपनामले उनी चिनिने गरेको परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए। 

चिनियाँ विरुद्धको अपरेशनपछि मालामाल बन्ने पीएसओको दाउले पुर्‍यायो हिरासत
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अहिले अपहरणमा परेका चिनियाँ नागरिक याङले पनि नेपालमा कल सेन्टरको धन्दा चलाएको खुलेको छ। लाजिम्पाट, रानीबारी क्षेत्रमा अफिस खडा गरेर धन्दा चलाएका चिनियाँ नागरिक याङको बारेमा धेरै सूचना पीएसओ कर्णबहादुर गुरुङसँग थियो। रानीबारी मै बस्ने भएकाले अपहरणमा परेका चिनियाँ नागरिक याङको गतिविधिबारे कर्णबहादुर जानकार थिए।

तीनकुने र ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा हानेपछि याङले पनि सुरक्षित ठाउँ खोज्दै सामानहरु सारेको पीएसओ कर्णबहादुरले देखेको अनुसन्धानबाट खुलेको छ। 
‘चिनियाँविरुद्ध प्रहरीले अपरेशन चलाएरपछि अवैध काम गरेका याङले पनि आफ्नो अफिस छाडेर अन्यत्र सामान सारेको पीएसओले देखेका रहेछन्। यही मौकामा प्रहरी हौं नत्र पक्राउ गर्छौ भन्दै धम्क्याइयो भने राम्रै दाम आउने लोभमा अपहरण गरेको देखियो’ एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई भने।

सोही अनुसार पीएसओ कर्णबहादुरले आफ्ना साथी तथा बालाजु वृत्तका घुमुवा शिव सुनारलाई योजना सुनाएको खुलेको छ। त्यसपछि शिवमार्फत् नै यसअघि समेत अपहरण घटनामा जेल बसिसकेका लक्ष्मणसहित ४ जना चिनियाँ अपहरण घटनामा जोडिएको खुलेको छ।

यो ६ जनाको समूहले सुरुमा चिनियाँ दोभाषे सूर्यबहादुर राईलाई नियन्त्रणमा लिएर कार्यालय सारेको ठाउँ देखाउन लगाएका थिए। सूर्यलाई नै लिएर चिनियाँको कोठामा पुगेका उनीहरुले घुमुवा शिवले ल्याएको हत्कडी लगाउँदै चिनियाँ नागरिक याङलाई अपहरण गरेको अनुसन्धानबाट खुलेको छ। 

अपहरण गरेर काठमाडौं मित्रनगरस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एन्ड लजको कोठा नम्बर १०३ र १०४ मा चिनियाँलाई राखिएको थियो। त्यसपछि उनका साथीलाई फोन गरेर १ करोड फिरौती माग गरेपछि चिनियाँका साथीले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएपछि प्रहरीले अपरेशन गरेर ६ जनालाई पक्राउ गरेको थियो। उनीहरुमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

चिनियाँ नागरिक अपहरण घटना : दुई प्रहरीसहित ६ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

लैनचौरबाट एक चिनियाँको अपहरण गरी एक करोड फिरौती माग, ६ नेपाली पक्राउ

चिनियाँ नागरिक अपहरण घटना : न्यायाधीशकै पीएसओको संलग्नताप्रहरीकै पेस्तोल ताक्दै काठमाडौंमा चिनियाँ नागरिकको अपहरण, घुमुवा र पिएसओसहित ६ जना सार्वजनिक

प्रहरीकै पेस्तोल ताक्दै काठमाडौंमा चिनियाँ नागरिकको अपहरण, घुमुवा र पिएसओसहित ६ जना सार्वजनिक

दोभाषेलाई नियन्त्रणमा लिएर अपहरण, ५० लाख लिन जाँदा ६ अपहरणकारीको हातमा लाग्यो हत्कडी
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
आजको मौसमः पहाडका केहि भागमा बदली, मुख्यतया मौसम सफा रहने सोमबार, जेठ २६, २०८२
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्