• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा अनारका रंगहरुमा लुकेको दृश्य–काव्य
64x64
युवराज भट्टराई शनिबार, साउन २१, २०७९  १४:२४
1140x725

‘यो संसारका रंगहरु र सुगन्धबाट
मेरो बाल्यकालले कविको एउटा गीत बनायो
र त्यो गीत मलाई प्रस्ताव गर्‍यो।’ 

गलैंचा धोइरहेका महिलाहरु। रंगीचंगी पोसोकमा सजिएर तान बुनिरहेका महिलाहरु। रंगमा डुबाएर पखालेपछि भुइँमा पछारिँदा कपडाबाट चुहिरहेका रंगहरु। कपडालाई तातोपानीबाट झिकिरहेका पुरुषहरु। उनीहरुका बीच उभिएको एउटा बालक। जो यी दृश्यहरुका बीचमा अन्तर्य खोजिरहेको छ। आफ्नो वरिपरि फरक फरक भावभंगी र अनुभवसहित उभिरहेका मानिसहरुबीच त्यो बालक आफू बेग्लै संसारको ‘व्यक्ति’ अनुभव गरिरहेको छ। युद्धकालीन बंकरहरुमाथि सुकाइएका गलैंचाहरु उठाएर डोबभित्रको दृश्य चिहाइरहेको छ। बंकरभित्र चलिरहेको मसाजका दृश्यहरुसँगै वरिपरि फरक फरक कुराहरु राखिएका छन्।

‘हामी एकअर्कामा
आफैंलाई
खोजिरहेका थियौं’

पार्श्वबाट कुनै कविताको हरफ सुनिन्छ।यी दृश्यहरु सन् १९६८ मा आएको सोभियत फिल्म ‘द कलर अफ पोमिग्रेनेट्स’का दृश्यहरु हुन्। भन्नलाई त सोभियत निर्देशक सेरगै पाराजानोभको यो फिल्मलाई १८औं शताब्दीका आर्मेनी कवि सयात नोभाको जीवन बारेको फिल्म भनियो। नोभा संगीतकार, गीतकार र कवि थिए। उनको कल्पनाको दायरा र उनले उन्ने शब्दहरुका कारण उनलाई ‘गीतहरुको राजा’जस्तो परिचय दिइएको थियो। तर, पाराजानोभको फिल्ममा नोभाको जीवनको घटनाक्रमको चित्रण थिएन। थियो त केवल नोभाले कल्पना गरेको संसारको दृश्य। उनले कवितामार्फत् प्रस्तुत गरेको आफूलाई निर्देशक पाराजानोभले दृश्यभाषामा रुपान्तरण गरेका थिए यसमा। आर्मेनी संगीत हुँदै संस्कृतिदेखि नोभाको कविताको अन्तर्यलाई सिनेमामा प्रस्तुत गरिएको थियो। 

The_Color_of_Pomegranates_Director1659767681.jpg
निर्देशक सेरगै पाराजानोभ

पार्श्वमा संगीतका धुनहरु सुनिन्छन्। दृश्यमा फरक फरक रंगहरु पोखिन्छन्। फरक फरक मानिसहरु दृश्यमा देखिन्छन्। फरक फरक प्रसंगमा काव्यिक दृश्यहरुमार्फत् व्यक्तिगत र सांस्कृतिकसँगै दार्शनिक पक्षहरुको कथन देखिन्छ। संवाद बिनाका फिल्मका दृश्यहरुले १८औं शताब्दीका कवि नोभाको जीवनका अंशहरुलाई देखाउँछन्। बाल्यकाल, युवावस्था, सपना, बृद्धावस्था, मृत्युलगायतका अंशहरु कवितामाजस्तै गरि दृश्यमार्फत् पोखिन्छन्। 

संवादविहीन दृश्यहरुमा बेलाबखत नोभाले लेखेका कवितामा भएका भावहरु बुझाउने हरफहरु सुनिन्छन्। तर, संवादको माध्यमबाटभन्दा बढि दृश्यमा देखिन्छन्। बेलाबखत ‘भ्वाइस ओभर’मार्फत् कवितामा उनिएका दर्शक र सौन्दर्यलाई बुझाउने हरफहरु सुनिए पनि फिल्मभर नै उनका कविताभित्र कल्पित दुनियाँको चित्रण देखिन्छ। नोभाले कवितामा कल्पना गरेको संसारलाई फिल्ममा दृश्य भाषामार्फत प्रस्तुत गरिएको छ। 

पाराजानोभको यो दृश्य–काप्यमासोफिको च्याउरेली, मेल्कोन एलेक्सन्यान, भिलेन गल्स्त्यान, जियोर्जी जेगेचोक्री लगायतका कलाकारहरु पात्रको भूमिकामा छन्।

फिल्ममा प्रस्तुत भएका कविताहरु सयात नोभाका होइनन्, बस उनका साहित्य सिर्जनाकै भाव बोक्ने हरफहरु हुन्। धेरै माझमा यी कविताहरु नोभाकै हुन् भन्ने छ। तर, सेन्सरका कारण फिल्मबाट नोभासँग सम्बन्धित सम्पूर्ण कुराहरु हटाउनु परेको थियो। कविता पनि।

फिल्ममा लेखिएका यी हरफहरु चर्चित आर्मेनी लेखक ह्रान्त माटेभोस्यानले लेखेका थिए। तर, यी काव्यिक हरफहरुले बोकेको सौन्दर्य र भाव भने नोभाले नै लेखेका कविताहरुकेन्द्रित हुन्। फिल्ममा प्रयोग भएका शब्दहरु उनले उनेका होइनन्, तर शब्दहरुमा बुनिएको संसार र कल्पिएको सौन्दर्य भने नोभाकै काव्यिक धरातलमा आधारित हो।

Ncell 2
Ncell 2

The_Color_of_Pomegranates_21659767682.jpg

प्रसंगका लागि फिल्मभित्र प्रस्तुत एक कविता र त्यसमाथि निर्देशकले गरेको दृश्यांकनलाई लिउँ–

‘तिमीले हामीलाई त्यागेर गयौ
तर, हामी जिउँदाले तिमीलाई 
‘कोकुन’मा बेरिदियौ
त्यसैले, तिम्रो नयाँ दुनियाँमा 
तिमी पुतली झैं बाहिर निस्किने छौ।’

पार्श्वमा कविताका यी हरफहरु सुनिन्छन्। दृश्यमा एक शरीरलाई रंगीन कपडाले बेरिएको हुन्छ। कवितामा जस्तै मृत्युलाई अंगालेर गएको मानिसको आगामी यात्राको कल्पना गरिएको दृश्य फिल्मका निर्देशक पाराजानोभले देखाएका छन्। रंगीन कपडाले भरिएको लासलाई सामुन्ने राखेर एक मानिस विलौना गरिरहन्छ। हातमा केही लेखिएको कागजात बोकेर उसका सामुन्ने हुरी चल्छ, मृत्युको पुकारका रुपमा। तर, साँझपछिको बिहान हुने पक्काजस्तै मृत्युलाई पनि ‘कोकुन’मा बेरिएको ‘लारभा’का रुपमा कल्पना गर्दै निर्देशक पाराजानोभले भोली पुतली भन्ने आकांक्षालाई प्रस्तुत गरेका छन्।

००००

सयातको काव्यिक कल्पनामाथि निर्देशक पाराजानोभले गरेको दृश्य कल्पना आफैंमा हेर्नेका लागि सुन्दर अनुभव हो। कलाभित्र अर्थ वा तात्पर्य खोज्ने नभएर कलालाई महसुस गरिनुपर्छ भन्ने मान्यता र भावलाई पनि नोभाका कविताजस्तै पाराजानोभले तीमाथि गरेको कल्पनाले सहायता गर्छ।

फिल्मको सुरुवातमा रगताम्य भइरहेका अनारहरु देखिन्छन् दृश्यमा। सेतो कपडामा माथि राखिएका छन् अनारहरु। तीन अनारबाट बग्छ रगत। पुस्तकका अक्षर र पानाहरुले दृश्यलाई विषयान्तर गर्छन्। पार्श्वमा काव्यिक हरफहरु सुनिन्छ। दृश्यमा फरक फरक ‘प्रप्स’हरुमार्फत् रातो रगतको चित्रण गरिन्छ। सेतो कपडामा राखिएको चक्कुदेखि अंगुर थिचिरहेका खुट्टाहरुबाट बगिरहेका रगतहरुले नोभाको काव्यिक कल्पनाभित्रको संसारमा पुर्‍याउँछन् दृश्य हेरिरहेका दर्शकका लागि। 

The_Color_of_Pomegranates_11659767682.jpg

सिनेमाको सुरुवातमा कवि नोभाको बाल्यकालको दृश्यांकन छ। तर, बाल्यकालको घटनाक्रम नभएर नोभा आफूले आफ्ना शब्दहरुमा बुनेको बाल्यकालको दृश्य। कुनै कोठाभित्रको दृश्यमा पुस्तकहरु सजिएका र्‍याकहरु देखिन्छन्। सँगै देखिन्छन् नजिकैको भित्ताबाट सोसिएर बगिरहेको पानीका थोपाहरु। एक बालक यी दृश्यहरुलाई असहज शैलीमा उभिएर हेरिरहन्छन्।

भिजेका यी पुस्तकहरुबाट पानी चुहिन्छ। केही मानिसहरु भिजेकै कपडा लगाएर घामको पखाई गर्दै यी पुस्तकहरुलाई सुकाउन निस्किन्छन्। नोभाको विचार र कल्पनाले भन्छ– पुस्तकहरु राखिनुपर्छ र पढिनुपर्छ। पुस्तकभित्र आत्मा लुकेको हुन्छ। पुस्तक बिनाको संसार भनेको केही नभएको संसार हो।

यी भिजेका पुस्तकहरु कविको बाल्यकालको चित्रण गर्न अभिनय गराइएका पात्रले बोकेर घरका छतहरुमा सुकाउन निस्किन्छन्। आकाशमा मडारिरहेका बादलहरुबीच छतमा सुकाइएका पुस्तकहरु रोइदिन्छन्। हावाको बहावसँगै पल्टिएका पुस्तकका पानाहरुको ध्वनी उनीहरुको रोदनको आवाज स्वरुप देखिन्छ। रोइरहेका पुस्तकहरुका बीच एक बालक चुपचाप तिनीहरुलाई नियालिरहन्छन्।

कवि नोभाले आफ्नो बाल्यकालमा शब्दहरुप्रति राखेको स्नेह र पुस्तकहरुप्रति गरेको प्रेम यी दृश्यमार्फत् निर्देशक पाराजानोभले कल्पिएका छन्। आधार तिनै कविताहरु हुन्, जुन बुनिएका थिए नोभाले लेखेका शब्दहरुमा। तर, दृश्यभाषामा प्रस्तुत हुँदा यी शब्दहरुको दायरा झन् फराकिलो भएको महसुस हुन्छ। बाल्यकालमा कविको कल्पनाशीलता भित्रको संसार यी दृश्यहरुमा पोखिएका छन्।

००००

अर्मेनिया कुनै बेला सोभियतकै भाग थियो। इतिहासका पानाहरुमा कयौं घटनाहरु अटाएनन्, संस्कृतिदेखि संगीतहरु हराएर गए। गाइने गीतहरु, पढिने कविताहरु, र बजाइने बाजाहरु हराए। फिल्ममा यी कुराहरुलाई पुनः प्रस्तुत गर्ने प्रयास देखिन्छ। दृश्यहरु संवादविहीन भएपनि संगीत र पार्श्वमा मन्त्रझैं गाइएका गीतहरुले संस्कृति र परम्पराको अवषेशहरुलाई बोक्छन्।

तर, पाराजानोभको काम धेरैलाई मन परेको थिएन। नोभाको जीवनमाथि असाधारण रुपमा गरिएको चित्रण र काव्यिक धारमाथि तत्कालीन सोभियत शासक र कम्युनिस्ट पार्टीहरुले प्रश्न उठाएका थिए। सर्वसाधारणलाई कविको जीवनबारे बुझाउनुको सट्टा फिल्मलाई असहज र बुझ्न कठिन बनाएको आरोप उनीमाथि लागेको थियो। 

निर्माणका क्रममा ‘सयात नोभा’ रहेको फिल्मको नामलाई पछि परिर्वतन गरियो। नयाँ नाम बन्यो, ‘द कलर अफ पोमिग्रेनेट्स’। फिल्ममा भएका नोभासँग सम्बन्धित सबै अंशहरुलाई निकालियो। फिल्ममा रहेका उनले लेखेका कविताहरु हटाइयो। जसकारण उनकै कविताको भाव बोक्ने शब्दहरु लेख्न आर्मेनी लेखक ह्रान्ट मातेभोस्यानलाई लगाइएको थियो।

फिल्मको सार्वजनिक प्रदर्शन भएको पहिलो अंशमा कति दृश्यहरु समेटिए र कति काटिए भन्ने कुनै अभिलेख पनि रहेन्। धार्मिक बिम्बदेखि सांस्कृतिक बिम्बहरुमाथि सत्ता र कम्युनिस्ट पार्टीको कैंची चलेको थियो। सन् १९६९ मा फिल्म अर्मेनियामा पहिलोपटक प्रदर्शन भयो, जति बेला यो केवल ७७ मिनेट देखाइयो।

धेरै समयसम्म फिल्म सोभियत संघभित्रै सीमित रह्यो। सन् १९७३ मा फिल्मका निर्देशक पाराजानोभ जेल परेका थिए। त्यसैको सेरोफेरोमा उनका फिल्महरु पश्चिमा देशमा पनि परिचित भएका थिए। उनले सिनेमामा प्रयोग गर्ने शैली र काव्यिक धारले चर्चा पाएको थियो विश्वभरका फिल्मकर्मीहरुमा। पाराजानोभलाई जेल चलान गरिएको ३ दिनपछि रसियन फिल्म निर्देशक आन्द्रेई ताक्रोब्स्कीले युक्रेनको कम्युनिस्ट पार्टीलाई चिठ्टी लेख्दै उनको रिहाइका लागि माग गरे। पाराजानोभको सिनेमाले विश्वभरलाई नै प्रभाव पारिरहेको  र उनको कलाको सम्मानमा त्यो पत्र थियो। लगत्तै विश्वभरका सिनेमा निर्देशक तथा कलाकारहरुसँगै लेखक लगायतले पाराजानोभको पक्षमा आवाज उठाए। यसरी आवाज उठाउनेमा रोबर्ट डि निरो, फ्रान्सिस फोर्ड कपोल्ला, मार्टिन स्करसेजी, मिखायल भारतानोभलगायतका थुप्रै फिल्मकर्मीहरु थिए।

तर, जेलबाट छुटेपछि पाराजानोभले फिलम बनाउन पाएनन्। सत्ताले गरेको सेन्सरका कारण उनले आफ्नो दृश्यभाषालाई निरन्तरता दिन सकेनन्। बरु, उनले सिनेमाभन्दा बाहिरका कलात्मक क्षेत्रहरुमा सक्रियता बढाएका थिए।

जेलबाट छुटेपछि पाराजानोभले सिनेमा बनाउन त छाडे। तर उनको सिनेमाको विस्तारमा भने कम भएन। 

सन् १९८० मा रोट्रड्याम फिल्म फेस्टिभलमा पाराजानोभको यो फिल्म हेरेपछि फ्रान्सेली फिल्म समीक्षक तथा विश्लेषक सेर्गे डेनीले फिल्म हेर्नका लागि नयाँ क्षेत्रको कल्पना दर्शकले गर्नुपर्ने बताए। उनले भनेका थिए, ‘पाराजानोभको यो एकदमै पुरानो फिल्म अहिलेसम्म थाहा भएकोभन्दा फरक छ। फिल्म हेर्दा अहिलेसम्म थाहा नभएको फिल्मको जन्रको कल्पना गर्नुपर्छ, त्यो हो हेजियोग्राफी।’

The_Color_of_Pomegranates_31659767681.jpg

पाराजानोभको ‘द कलर अफ पोमिग्रेनेट्स’का जीवनीको असाधारण रुपमा हुने चित्रणको सुरुवाती फिल्म मान्नुपर्ने डेनीको भनाइ थियो। बिना कुनै प्रसंग यो फिल्म हेर्न बस्ने हो भने दर्शकले फिल्ममा देखाइएका दृश्यहरुबारे केही थाहा पाउन सक्दैनन्। आफूले हेरिरहेको कुरा के हो भन्ने उनीहरुले बुझ्न कठिन छ। तर, प्रसंग बुझ्ने हो भने फिल्मले अर्मेनी संस्कृतिले जीवित हुन गरेको संघर्षदेखि कम्युनिस्ट विचारधारामाथि गरेको प्रश्न सम्मका पक्षहरु देखिन्छन्।

एउटा तठस्थ कथाको खोजीमा भौतारिरहेका दर्शक र समीक्षकहरुका लागि पारानोभको यो ‘मास्टरपिस’को खास अर्थ नहोला। तर, कतिपय सिनेमा दृश्यभाषासँग दर्शकलाई साक्षात्कार गराउने किसिमले पनि निर्माण भएका हुन्छन्, जसमा कथा नभएर दृश्यको भाव भेटिन्छ। दृश्यभित्रको दर्शन भेटिन्छ। त्यो भाव र त्यो दर्शनलाई साक्षात्कार गर्नुको अनुभव र त्यसले आजसम्म विस्तार गरेको दायरा धेरै फराकिलो छ। यो फराकिलो दायराबाट प्रभावित भएर सन् १९९५ मा गायिका म्याडोनाको गीत ‘बेडटाइम स्टोरी’को भिडियोदेखि २०२० मा सार्वजनिक भएको लेडी गागाको ‘नाइन वान वान’सम्म पर्छन्।

सपनाको कथनदेखि अतियर्थाथवाद (सररियलिजम) सम्मका पक्षहरुमा धेरैलाई प्रभावित गरेको छ पाराजानोभको ‘द कलर अफ पोमिग्रेनेट्स’ले। आधुनिक सिनेमा र कलाहरुमा ती प्रभावहरु धेरै ठाउँमा देखिन्छन्।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ? एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। शुक्रबार, जेठ २३, २०८२
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्