• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
सन्दर्भ : धान दिवस ३७ वर्षअघि चामल निर्यात गरेको नेपालमा अहिले आयातको भर
64x64
धनु विश्वकर्मा बुधबार, असार १५, २०७९  ०९:४५
1140x725
तस्बिर : रासस

काठमाडौं— चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ५४ करोड ३८ लाख ३८ हजार ४३१ केजी धान आयात भएको छ। यसका लागि करिब २९ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबर खर्च भएको छ।

गत वर्ष पहिलो ११ महिनामा नै २८ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो। त्यसैगरी १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको धान आयात भएको थियो। कृषिप्रधान देश भनिएको नेपालमा धानलगायत कृषिजन्य उत्पादनको आयात बढ्दो छ।

यही मेसोमा आज (बुधबार) १९औँ धान दिवस मनाइँदैछ। सन् २००४ (२०६१ साल) मा नेपाललगायत विश्वका ४३ देशले संयुक्त राष्ट्रसंघलाई त्यस साललाई ‘धान वर्ष’ घोषणा गर्न माग गरेका थिए। नेपालले त्यसअघिदेखि नै असार १५ गते धान दिवस मनाउन थालेको हो। यो दिन दही चिउरा खाने परम्परा पनि छ। 

तर, धान दिवस मनाए पनि उत्पादन नबढ्दा त्यसको औचित्य प्रमाणित हुन नसकेको कृषिविज्ञ डा.कृष्ण पौडेल बताउँछन्। खेत बाँझै हुँदा धान उत्पादन बढ्न नसकेको उनको भनाइ छ। 

उत्पादन नबढ्नुमा धानको बीउ र मल प्रमुख कारण रहेको उनी बताउँछन्। ‘वर्षा सुरु भयो, यो धान रोप्ने बेला हो। धान कृषकहरुलाई मल दिनुपर्छ भन्ने जानकारी सरकारलाई छैन र?’ डा. पौडेलले भने, ‘जब पर्‍यो राति... भनेजस्तै जब बर्खा लाग्छ, अनि मात्र मलको कुरा आउँछ।’ 

२५ वर्ष निर्यात, ३७ वर्षदेखि लगातार आयात
सन् १९६० को दशकमा नेपाल धान र चामलको निर्यात गर्थ्यो। त्यति बेला भारत भने धान र चामल नै आयात गर्थ्यो। सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन धान र चामल आयात गर्दा नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको डा. राजेन्द्र उप्रेतीले जनाएका छन्। त्यस बेला उक्त परिमाणको चामलको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो। 

यो क्रम सन् १९८५ सम्म घट्दो क्रममा चलेको थियो। सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो। सन् १९९० को दशकमा आयात उकालो लाग्न थालेपछि नेपाल निर्यातकबाट धानचामल आयात गर्ने देशमा परिणत भएको डा. उप्रेतीले उल्लेख गरेका छन्।

हरेक वर्ष नेपालमा धान र चामलको आयात वृद्धि भइरहेको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७६/७७ मा गत आर्थिक वर्षभन्दा करिब १७ अर्ब रुपैयाँ कमको धान र चामल आयात भएको थियो। त्यस साल करिब साढे ३३ अर्ब रुपैयाँको आयात भएको देखिन्छ। त्यसैगरी २०७५/७६ सालमा करिब साढे ३२ अर्ब रुपैयाँको धान र चामल आयात भएको थियो।

Ncell 2
Ncell 2

पूर्व कृषि सचिव डा. सुरज पोखरेल धान चामल आयात बढ्नुमा सरकार मात्र नभइ किसान र उपभोक्ताको पनि कमजोरी देख्छन्। कृषक व्यावसायिक नभएका कारण उत्पादन घटेको उनी बताउँछन्। डा. पोखरेल भन्छन्, ‘आत्मनिर्भर हुने उत्पादन नभएपछि धानप्रतिको मोह भंग भएको छ।’

उत्पादित धानको समुचित वितरण पनि नभएको उनको भनाइ छ। ‘तराईका जिल्लामा उत्पादित धान भारत जान्छ। भारतबाट फेरि नेपाल आएर महंगोमा बिक्री हुन्छ।’ 

उत्पादन कम भए पनि यातायात सञ्जाल बढ्दा धान देशैभरि पुग्ने गरेको र उपभोग पनि बढेको डा. पोखरेल बताउँछन्। ‘हिजो कोदो खाने, मकै खाने, गहुँ खाने सबैले आज धान नखाइ नहुने भएको छ। उत्पादन बढेको छैन, तर उपभोग बढेको कारण आयात बढी भएको हो,’ उनले भने, ‘मल र बीउ उत्पादनसँग जोडिएको विषय हो।’

हामीले दैनिक खानपानमा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ। अहिले आयात गरिरहेको धान नेपालमा उत्पादन गर्न सकिने, तर त्यसका लागि खेतबारी बाँझो राख्न नहुने उनले बताए।

सरकारले सन् २०१३ देखि कृषिलाई प्राथमिकता दिँदै आएको छ। तर, नतिजा भने उल्टो भएको डा. पोखरेल बताउँछन्। अब खाद्य संकट हुनसक्ने भन्दै त्यसलाई टार्न सरकारले नै तयारी गर्नुपर्ने उनको भनाइ छ।

कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराज शर्मा तीन कारणले धानको आयात बढेको बताउँछन्। उनका अनुसार खाना खाने ‘खराब’ बानीका कारण पनि चामलको आयात बढेको हो। ‘नेपालमा मोटो चामलको उत्पादन हुन्छ। उपभोक्ताले मसिनो चामल खोज्छन्। जसकारण आयात बढ्छ।’ भारतबाट धेरै मसिनो चामलको आयात हुने उनी बताउँछन्।

त्यसैगरी मोटा चामल तराईका जिल्लाबाट भारत जाने, तर भन्सार विभागसँग भारतबाट धान चामल आयात गरेको अभिलेख मात्र हुने गर्छ। निर्यात भएको धानको अभिलेख नभएको उनको भनाइ छ।

तेस्रो चाहिँ, नेपालमा उत्पादकत्व घटेको उनले बताए। ‘जनसंख्या बढ्दो छ। समयमा कृषकले मल पाउँदैनन्। भूगोल अनुसारको बीउ उपलव्ध नगराएका कारण आयात दिन प्रतिदिन बढ्दो छ।’

आयात घटाउन नीति परिवर्तन आवश्यक : शर्मा
कृषि विभागका पूर्वमहानिर्देशक शर्मा धान आयातको समस्या समाधान गर्न सरकारले नीति परिवर्तन गर्नुपर्ने बताउँछन्। समयमा कृषकको खेतमा मल पुर्‍याउने राज्यको दायित्व भएको उनको भनाइ छ। कृषिलाई प्रविधिमैत्री बनाउनु पर्ने पनि उनले बताए। 

त्यस्तै कृषिविज्ञ कञ्चनराज पौडेले उत्पादनमा राज्यले नै जोड दिनुपर्ने बताउँछन्। बजारमा नयाँ प्रजातिका बीउबिजन आएको हुनाले सरकारले त्यसलाई कृषकसम्म पुर्‍याउनु पर्ने उनको भनाइ छ। नागरिकले खाने बानी पनि परिवर्तन गर्नुपर्ने उनले बताए। ‘भातको विकल्प अरु खाना प्रवर्द्धन गर्नुपर्छ। खानाका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने।

सरकारले २०७९/८० को बजेट भाषणमा कृषिलाई प्रथामिकतामा राखेको छ। कृषि उत्पादनका लागि उपलब्ध जमिन, हावापानी, बजारको सदुपयोग गर्दै कृषि उत्पादनमा तीव्रता ल्याउन किसानहरुका लागि कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालिम, ढुवानी एवं बजार व्यवस्थापनलगायतमा सहजीकरण गरिने बजेटमा उल्लेख छ। कृषि क्षेत्रमा लाग्नेलाई प्रेरित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई निरन्तरता दिइने पनि उल्लेख छ।

त्यस्तै, आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न प्रभावकारी नीति लिइने बजेटको व्यवस्ठा छ। कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न हुने गरी वस्तु उत्पादन गर्ने उद्योगलाई स्वदेशी उत्पादन अभियानमा सहभागी गराइ प्रोत्साहन गरिने पनि उल्लेख छ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ : रामनाथ अधिकारी मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको... शनिबार, जेठ २४, २०८२
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्