• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
हामी देउता नभएको मान्छे
64x64
धनु विश्वकर्मा शनिबार, असार ४, २०७९  १६:००
1140x725

असार बल्ल टेकेको छ। तर, दिनहरू भने भदौरे भेलजस्तै भएका छन्। घामले लुकामारी खेलिरहन्छ। बाढिपहिरोको समाचारले सामाजिक संजालको टाइमलाइन छपक्कै छ।

यस्तैबेला सामाजिक संजालमा केही जनप्रतिनिधिलाई राष्ट्रगान गाउन लगाउँदै ‘नजानेको’ भनेर खिल्ली उडाएको भिडियो भाइरल भयो। एक जना टीभी रिपोर्टरले केही जनप्रतिनिधिलाई यसरी ‘अराष्ट्रवादी’ बनाए।

तर, म यो असहज समयमा पढ्दैछु उन्मुक्त पुस्ताका कवि हरिशरण परियारको कवितासंग्रह– कैँची। हुन त यो कृति विमोचन हुनेबित्तिकै सर्सर्ती पढेको हुँ। तर, कलेजको परीक्षा मुखैमा थियो। त्यसैले परीक्षा सकाएर फेरि पढेँ।

माथिको घटनाले पनि यो कविताकृतिबारे लेख्न प्रेरणा जाग्यो। के यो देश राष्ट्रगान गाउन नजान्नेहरूको होइन?

‘कैँची’को विमोचन गएको जेठ १५ गते भएको हो। त्यो दिन १५ वर्षअघि एकल शासकीय प्रणाली हटाएर समानुपातिक समाबेसीसहितको संघीय गणतन्त्र घोषणा गरिएको थियो। अनि त्यसको एक हप्तापछि जेठ २१ मा नेपालगन्जमा सेतु विकको सालिक ढालिएको थियो। सालिक ढाल्नु संयोग मात्र थिएन, परिवर्तन मन नपराउनेहरूले गरेको कर्तुत थियो। तर, यस्तै प्रतिगमनकारी कदमबाट आन्दोलनको ज्वाला दन्कन्छ। उत्पीडनविरुद्ध संघर्ष हुन्छ। त्यही संघर्षको प्रतीक बनेर आएको हरिशरण  परियारको कविताकृति। 

त्यसैले ‘कैँची’ विद्रोह हो। विद्रोहका कविता छन्। ती कविताले अहिले पनि शोषित र पीडितलाई आन्दोलित हुन आह्वान गर्छन्।

ललितपुरको शन्खमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चार विद्यार्थीलाई भर्ना लिन मानेन। यो समयले आन्दोलन माग गर्छ। सेतु विकहरूको सालिक ढल्दा पनि समयले आन्दोलनको माग गरेकै हो। हामीलाई समय सम्झाइरहेका कविताहरू पुस्तक हो कैँची।

सेतु विकको सालिक ढलेको दिन गएको जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको १६ वर्ष पुगेको छ। यो अवधिमा जातीय विभेदकै कारण तीन गैरदलितसहित ४४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये अधिकांश अन्तरजातीय प्रेम र विवाहको कारण भएको हत्या हुन्। यो डरलाग्दो तथ्यले भयभीत बनाएको छ। त्यसैले प्रश्न गर्नुपर्ने बेला आएको छ, ‘गणतन्त्र दुर्घटनामा त गइरहेको छैन?’ कवि हरिशरणको एउटा कविताको यही विषय उठाएको छ–
हे राजधानी!
तिमी, खै कसलाई साक्षी राखेर मनाइरहेछौ
गणतन्त्र दिवस
सहिदहरुको छातीजस्तो
सपाट टुँडिखेलभरि।
(दुर्घटित सपनाहरु र गणतन्त्र)

Ncell 2
Ncell 2

कविताको खास संरचना हुँदैन। बाँधिनु जरुरी पनि ठान्दिनँ। समाजको पिँधमा पिल्सिएको उत्पीडित समुदायको लागि कविता अभिव्यक्तिको स्वतन्त्रता हो। आगोको झिल्को हो। झिल्को सानो हुन्छ, तर त्यसको असरको आयातन भयानक हुन्छ। ‘कैँची’मा ४२ वटा कविता छन्। धेरै कवितामा आफैंमा जात व्यवस्थाविरुद्धका विद्रोह हुन्। कविता सरल पक्कै छन्, तर असामान्य छन्। 

जात व्यवस्थाले निम्त्याएको सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक र आर्थिक समस्यालाई यो पुस्तकले अझ प्रष्ट पारेको छ। कैँची केवल दर्जीको मात्र होइन, यो मधेसको नाइको पनि हो। त्यसैले कैँची उत्पीडनविरुद्धको प्रतीक हो।

कविले स्विकारेका छन् कि, प्रेमभन्दा बढी घृणा, मिठासभन्दा बढी तिक्तताको कथा भनेका छन्। मलाई यी कथा मात्र होइन, त्योभित्रका व्यथा सिङ्गो उत्पीडित समुदायका हुन्। उनले थपेका छन्, यी मेरा कविता आगोका आविस्कार हुन्।
म त देउता नभएको मान्छे 
सक्दिनँ भाक्न देउराली 
म त धर्मशास्त्र नभएको मान्छे
सक्दिनँ छुन कुनै ग्रन्थ
(भन्नु छ केही तिमीलाई कविताको हरफ)

प्रिय कवि, यो बिलौना म र हामी पुस्ताले अब गर्दै नगरौं। धर्मशास्त्रको ‘क्यान्सर’बाट जो जति ग्रसित बने बने, अब हामी अलिकति पनि प्रेरित नगरौं। अब नपाएको दुखेसो नपोखौँ। साहित्य उत्पीडित समुदायको हुन्छ। शासकको आत्मवृतान्त र भुईंमान्छेको उपन्यास लेखेर आँखामा छारो हालेको समाज हो यो। जितेको गाथा लेखेर हारेको कतै नलेखेको समाज हो। 
तिमीले मानेझैँ 
साइत पारेर 
हिडिसकेँ
कैँची, घन, मैरी, सारङी, राँबो, बेल्चा, गैँती...
सबै सबै– विद्रोहमा (विद्रोह)

हो, घरनजिकै कालुदाइको कतन्नुले वर्षौं भयो मेसिनसँग विद्रोह गरेको। उनले मुखमा माड लगाउनैका लागि पुस्तौंदेखि भयो विद्रोह गरेको। अंगे काकाको आफरले विद्रोह गरेको पनि धेरै भैसकेको छ। अब यो समाजको संरचनागत तहमा विद्रोह झोस्न ‘कैँची’ आएको छ। 
बा!
अब उठ्नुस्
आर्यघाटको चारपाटे चिताबाट
र
दिनुस् मलाई
वर्षौं पसिनालाई सिंचित
तपाईंको अस्थिपञ्जर
गालेर नवयुगको आरनमा
बनाउँछु नवीन हतियार
उभ्याउँछु विष्टहरुलाई कठघरामा
र
माग्छु एक माना बालीले 
तिर्न नसकेको
हाम्रा पुर्खाहरुको पसिनाको हिसाब
(पसिनाको हिसाब)

कोठालाई ‘कोटा’सँग तुलना गरेर बहस गर्ने यो शहरलाई ब्युँझाउन ‘कैँची’हरु जन्मिनुरहनुपर्छ। निकै लामो छ कविताको ज्यान। त्यसैले यो मुक्तिको श्वास भर्न कविता आवश्यक छन्। र, ती कविता कैँचीजस्तै हुनुपर्छ। 

वास्तवमै कैँचीमार्फत कविले ब्राह्मणवादी र पितृसतात्मक समाजलाई खुला चुनौती दिएका छन्। कैँची अब शासकको लाज ढाक्न प्रयोग गरिने साधन मात्र होइन। कैँचीले जोड्न पनि सक्छ र कविको भाषामा कैँची ‘अमानवीय’ भयो भने काट्न पनि सक्छ।
आज थाहा छ मलाई
अरुजस्तै अमानवीय बन्यो भने कैँची
काटिन सक्छ लाजको वस्त्र
काटिन सक्छ मानव तस्बिर
काटिन सक्छन् औँलाहरू
काटिन सक्छन् हातहरू
अनि, काटिन के बेर राष्ट्रिय झन्डा?
(कैँची)

भूमिकामा लेखक तथा राजनीतिज्ञ आहुतिले भने झैँ दलित समुदायमा जन्मिएर शिक्षाको अवसर पाउँदै, अझ कविका रुपमा समेत अगाडि आउनु हरिशरणका लागि निकै मीठो संयोग हो। नेपाली समाजमा जात व्यवस्था ढस्मस्स छ। यसैले उनका थुप्रै कविता जात व्यवस्थाविरोधी हुनु स्वाभाविक र स्वागतयोग्य छ। त्यसैले यी कविताले क्रान्तिकारीहरु र क्रान्तिकारी चेतना जन्माइरहने तागत राख्छन्।

सहिष्णुताको नाम दिएर समाज भाँडेको आरोप लाग्छ है कवि जि! तर तपाईंलाई डराउने छुट छैन। बरु अब कैँची मात्र होइन तपाईंहरु सियो बन्नुहोस्। सियोले थोरै आयतन ओगट्छ तर, गति हात्तीको खुट्टाभन्दा पनि गहिरो हुन्छ। त्यसैले विभेदको पुस्तान्तरण गर्नबाट रोक्न यस्तै साहित्यमार्फत आन्दोलन भैरहन जरुरी छ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्