• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नेपाललाई नै घर बनाएका ८५ वर्षीय 'पुतली बाजे'को उपचारमा सरकारको बेवास्ता  
64x64
धनु विश्वकर्मा बुधबार, असार १, २०७९  ०७:१२
1140x725
उपचारका लागि अस्पताल भर्ना भएका पुतली बाजेसँग शुभचिन्तकहरू। सबै तस्बिर सौजन्य : सुनिल उलक

काठमाडौं- 'पुतली बाजे' भनेर चिनिने ८५ वर्षीय कलिन स्मिथको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। पिसाबमा समस्या आएपछि उनको अहिले इन्टरन्याशनल नेपाल फेलोशिप (आइएनएफ) द्वारा पोखराको हरियोखर्कमा संचालित अस्पतालमा उपचार भैराखेको छ। 

उनी लामो समयदेखि बिरामी रहेको पोखरामै बसोबास गर्ने ऐतिहासिक फोटो तथा चलचित्र संकलक सुनिल उलकले नेपाल लाइभलाई बताए। कलिन पोखरा महानगरपालिकाको वडा नं. १८ ग्यारजातिमा बस्दै आएका छन्। उनले नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका थिए। 

को हुन् पुतली बाजे?
बेलायतमा जन्मिएका पुतली बाजेको खास नाम भने कलिन स्मिथ हो। उनी नेपालमा निकै लामो समयदेखि बस्दै आएका छन्।  पुतलीको संरक्षणमा लागेको हुनाले उनी ‘पुतली बाजे’ को नामबाट चर्चित छन्।  

पोखरा महानगरपालिका वडा नं. १८ ग्यारजातिस्थित कलिनको घर।

१९९३ मंसिर ९ गते लण्डन नजिकै जन्मिएका कलिन फिलिप स्मिथले टलिङ्गटन ग्रामर स्कुल, मस्वेल हिल, लण्डनमा विद्यालय शिक्षा पूरा गरेका हुन्। २०१५ असोजमा युनिवर्सिटी कलेज, लण्डनबाट गणित विषयमा एमएस्सी गरेका कलिनले  पढाइ पूरा गरेपछि ग्लास्गो युनिवर्सिटीमा पढाउन थाले। उनले पछि मिशनरीहरूद्वारा संचालित कलेजहरूमा पनि पढाए। यसरी मिशनरीको नजिक पुगेका उनलाई 'युनाइटेड मिशन टु नेपाल'ले पोखरामा खोल्न लागेको स्कुलमा पढाउन निमन्त्रणा गर्‍यो।

२०२२ माघमा पहिलो पटक पोखरा आएका कलिनले  केही महिना स्कुल स्थापनाको तयारीमा सहयोग गरे। नेपाली आदर्श विद्यालय (हाल गण्डकी बोर्डिङ स्कुल) सुरुमा  पानीट्यांकी नजिकै खोल्न खोजिएको थियो। यूएमएनका प्रतिनिधिले ठाउँ साँघुरो भएको बताएपछि लामाचौरमा खोलियो। 

उनी नेपाली आदर्श विद्यालयमा गणित र विज्ञान विषय पढाउनको लागी चुनिएका थिए। ३–४ महिनाको बसाइपछि अन्तत: जेठ २९, २०२३ मा ४५ विद्यार्थी छात्रावासमा बस्ने र स्थानीयको सहयोगमा  १२ विद्यार्थीलाई निशुल्क पढाउने गरी विद्यालय उद्घाटन भयो। 

श्रीमती मार्था मुखिया प्रिन्सिपल बनिन् भने कलिनले शिक्षकको रूपमा पढाउन थाले। स्कुल सञ्चालनको लागी स्थानीय समुदाय, साइनिङ हस्पिटल तथा युनाइटेड मिशन टु नेपालबीच समन्वय भएको थियो। मार्थाका साथ दुई वर्ष उनले नेपाली आदर्श स्कुलमा पढाए।

पछि उनी र यूएमएनबीच सम्बन्धमा व्यवधान आयो। यूएमएनले उनलाई पढाइ मात्र होइन धर्म प्रचार गर्न पनि अनुरोध गर्‍यो। तर, यो कुरा अस्वीकार गर्दै उनले 'म आफ्नो धर्म परिवर्तन गर्दिन अरूलाई पनि धर्म परिवर्तन गर्न लगाउँदिन’ भनेपछि यूएमएनले उनको भिसा थप्न सहयोग गरेन। जसले गर्दा बाध्य भएर उनी बेलायत फर्किए। 

Ncell 2
Ncell 2
संकलित पुतलीका साथ युवा कलिन।

लण्डन फर्किएको करिव ६ महिनापछि पुन: यूएमएनले नै गोरखाको लुइँटेलमा खुलेको अमरज्योति स्कुलमा उनलाई पठायो। त्यहाँ चार वर्ष जति पढाए। यही स्कुलमा उनका विद्यार्थी थिए, डा. बाबुराम भट्टराइ र डा. उपेन्द्र देवकोटालगायत। कलिनले उनीहरूलाई कक्षा ९ मा पढाएका थिए। त्यसपछि कलिन पढाउनका लागि काठमाडौंको आनन्दकुटी पुगे। आनन्दकुटीमा केही समय पढाएपछि उनको शिक्षण पेशामा अचानक ब्रेक लाग्यो।

उनका काका अर्नाल्ड टर्नर पुतली संग्रह गर्दै हिंड्थे। सानै हुँदा उनले आफ्ना काकाको पुतलीको संग्रह भएको दराज देखेका थिए। रङ्गीबिरङ्गी पुतली देखेर उनी निकै खुशी भएका थिए। १३ वर्षको हुँदा स्काउट सदस्यको रुपमा जंगल घुम्न जाँदा जंगलमा धेरै पुतली देखेपछि पुतलीसँग उनको प्रेम बस्यो। उनले पहिलो पटक काकालाई भनेर पुतली जम्मा गरे। 

यसपछि पढाइले गर्दा आफ्नो सौख पूरा गर्न पाएनन्। पोखरामा रहँदा उनको भेट 'पिस कर भोलन्टियर' डोरोथी मिरोसँग भयो। डोरोथी म्यूजियम बनाउने धुनमा थिए, दुइ जनाको कुरा मिल्य। पुतली बाजेले डोरोथीको म्यूजियममा पुतली संग्रह गरेर राखिदिने काम गरे। यसरी उनले पोखरामा भेटिएका केही पुतली संग्रह गर्न थाले । 

पुतली बाजे गोरखा पुगे, फेरि काठमाडौ स्वयम्भूमा रहेको आनन्दकुटीमा फर्के। त्यहीँ रहँदा पुतली बाजेको सौखको चर्चा सायद त्रिभुवन विश्वविद्यालयमा पुगेको थियो होला। त्यसैले जीव विज्ञानका प्राध्यापक डीआर उप्रेतीले एक दिन आफ्नो कार्यालय कीर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक विज्ञान संग्रहालय अन्तर्गत किट विज्ञान संग्रहालय बनाउन उनलाई आग्रह गरे।

नेपालका गाँउ गाँउ घुमेर पुतली संकलन
उनी पढाउन छोडेर त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरी नेपालका गाँउगाँउ घुम्दै पुतली जम्मा गर्न थाले। यो एउटा चुनौतीपूर्ण काम थियो र उनको रहर पनि। नभन्दै उनले ४० जिल्लाको भ्रमणपछि करिब २५ हजार पुतली संग्रह गरे। छुट्ट्याएर हरेकलाइ नामकरण गरे। नेपालमा पाइने ६६० प्रजातिका पुतलीमध्ये उनले करिव ५५० प्रजाति भेट्टाए। यसरी उनले ६ वर्षभित्रै पुतली संकलनका साथ त्यसलाई सुरक्षित रुपमा  प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे।

गण्डकी बोर्डिङ स्कुलका लागि प्राचार्य रविराज बराललाई संग्रहित पुतली हस्तान्तरण गर्दै कलिन।

यसपछि आफ्ना बुबा बिरामी भएको खबर पाएपछि उनी स्वदेश फर्कनु पर्‍यो। बिरामी बुबाको निधन भयो, आमा एक्लो भइन्। त्यसैले उनको हेरचाह गर्न उनी बेलायतमै बसे। बेलायतमा नै उनले पाँच वर्ष बिताए। 

त्यसपछि फेरि फर्केर पोखरामा डोरोथी मिरोको संग्रहालयको लागि काम  गर्न थाले। यसैबीच २०४२ माघमा उनकी आमाको पनि निधन भयो। तर पनि उनले पोखराको अन्नपूर्ण संग्रहालयको काम रोकेनन्। निरन्तर लागिरहे, अन्तत: २०५२ सालमा सम्पूर्ण पुतलीलाई व्यवस्थित गराएर संग्रहालयमा सजाए। आज यो संग्रहालयलाई दर्शकहरू माझ ‘पुतली संग्रहालय’ भनेर परिचित छ।

विश्वमा पाइने १७ हजार ५०० प्रजातीका पुतलीमध्ये  नेपालमा ६६० प्रजातिका पुतली भेटिएका छन्। नेपालका पुतली सम्बन्धी जति जानकारी पुतली बाजेलाई छ, सायद अरु कसैलाई पनि छैन। त्यसैले होला, अर्का किटविज्ञ डब्लुडब्लुएफ भुटानमा सल्लाहकारको रूपमा कार्यरत कलिनका मित्र पिट भान डेर पोयलले उनको जीवनी नै लेखेका छन्।

नेपालमै करिब पाँच दशक बिताइसकेका पुतली बाजेको नेपालमै अन्तिम सास फेर्ने धोको रहेको उलक बताउँछन्। निस्वार्थ रुपमा नेपालको जैविक विविधताको खोजी र संरक्षण गर्न उनले पुर्याएको योगदान अतुलनीय रहेको संरक्षणविद्हरु बताउँछन्। तर, अस्पतालको बेडमा एक्लै रहेका 'पुतली बाजे'को बारेमा न त स्थानीय सरकारले चासो राखेको छ, न त प्रदेश वा संघीय सरकारले नै। 

स्वास्थ्य लाभको कामना पुतली बाजे।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्