• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
माइतीघरमा माग : हदम्याद खारेज गर, कानुन व्यवसायी भन्छन्– हदम्याद लाग्दैन 
64x64
धनु विश्वकर्मा शनिबार, जेठ ७, २०७९  १६:०८
1140x725

काठमाडौं– शनिबार माइतीघर मण्डलमा चर्को घामको प्रवाह नगरेर कालो फेटा र हातमा पर्चा समातेर युवाहरू आन्दोलनमा उत्रिए। उनीहरू हालै सार्वजनिक भएको ८ वर्षअघिको एउटा घटनाकी पीडितलाई न्याय दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका थिए।  

संसद् घेरौं हदम्यादको कानुन बदलौं, बलात्कारीलाई सजाय दे, हिंस्रकहरू होसियार!, यस्तो थिति चाहिँदैन, नलडी हक पाइँदैन!, पुँजीवादी पितृसत्ता मुर्दावाद!, महिला शरीरको वस्तुकरण बन्द गर!, सुन्दरी प्रतियोगिता खारेज गर!, लड्न जुटौं, जितका लागि जुटौं! लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले विरोध प्रदर्शन गरे। 

के हो घटना? 
८ वर्ष पहिले एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौनहिंसा भएको दाबी गर्दै एक युवतीले हालै भिडियो सार्वजनिक गरेकी थिइन्। सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गरेकी थिइन्। उनले कार्यक्रमका आयोजकमध्येका एक जनाले आफूलाई जबरजस्ती करणीसमेत गरेको आरोप लगाएकी छिन्।

कार्यक्रम सकिएपछि एभरेस्ट होटलमा भएको पार्टीमा आफूमाथि हिंसा भएको उनको दाबी छ। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको हिंसाको घटनाबारे चर्चा सुरु भएको छ। उनले आफूले पटकपटक यौनहिंसा खेपेको दाबी गर्दै २० वटा भागमा भिडियो सार्वजनिक गरेकी छन्। 

सामाजिक सञ्जालमा चौतर्फी यसको बहस सुरु भएको छ। हदम्याद नाघिसकेको हुँदा पीडितले न्याय नपाउने कानुनमा देखिएपछि विभिन्न ठाउँमा न्यायको जनदबाबको लागि प्रदर्शन सुरु भएको छ। 

के भन्छन् प्रदर्शनकारी? 
हिजो शुक्रबार युवाहरूले बालुटावार घेरे। त्यस्तै, शनिबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। कानुनमा भएको हदम्यादलाई हटाउन र पीडितलाई न्याय दिनका लागि देशका अरु ठाउँमा पनि प्रदर्शन सुरु भएका छन्। 

राजनीतिकर्मी उषाकिरण तिमिल्सेना गम्भीर किसिमका घटनालाई न्याय दिनुपर्ने मत राख्छिन्। ‘अहिले जसरी हदम्यादको कुरा आएको छ। हदम्यादले पीडितलाई अन्यायमा पारेको छ। यसरी त कुनै पनि पीडित बोल्ने छैनन्। यस्ता घटना राजनीतिक दल पनि गम्भीर बन्नुपर्छ। चाहे त्यो कानुन संशोधन गरेर हुन्छ वा ऐन बनाएर हुन्छ। राज्य नै पीडितको संरक्षक बन्नुपर्छ’, उनले भनिन्, ‘नत्र यस्ता खालका घटना समाजमा मौलाउँदै जाने हो भने साना छोरी र सिंगो महिलाका पीडा दबाउने पक्कै छ।’

Ncell 2
Ncell 2

त्यस्तै, प्रदर्शनकारी मनोज पुरी भने नेपालको कानुन बलात्कार र यौन हिंसाका लागि  पर्याप्त नरहेको बताउँछन्। यो परिवर्तन हुन जरुरी रहेको उनी बताउँछन्। 

‘अहिलेको जुन कानुन छ, त्यो एकदम कम छ। यसले गर्दा पीडकलाई पृष्ठपोषण भएको छ। कानुनमा परिर्वतन र हदम्यादमा जुन एक वर्ष तोकिएको त्यसलाई हटाउनुपर्छ’, उनले थपे।

राजनीतिकर्मी रञ्जु दर्शना पनि यो हदम्यादलाई हटाउनुपर्ने बताउँछिन्। पीडितले जहिले पनि बोल्न सक्ने भन्दै त्यही अनुसार न्याय दिनुपर्ने बताइन्। ‘कानुन संशोधन गरेर यसमा फास्ट ट्रयाकको व्यवस्थाको कुरा उठेको ८/१० वर्ष भइसकेको छ। तर, यो कुरा मौन छ। अहिलेको कानुनले पीडितले यो समयमा भन्नुपर्छ भनेर पीडितलाई अन्याय गरेको छ’, उनले भनिन्, ‘कानुन नागरिकको सहजताका लागि हुनुपर्छ। नागरिकलाई असहज हुने कानुन संशोधन हुन जरुरी छ। त्यसैले यो कुनै महिलासँगको मात्र कुरा होइन। पीडित पुरुष पनि हुन सक्छ वा अन्य पनि हुनसक्छ।’ अहिलेकी युवतीले एक प्रतिनिधि पात्र मात्र भएको उनको भनाइ छ।

स्वास्थ्यकर्मी पुजा तामाङले पीडित युवतीको भिडियो हेरेपछि निदाउन नसकेको बताएकी छन्। उनले ब्युटी प्याजनमा गएको युवतीलाई ग्यालमर फिल्डको फाइदा उठाउँदै जघन्य अपराध भएको बताएकी छन्। यस्ता खालका घटनाले गर्दा घरबाहिर एक्लै हिँड्न मुस्किल भएको उनको चिन्ता छ। दोषीलाई कानुनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने उनको माग छ।  महिला हिंसा जुनसुकै क्षेत्रमा हुने गरेको उनको भनाइ छ। उनले मनोरञ्जन क्षेत्रजस्तै अरु क्षेत्रमा हुने गरेको बताएकी छन्। तर, अरु क्षेत्रको घटना बाहिर नआएको उनले बताइन्। 

के भन्छन् कानुन व्यवसायी? 
कानुनमा भएको हदम्याद खारेज गर्नुपर्ने माग उठिरहँदा महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मी भने पीडित वा पीडित परिवारलाई उजुरी दिन कुनै हदम्याद नभएको बताउँछन्। उनले सर्वोच्च अदालतका विभिन्न फैसलाहरूले पनि उजुरीका लागि बलात्कारजस्तो गम्भीर र संवेदनशील मुद्दामा हदम्याद भनेर अपराध अनुसन्धान रोक्न निमल्ने व्यवस्था गरेको उनले स्मरण गरे।

अधिवक्ता मीरा ढुंगानाले पनि यो मुद्दा अघि बढ्ने आधार भएको तर्क गर्छिन्। लामो समयदेखि महिला अधिकारको पक्षमा वकालत गर्दै आएकी उनले यस्ता मुद्दाको वादी पक्ष नेपाल सरकार हुने र नेपाल सरकारले भर्खर मात्र थाहा पाएकाले अघि बढाउन कुनै बाधा नहुने बताइन्। 

उनले हदम्यादको कुरा वादीले थाहा पाएपछि मात्र हुने सर्वोच्च अदालतकै फैसलामा उल्लेख भएकाले कुनै समस्या नरहेको बताइन्। ‘यो प्रकरणमा अनुसन्धान अघि बढाउने एउटा आधार छ। यही आधारमा गर्न सकिन्छ’, उनले भनिन्, ‘बलात्कार मुद्दाको पनि वादी नेपाल सरकार हो। सरकारले भर्खर थाहा पायो।’ उनले प्रहरी प्रतिवेदनले घटनाको बारेमा विस्तृत प्रतिवेदन तयार गर्ने अनि त्यसैको आधारमा मुद्दा अघि बढाउनुपर्ने बताइन्।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइर... आइतबार, जेठ २५, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्