• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
मतदानमा सहभागी जेष्ठ नागरिकको अपेक्षा– हाम्रा सन्तानले काम गर्न विदेश जान नपरोस्
64x64
धनु विश्वकर्मा शुक्रबार, वैशाख ३०, २०७९  १८:००
1140x725
भक्तपुर बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मत दिने तयारीमा ज्येष्ठ नागरिक। तस्बिर : निमेषजंग राई

काठमाडौं– स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साह देखिएको छ। निर्वाचन आयोगले देशभर ७५ प्रतिशतसम्म मतदान हुनसक्ने आकलन गरेको छ।

हामीले काठमाडौं उपत्यकाका केही मतदानस्थल पुगेर ज्येष्ठ नागरिकलाई यसपटकको निर्वाचनमा उनीहरूको अनुभव र अपेक्षाबारे सोधेका छौँ। धेरै मतदाताले मतदान गर्न कठिन नभएको बताएका छन्। उनीहरुले रोजगारी सिर्जना र स्वास्थ्य क्षेत्रको सुधार होस् भन्ने चाहेको पनि बताए। अब बन्ने स्थानीय सरकारले रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने र बढ्दो वैदेशिक रोजगारीलाई रोक्नुपर्ने पनि उनीहरुले बताएका छन्।

ललितपुर महानगरपालिका वडा नं. ३ को आइडियल मोडल विद्यालयमा मतदान गरेकी ७९ वर्षीया बेटीमाया महर्जनले पञ्चायतदेखि गणतन्त्रसम्म धेरै पटक मतदान गरिन्। यसपटक उनले आफ्नै घरआँगनका जनप्रतिनिधिले विकासका पूर्वाधार बनाइदिउन् भन्ने अपेक्षा भएको बताइन्।

‘जनतालाई सास्ती नहोस्। देशमा शान्ति कायम होस्। कोहि पनि उपचार नपाएर नमरुन्। खान लाउन नपाएको देख्न नपरोस्,’ उनले भनिन्। 

सावित्री धिताल

६० वर्षिया सावित्री धितालले पनि सोही मतदान केन्द्रमा मतदान गरिन्। उनका छोरा वैदेशिक रोजगारीमा छन्। उनका श्रीमान् स्वर्गीय निर्मल धिताल पञ्चायतकालको निर्वाचनमा काभ्रेबाट उम्मेदवारसमेत बनेका थिए।

पहिलाको  चुनावमा धाँधली हुने र झैँझगडा पनि धेरै हुने उनी बताउँछिन्। तर, अहिले शान्तिपूर्ण मतदान हुने गरेको भन्दै उनले खुसी व्यक्त गरिन्। उनले पनि रोजगारी र स्वास्थ्यमा नै चासो राखिन्।

‘मेरो छोराजस्ता लाखौँ युवा देशमा रोजगारी नपाएर विदेशिएका छन्। देशमै रोजगार मिलोस्। यहि काम गरेर खाने वातावरण बनोस्। विकास विस्तारै हुँदै जान्छ,’ उनले भनिन्। यहाँका युवाशक्ति विदेश जान बाध्य भएको देखेर आफूलाई चुनावमा भोट हाल्न पनि दिक्क लाग्ने गरेको उनी बताउँछिन्। 

फोहोर व्यवस्थापन र खानेपानीको व्यवस्था होस् भन्ने उनको अपेक्षा छ। बागमती किनारामा बसेका वास्तविक सुकुम्बासीको पहिचान गरी तिनीहरूको व्यवस्थापन हुनुपर्ने उनी बताउँछिन्।

Ncell 2
Ncell 2

सोही मतदान केन्द्रमा भेनिएका सुरेश महर्जनले भने यो पटक मतदान झन्झटिलो भएको बताए। ‘परिचय पत्र पाँच ठाउँ देखाउनुपर्ने बनाएका छन्। त्यसले गर्दा अलमल र झन्झट भयो,’ उनले भने। उनले पनि ललितपुर महानगरपालिकामा फोहोर र खानेपानीको व्यवस्थापन नहुँदा जनताले सास्ती पाएको बताए। 

भक्तपुर नगरपालिकाको वडा न. १ स्थित भक्तपुर बहुमुखी क्याम्पसको मतदान केन्द्रमा बिहान निकै भिडभाड थियो। तर, दिउँसो छिटपुट मतदाता मात्र मतदानमा सहभागी छन्। त्यहाँ ९३ वर्षीया विष्णुमाया शिल्पकार बुहारीको सहयोगमा मतदान गर्न आएकी छिन्।

उनले पनि यसपटक मतदान गर्न सहज भएको बताइन्। ज्येष्ठ नागरिकलाई सहजै मतदानको व्यवस्था गरिदिएको भन्दै उनले खुसी व्यक्ति गरिन्। 

सोही केन्द्रमा भेटिएका बाबुकाजी धौबञ्जारले यसपटक स्थानीय विकासको अपेक्षा गरेर आफ्नो मताधिकार प्रयोग गर्न आएको बताए। उनले पनि अब रोजगारी सिर्जना गरेर युवालाई विदेशिनबाट रोक्नुपर्ने बताए।

त्यस्तै कृष्णा तिवारी छोराको साहारामा मतदान गर्न सोही मतदान केन्द्रमा आएकी छिन्। ह्विल चेयरमा आएकी उनले सडकको राम्रो व्यवस्था गर्न अबको स्थानीय सरकारलाई सुझाव दिइन्। 

गोविन्द अमात्य

उता, काठमाडौँ महानगरपालिका वडा नं. २९ को नेपाल कमर्स क्याम्पस मतदान केन्द्रमा दिउँसो भेटिएका गोविन्द अमात्य मतदान गरेर बाहिर निस्किँदैथिए। बानेश्वरको सर्यटोलका स्थायी बासिन्दा अमात्यलाई पनि यो पटकको निर्वाचन व्यवस्थित भएको बताए। ‘पहिला बिहानै आएर लाइन लाग्नुपथ्र्यो। तर, अहिले भने जतिखेर आए पनि केही बेरमा नै मतदान गर्न पाइने भएछ,’ उनले भने। 

अबको स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरिदियोस् भन्ने चाहेको उनले बताए। ‘यहाँका निजी अस्पताल महँगो छ। सबैले पैसा तिरेर उपचार गर्न सक्दैनन्। त्यसैले सरकारी तवरबाट उपचार गर्ने वातावरण सिर्जना गरिदिए हुन्थ्यो,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्