• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रधानमन्त्री देउवाको गृहजिल्लामा अधिकांश जनप्रतिनिधि फेरि दोहोरिने ‘मुड’मा 
64x64
ललित बोहरा बिहीबार, चैत २४, २०७८  १२:३९
1140x725

डडेल्धुरा- स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँगाउँमा नेता तथा जनप्रतिनिधि मतदाता भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि चुनावी सरगर्मी बढेको छ। यहाँ सात स्थानीय तह र ५२ वडा छन्। यहाँका अधिकांश जनप्रतिनिधि यसपटकको स्थानीय चुनावमा पुनः लड्ने सोचका साथ गाउँघरमै चुनावी अभियानमा केन्द्रीत छन्।

२०७४ सालको स्थानीय तह चुनावमा सातमध्ये चार स्थानीय तहमा जित हात पारेको कांग्रेसले अहिले ती तहमा आफ्नो उम्मेदवार बलिया रहेको दाबी गरेको छ। कांग्रेसले जितेको सबैभन्दा ठूलो स्थानीय तह परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउद कांग्रेस डडेल्धुराको सभापति भएका छन्। आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सार्वजनिक रुपमा उनले केही बताएका छैनन्। तर, उनी निकट नेताहरुले साउद पुनः दोहोरिने पक्षमा रहेको बताउँछन्।

‘क’ वर्गका निमार्ण व्यवसायी साउदले मेयर हुने इच्छा व्यक्त गरे पनि उनीमाथि नगरको विकासमा समय नदिएको आरोप लाग्ने गरेको छ। यस्तो आरोपकाबीच उनी उम्मेदवार बन्न नलाग्ने अन्य आकांक्षीहरुको अनुमान छ। तर, अझै पनि परशुराममा उनी कांग्रेसका तर्फबाट बलिया उम्मेदवार रहेको स्रोत बताउँछ। टिकट उनले अरुको तुलनामा सहज रुपमा लिन सक्ने कांग्रेसका स्थानीय नेताहरुको अनुमान छ।

त्यस्तै अर्को स्थानीय तह गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्ल पनि दोहरिने पक्षमा छन्। कांग्रेसबाट निर्वाचित उनी स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँ केन्द्रीत कार्यक्रमहरुमा व्यस्त छन्। प्रधानमन्त्री देउवाको गृहपालिका समेत रहेको गन्यापधुरामा फेरि निर्वाचन लड्ने पक्षमा आफू रहेको उनले बताए। ‘म फेरि एक पटक अध्यक्ष लड्ने हो, गाउँमै छु’ उनले भने। तर, उनलाई डडेल्धुरा कांग्रेसको विवादको असर पर्ने देखिन्छ। 

आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ पनि एक पटक फेरि पालिका अध्यक्ष बन्ने प्रयासमा रहेको स्रोतले बताएको छ। तर, उनले यसबारे केही बोलेका छैनन्। बिरामी भएकाले अहिले आफू केही नबाल्ने बताउँदै आएका छन्। गाउँ केन्द्रीत कार्यक्रममा व्यस्त रहेकै समयमा उनी काठमाडौंमा छन्। उनी टिकटकै लागि काठमाडौ गएको उनी निकट नेताको दाबी छ। 

पूर्वजिल्ला सभापति रघुवर भट्टकी छोरी भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला भट्ट भने अहिले चुनाव लड्ने पक्षमा आफू नरहेको बताउँछिन्।गाउँपालिका अध्यक्षमा कांग्रेसबाट भट्ट विजयी भए पनि एमालेले गाउँपालिका चलाएको आरोप कांग्रेसका अन्य नेताहरुले लगाउँदै आएका छन्।पार्टी भित्रको विवादले यस पटक उक्त स्थानीय तहमा कांग्रेसका उम्मेदवारलाई सहज भने छैन। 

एमालेले जितेको दुई स्थानीय तहः अध्यक्ष र उपमेयर समाजवादीमा

जिल्ला सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकासहित २०७४ सालको निर्वाचनमा एमालेले दुई स्थानीय तहमा जित हासिल गरेको थियो।एमालेले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा जितेको थियो। 

Ncell 2
Ncell 2

अमरगढी नगरपालिकाका मेयरमा विजयी विशेश्वरप्रसाद ओझा र उपमेयर संगीता भण्डारी दुवै एमालेका हुन्। मेयर ओझा फेरि निर्वाचन लड्ने पक्षमा छन्। उनले पार्टी भित्र टिकटका लागि लबिङ थालेका छन्। उपमेयर भण्डारीले भने एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी रोजेकी छन्।

एमालेबाट निर्वाचत बहुमत वडा अध्यक्ष तथा सदस्य भने एमालेमै छन्। मेयर ओझा पनि एमालेका बलिया उम्मेदवारका रुपमा छन्। 

त्यस्तै नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट पनि एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन्। उनी पनि फेरि गाउँपालिका अध्यक्षको दौडमा छन्। विष्टलाई बलिया उम्मेदवारको रुपमा लिइएको छ। यस क्षेत्रमा एमालेले जितेको वडाका अध्यक्षहरुले एकीकृत समाजवादी रोजेका छन्। 

अजयमेरुमा माओवादी
२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले ६ वडामध्ये ५ वडा अध्यक्षसहित अजयमेरु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो। अध्यक्ष उमेशप्रसाद भट्ट र उपाध्यक्ष कलावती भाण निर्वाचित भएका थिए। अध्यक्ष तथा अहिलेका माओवादी केन्द्र डडेल्धुरा संयोजक भट्ट फेरि गाउँपालिका अध्यक्ष लड्ने तयारीमा छन्। 

कार्यसम्पादनमा देशकै पहिलो बनेको अजयमेरु गाउँपालिकाको नेतृत्वमा दोहोरिन उनले केही समय पहिलेबाटै घरदैलो गरिरहेका छन्। माओवादीबाट उक्त गाउँपालिका अध्यक्षको आकांक्षा राखिएका गाउँपालिका प्रवक्ता शिवराज भट्टले फेरि वडा नम्बर–२ कै अध्यक्षको उम्मेदवार बन्ने समाजिक सञ्जालमार्फत घोषणा गरेपछि भट्ट नै गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चितजस्तै देखिएको माओवादी केन्द्रका नेताहरुको भनाइ छ।

तर, सत्तागठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएकाले कुनै पनि दलले उम्मेदवार टुंगो लगाउने अवस्था भने बनिसकेको छैन। केन्द्रले तालमेलको निर्णय गरेकाले त्यसविरुद्ध अभिव्यक्ति नदिन यहाँका गठबन्धनका दलहरुले निर्णय नै गरेका छन्। 

डडेल्धुराका ५२ वडा अध्यक्षहरुमध्ये धेरै जसो फेरि दोहोरिने मुडमा छन्।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
आजको मौसमः पहाडका केहि भागमा बदली, मुख्यतया मौसम सफा रहने सोमबार, जेठ २६, २०८२
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्