• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
गाउँका सिंहदरबार कमल गाउँपालिकाका पाँच वर्ष : कृषि र पूर्वाधारमा जोड, बेरुजु कम गर्ने नमुना स्थानीय तह
64x64
धनु विश्वकर्मा सोमबार, चैत १४, २०७८  ०९:२६
1140x725

काठमाडौं– पछिल्लो स्थानीय तह निर्वाचनमा झापाको कमल गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा नै मेनुका काफ्लेले चर्चा कमाएकी थिइन्। उनको जित स्पष्ट मतान्तरमा भएको थिएन। नेकपा (एमाले)बाट उम्मेदवार बनेकी काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले बराबर मत पाएका थिए।

दुवैले आठ हजार २७५ मत पाएपछि गोलाप्रथा गरिएको थियो। गोला तान्दा काफ्ले ‘भाग्यमानी’ ठहरिन्। निर्वाचित भएलगत्तै उनले गाउँपालिकाको विकासका लागि नारा बनाइन् ‘समृद्ध कमल, हाम्रो सरोकार।’

उनले पहिलो वर्षदेखि नै बरुजु हुन नदिने प्रयत्न गरिन्। गाउँपालिकाले पेस्की बजेट लिएन। भएका काम पारदर्शी गरियो। त्यही कारण महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु कम हुने स्थानीय तहको सूचीमा कमल गाउँपालिका चौँथो स्थानमा छ। 

काफ्ले भन्छिन्, ‘नियमबद्ध ढंगले काम गरे व्यक्ति होइन प्रणाली महत्त्वपूर्ण हुन्छ। प्रणालीले काम गर्छ। हरेक काम ठेक्का प्रक्रियाबाट गरिएको छ र तोकिएको समयमा अनुगमन भएको छ।’ अध्यक्षको मात्र एक्लो प्रयासमा नभइ गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीका कारण उपलब्धि हासिल भएको उनी बताउँछिन्। आफूहरूले सामूहिक निर्णय गर्ने र त्यसको कार्यान्वयनमा सबैलाई जिम्मेवार बनाउने शैली अपनाएको उनको भनाइ छ।

आफ्नो कार्यकालमा योजनाअनुसारका ९० प्रतिशत काम भएको काफ्लेको दाबी छ। ‘सबैको मन बुझाउन सकिएन होला, तर जनतामा गरेको प्रतिबद्धता हामीले पूरा गरेका छौँ,’ उनी भन्छिन्।

कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा र विपन्नका लागि विशेष कार्यक्रम
देश संघीयतामा गएपछि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको थियो। कानुनको अभावमा काम गर्न समस्या थियो। त्यसैले कानुनका कारण कतिपय काम समयमा गर्न नपाएको काफ्ले बताउँछिन्।

जनताले देख्ने र प्रत्यक्ष प्रभाव पर्ने विकास भनेको पूर्वाधार निर्माण हो। निर्वाचनमा भोट माग्न जाँदा मतदाताले पूर्वाधार समस्या नै सुनाउँछन्। त्यसैले उनले पूर्वाधार विकासमा जोड दिइन्। पूर्वाधारमा पनि नागरिकको चासो सडकमा थियो। अहिले सबै वडा सडक सञ्जालमा जोडिइसकेका छन्। अब बस्तीहरूलाई प्राथमिकतामा राखेर सडक सञ्जाल निर्माणमा लागेको उनले बताइन्।

कमल गाउँपालिकाले गरेको अर्को महत्त्वपूर्ण काम अर्गानिक खेती प्रवद्र्धन हो। वर्षेनी हुने रासायनिक मल अभावलाई झेल्न र कृषि उत्पादनलाई दीगो बनाउन गाउँपालिकाले प्रांगारिक मल उत्पादनका लागि कार्यक्रम चलाएको उनले बताइन्।

Ncell 2
Ncell 2

गाउँपालिकाको सहयोगमा आईपीएम कृषक सहकारीमार्फत बोकासी (धानको ढुटो, तोरीको पिना, हड्डीको धुलोलगायत मिलाएर बनाएको) मल, झोल मल तथा वनस्पतिक मल उत्पादन भइरहेको छ। पहिलो चरणमा प्राङ्गगारिक मल उत्पादन गर्न गाउँपालिकाले १० लाख रुपौयाँ अनुदान उपलब्ध गराएको छ भने कृषि सहकारी संस्थाले २ लाख लगानी गरेको छ। पाँच वटा सहकारीबाट संचालित यो कार्यक्रमबाट करिब दुई हजार ४०० किसान लाभान्वित भएको उनले बताइन्। यसका लागि प्रदेश सरकारको सहयोगमा एउटा गोदाम घरसमेत निर्माण भएको छ। 

गाउँपालिकाले सामाजिक विकासका लागि लक्षित समूह विशेष कार्यक्रम पनि चलाएको छ। सीमान्तकृत, विपन्न महिलाको आयस्तर उकास्न कार्यक्रमहरू ल्याइएका छन्। विपन्न महिलालाई ३५ वटा ठेलागाडा वितरण गरिएको छ। ती ठेलामा उनीहरूले तरकारी, चनाचटपटे र खाजा बिक्री गर्ने गरेका छन्। 

त्यसैगरी, महिलालाई ‘ड्राइभिङ’ तालिम दिइएको छ। महिलाकै लागि लोकसेवा तयारीको निःशुल्क कक्षा पनि चलाइएको छ। ‘हामीले विपन्न महिलाको आयस्तर उठाएर जीवनयापन सहज बनाउने कार्यक्रममा जोड दिएका हौँ। यसबाट घरेलु हिंसा र अन्य समस्या पनि न्यूनीकरण हुन्छ,’ उनी भन्छिन्।

गर्भवतीलाई स्वास्थ्य संस्थामा निरन्तर आउन प्रोत्साहनका लागि सुत्केरी भएपछि २ हजार रुपैयाँ दिने गरिएको छ। किशोरीहरूलाई आत्मरक्षा तालिम दिइएको छ। 

कमल गाउँपालिकाले शिक्षामा पनि सुधारका काम गरेको छ। आफूहरूले सामुदायिक र निजी विद्यालयबीच भिन्नता नदेखिने गरी काम गरेको काफ्ले बताउँछिन्। मावि तहसम्मै शिक्षकको अभाव हुन दिइएको छैन। भौतिक संरचना निर्माण भइरहेको छ। आदिवासी विपन्न सन्थाल, झाँगड र मुसहर समुदायका १५ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ।

गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरेको छ। नागरिकलाई स्वास्थ्य बीमा गर्न प्रेरित गरिएको छ। दीर्घरोगी भएका घरमै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। 

नेतृत्वमा महिला : चुनौती र अवसर दुवै
स्थानीय तहमा पहिलो पटक निर्वाचित पदाधिकारीलाई संघीयता अनुरूप काम गर्नुपर्ने पहिलो चुनौती थियो। महिला नेतृत्वमा आउँदा ‘पुरुषवादी चिन्तन’का कारण काम गर्न धेरै अवरोध भए। कतिपयले विश्वास नगर्ने अवस्था पनि आयो। पुरुष वडाध्यक्षहरूसँग कपितय अवस्थामा काम गर्न समस्या भयो। तर, यी सबै अवरोधलाई उनले अवसरको रूपमा लिइन्।

उनको लामो राजनीतिक अनुभवका कारण पनि सबै पक्षलाई मिलाएर लैजान सकिन्। उनी २०५४ सालदेखि राजनीतिमा सक्रिय छिन्। ‘त्यही सक्रियताका कारण मलाई जनताले विश्वास गरेका हुन्,’ उनी भन्छिन्।

कमल गाउँपालिकाको वडा नं. १ मात्र कांग्रेसले वडाध्यक्ष जितेको हो। अन्य वडामा एमालेकै उम्मेदवार विजयी भएका हुन्। तर, उनले सबैसँग समन्वयमा काम गरेकी छिन्। समन्वयकारी भूमिका नै उनका लागि सफलताको कडी बन्यो।

‘अहिले सबै दलले महिलालाई विश्वास नगरेको अवस्था छ। अधिकांशमा उपमेयर वा उपाध्यक्षमा मात्र सीमित गरिन्छ,’ उनी भन्छिन्, ‘अबको निर्वाचनमा अघिल्लोमा उपमेयर र उपाध्यक्ष भएकाहरूले मेयर र अध्यक्षमा दाबी गर्नुपर्छ। राम्रो काम गर्ने महिलाले अवसर पाउनुपर्छ।’

झापामा तीन जना मात्र महिला वडाध्यक्ष छन्। देशभरि ६२ वडाध्यक्ष छन्। अब यो संख्या पनि बढाउनुपर्ने उनी बताउँछिन्।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्