• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
दुर्व्यवहारविरुद्ध कलाकारहरूको मौनता कसका लागि?
64x64
धनु विश्वकर्मा सोमबार, फागुन १६, २०७८  ०७:०२
1140x725

मनोरञ्जन क्षेत्रलाई ‘रंगिन दुनियाँ’को संज्ञा दिइन्छ। तर, रंगीन दुनियाँभित्रको चमकधमकमा संसारभरि नै थुप्रै रहस्य लुकेका छन्। धेरैजसो रहस्य प्रेम सम्बन्ध र यौन शोषणसँग सम्बन्धित छन्। पछिल्लो समय भने यस्ता घटना बाहिर आउन थालेका छन्।

अमेरिकी नागरिक अधिकार अभियन्ता तराना बर्कलाई सन् १९९७ मा यौनहिंसा पीडित एक १३ वर्षीया बालिकाले आफ्नो कथा सुनाउँदा उनी मर्माहत भएकी थिइन्। त्यसको १० वर्षपछि सन् २००६ मा उनले यौनहिंसा र उत्पीडन भोगेकालाई सहयोग गर्ने संस्था स्थापना गरिन्। स्रोत जुटाउन अभियान सुरु गरिन्र, त्यसकोको नाम ‘मी टु’ राखिन्। त्यतिखेर यो अभियानले खासै चर्चा पाएन।

सन् २०१७ अक्टोबर १५ मा अमेरिकी अभिनेत्री एलिसा मिलानोले ट्वीटरमार्फत ह्यासट्याग ‘मिटु’ लाई पुनर्जन्म दिइन्। उनले लेखिन्, ‘तपाईं कुनै बेला यौन उत्पीडनमा पर्नुभएको छ भने यो ट्वीटको प्रत्युत्तरमा मी टु लेख्नुहोला।’ अनि सामाजिक सञ्जालमा यौन उत्पीडन र हिंसाका कथाहरूको बाढी आयो। २४ घण्टाभित्रै ‘मी टु’ शब्दावली पाँच लाख पटक ट्वीट भयो भने फेसबुकमा एक करोड २० लाख वटा पोस्ट भयो। 

‘मिटू’ अभियानकै कारण सन् २०१७ लाई महिलाको वर्षका रूपमा लिइयो। यस अभियानका कारण शक्तिशाली र प्रसिद्ध धेरै व्यक्तिहरूको पतन भयो। केभिन स्पेसी, बिल कस्बी, लुई सीके, जेम्स फ्य्राङ्को, मोर्गन फ्रिम्यानजस्ता विश्वप्रसिद्ध सेलिब्रेटीमाथि पनि आरोप लाग्यो। राजनीतिदेखि लिएर प्राज्ञिक, व्यवसाय र धार्मिक क्षेत्रका शक्तिशाली पनि आरोपित भए।

छिमेकी देश भारतमा पनि कतिपय महिलाले आफूले भोगेको यौन दुर्व्यवहारबारे मुख खालेका थिए। कंगना रनावत, सलोनी चोपडा, मन्दना करिमीलगायत अभिनेत्रीले आफूविरुद्ध भएको मानसिक र शारीरिक शोषणविरुद्ध बोलेका थिए। इकोनोमिक्स टाइम्सले सन् २०१८ लाई ‘मिटुका कारण भारतमा तरंग’ ल्याएको वर्षको रूपमा चित्रित गरेको थियो। 

नेपालमा समेत यसका केही उछाल देखिएका थिए। कलाकारिता, साहित्यजस्ता क्षेत्रमा बहसहरु भए। केही पिडितहरुले मुख पनि खोले। तर, बलिउड र हलिउडभन्दा विल्कुल फरक अवस्था नेपालमा देखियो। आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्नेहरुलाई साथ दिने कम मात्र थिए। जसले साथ दिए, उनीहरुमा त्रास थियो– कतै यो क्षेत्रले नै हामीलाई बहिष्कार गर्ने त होइन?

२०७७ असारमा नेपालको रंगवृत्तमा यस्तै घटना देखियो। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूविरुद्ध दुर्व्यवहार गर्नेको नाम सार्वजनिक गरिन्। निर्माता तथा अभिनेता भुवन केसीले फिल्म छायांकनका क्रममा दुर्व्यवहार गरेको उनले बताएकी थिइन्। उनले सुरुमा फिल्ममा सँगै काम गर्ने क्रममा दुर्व्यवहार गरेको दाबी गरेकी थिइन्। केसीले यसको प्रतिवाद गरेका थिए। त्यसको तीन दिनपछि एक भिडियो सार्वजनिक गर्दै आफूलाई जापानको एक अवार्ड कार्यक्रममा पनि केसीले दुर्व्यवहार गरेको बताइन्। 

दुर्व्यवहारको आरोप लागेपछि मानहानी भएको भन्दै केसीले साम्रज्ञीविरुद्ध कानुनी उपचार पनि खोजेका थिए। त्यो बेग्लै पाटो हो। तर, आफूविरुद्ध भएको दुर्व्यवहारविरुद्ध बोलिरहँदा साम्रज्ञी एक्लै थिइन्। उनको पक्षमा कला क्षेत्रका कसैले पनि खुलेर समर्थन गरेन। 

Ncell 2
Ncell 2

अहिले पल शाह र उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग गायिकामा पनि यही परिदृश्य देखिएको छ। जसरी साम्राज्ञी एक्लै थिइन्, उसैगरी ती गायिकालाई पनि एक्ल्याउने प्रयास भएको छ। यति बेला महिला कलाकार पनि कि मौन छन्, कि पल शाहको पक्षमा खुलेका छन्।

अहिले त आरोप मात्र लागेको छ, पल निर्दोष पनि हुनसक्छन्। तर, सार्वजनिक जीवन बिताइरहेका कलाकाहरूको सामाजिक दायित्व हुन्न र? ‘पीडक’लाई साथ दिनु वा आफ्नै क्षेत्रका कसैले ‘पीडित भएको’ बताउँदा त्यसलाई एक्लाउनु भनेको आफ्नै खुट्टामा बन्चरो बजार्नु हो। बस्ती पसेको नरभक्षी जनावरले जसलाई पन आक्रमण गर्न सक्छ।

नेपाली साहित्य होस् वा प्राज्ञिक क्षेत्र, अथवा सामाजिक चासोका अन्य क्षेत्र, महिलामाथि हुने दुर्व्यवहारलाई व्यक्तिगत ठानिन्छ। धेरै नागरिकले नजर लगाइरहेको कलाकारिता क्षेत्रमा त अझ पीडितकै चरित्रमा औँला उठाउनेसम्मका काम गरिएको छ। विगतमा साम्राज्ञीले भोगेको पीडा अहिले नाबालिग गायिकाले भोगेकी छिन्। पीडक भनिएका व्यक्तिविरुद्ध कानुनी कारबाही नहुने हो भने वा गायिकाविरुद्ध लाग्ने हो भने त्यसले अपराध मानसिकता भएको जोकोहीलाई पनि हौसला दिन्छ। कालान्तरमा कला क्षेत्रकै बदनामी हुन्छ। हाम्रा महिला कलाकारले यति पनि बुझ्न सक्दैनन् र?

‘मिटु’ अभियानका बाछिटा नेपाल आइपुगेपछि साप्ताहिक ‘शुक्रबार’ले रंगमञ्चमा भइरहेका दुर्व्यवहारबारे रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त पत्रिकाले केही दिग्गज र अग्रजहरूको नामै किटेर प्रमाण पनि सार्वजनिक गरेको थियो। तर, अधिकांश कलाकारले उसैगरी मौनता साँधेका थिए।

बरु कला क्षेत्रका यस्ता घटनालाई सामान्यीकरण गर्न थालिएको छ। धेरैले ‘यो क्षेत्र यस्तै हो’ भनेर तर्किने गरेका छन्। यो भाष्यले गर्दा कला क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दैछ। 

कला क्षेत्र मात्र होइन सामाजिक सन्जाल पनि ‘पल शाह प्रकरण’ले तातेको छ। पक्ष र विपक्षमा आफ्ना मत जाहेर गर्ने प्रशस्तै छन्। ‘वाक युद्ध’ नै चलेको छ। ‘फ्यान’हरूको वाक युद्धले अन्तत कला क्षेत्रलाई नै प्रदूषित गर्छ भनेर हाम्रा कलाकारले नबुझ्नु अनौठो छ। 

यो प्रकरणपछि म फेसबुकको टाइमलाइन ‘स्क्रोल’ गर्दै थिएँ। पीडित बालिकाका बुवा उमेरका एक व्यक्तिले स्टेटस लेखेका रहेछन्, ‘मन मिले चमत्कार, मन नमिले बलात्कार।’ मलाई अच्चम लाग्यो। मैले उनीसँग इन्बक्समा कुराकानी गरेँ। मान्छेको शारीरिक संरचनाको विकास र कानुनी प्रावधान बुझ्न अनुरोध गरेँ। १८ वर्षभन्दा कम उमेरका बालक होस् वा बालिका, उनीहरूको मानसिक विकास भइनसकेको हुनाले सही समयमा सही निर्णय गर्न सक्दैनन्। त्यसकारणले कानुनले उनीहरूलाई संरक्षण गर्न खोजिएको हो। सही र गलत निर्णय तत्कालै गर्न नसक्ने बालिकाप्रति ‘चमत्कार’ भनेर टिप्पणी नगर्न आग्रह गरेँ। तर, उनी पुरुष न थिए, उनको हेर्ने चस्मा स्वभावतः पुरुषवादी थियो। यहाँ त कतिपय (र कला क्षेत्रका समेत) महिला नै पनि पुरुषको चस्मा लगाएर बालिकाप्रति नकारात्मक टिप्पणीमा उत्रिएका छन्। नकारात्मक टिप्पणी नै नगरे पनि प्रायः सबै महिला कलाकार पुरुषको चस्मा लगाएर मौन छन्।

अघिपछि महिलाबारे अनेक धारणा दिने र ‘गफ’को विषय बनाउने अभिनेत्री रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, निशा अधिकारीहरु चुइँक्क बोलेका छैनन्। हुन त, ‘मेरो व्यक्तिगत जीवनमा तिमीलाई के चासो?’ भन्ने हुनसक्छ। तर, कलाकारको व्यक्तिगत जीवन साँघुरो हुन्छ। तपाईंको क्षेत्र दूषित भइरहेको छ भने तपाईं नबोलेर को बोल्छ?

भुवन र साम्राज्ञी प्रकरणमा पनि एक युट्युब च्यानलले अभिनेत्री केकी अधिकारीलाई ‘तपाईंहरु किन मौन?’ भन्ने प्रश्न गरिएको थियो। जवाफमा उनले ‘आफूहरु बोल्न नमिल्ने’ भन्दै पन्छिएकी थिइन्। त्यसको कारणमा उनले ‘अदालतमा पुगिसकेको विषयलाई प्रभावित पार्न नहुने तर्क पनि गरेकी थिइन्। अदालतलाई प्रभाव पार्न नहुने तर्कसम्म ठीक मान्न सकिन्छ, तर पीडितलाई न्याय दिलाउने सवालमा पन्छिन मिल्दैन। तपाईं पीडितको पक्षमा बोल्न सक्नुहुन्न भने त्यसले फाइदा पीडकलाई पुग्छ। घाटा समग्र कला क्षेत्रले बेहोर्नुपर्छ।

भोलि कोही पनि अभिभावकले आफ्ना छोराछारीलाई कलाक्षेत्रमा लगाउन हिच्किचाउन सक्छन्। आमनागरिकले हर्ने आँखा बदलिन्छ। कलाकारिता सम्मानित काम नरहन सक्छ। यसलाई जोगाउने पहिलो दायित्व कलाकार र कला क्षेत्रकै मान्छेको हो।

तर्क अनेक गर्न सकिन्छ। तर, ती तर्कले न्याय रोक्न सकिँदैन र हुँदैन।

भन्न सकिन्छ, नाबालिगा कता जान्छिन् र के गर्छिन् भन्ने कुरा अभिभावकले ख्याल गर्नुपर्छ। सुरक्षाको दायित्व बहन गर्नुपर्छ। त्यसको अर्थ समाज निरपेक्ष होइन। अपराध भइसकेपछि पनि यस्ता तर्क गर्न मिल्दैन। अब त कानुनी उपचार खोज्ने नै हो।

महिला हिंसा र मुक्ति लामो यात्रा हो। अवरोध त कति होलान्! कोही बोल्नु वा नबोल्नुबारे इतिहासमा मूल्यांकन हुन्छ नै। आफ्नै क्षेत्रमा यस्ता घटना भइरहँदा मौनता साँध्ने कलाकारबारे पनि इतिहासले मूल्यांकन गर्नेछ। पितृसत्ताको खोल ओढेर महिला मुक्ति हुँदैन। समय कहिल्यै घर्किँदैन। तपाईंलाई बोध भएपछि यो यात्रामा समावेश हुनैपर्छ। 

महिला कलाकारहरू, बोल्नुस्। तपाईंहरू नबोले पनि कोही त बोल्छ। अनि, तपाईं किन मौन बस्नुहुन्छ?

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्