• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
जेलबाट छुटेर ‘हिमाल सुरक्षा परिषद्’ खडा गरी आतंक मच्चाउने ९ जना पक्राउ बम राख्न पुजारीदेखि ट्युबेल गाड्ने मजदुरसम्मको प्रयोग
64x64
नारायण अधिकारी बिहीबार, फागुन ५, २०७८  २१:२२
1140x725

काठमाडौं– चन्दा असुलीको नाममा गैरकानुनी क्रियाकलाप गर्दै आएको एक समूह पक्राउ परेको छ। चन्दा असुलीका लागि बम जस्तो देखिने शंकास्पद वस्तु (होक्स) राख्दै आतंक सिर्जना गर्ने समूहलाई प्रदेश १ को प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमणिको टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–२ का ३८ वर्षीय सुमन कुमार कार्की, झापाकै कन्काई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका–९ का ५० वर्षीय देवी बाँस्कोटा (गुरागाईं), कन्काई नगरपालिका–३ का ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभाको खाँदबारी नगरपालिका–१० का २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज नगरपालिका–३ का ३२ वर्षीय आनन्द भनिने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई छन्। 

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

उनीहरुबाट मोबाइल, हिमाल सुरक्षा परिषद नेपाल, इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोशी अञ्चल कमिटी, अध्यक्ष कोशी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, ईन्चार्ज मेची अञ्चल कमिटीका हस्ताक्षर मात्र भएका छापहरु १० थान बरामद भएका छन्। 

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेकबुक १ थान, नेपाल बैंक लिमिटेडको चेकबुक १ थान, खोप कार्ड १ थान, एनसेल सिम १, एनटीसी सिम १थान, हिमाल सुरक्षा परिषद् नेपाल लेखिएको पर्चालगायतका कागजात बरामद भएको छ। 

‘हिमाल सुरक्षा परिषद्’ संगठित रुपमा आपराधिक गतिविधि गर्नका लागि खडा गरिएको अनुसन्धानबाट खुलेको छ। विगतको ‘गोरखा जनमुक्ति पार्टी’को नामबाट आपराधिक गतिविधि गर्ने समूहले नै कारागारबाट छुटेपछि नाम परिवर्तन गरी ‘हिमाल सुरक्षा परिषद्’ राखेर चन्दा आतंक सिर्जना गरेको अनुसन्धानबाट पुष्टि भएको एक उच्च प्रहरी अधिकारीले बताए।

बम राख्न पुजारीदेखि ट्युबबेल गाड्ने मजदुरसम्मको प्रयोग
पक्राउ परेकामध्ये कार्की मुख्य योजनाकार रहेको पाइएको छ। ठेक्कापट्टा गर्दै आएका उनी वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा २०७५ वैशाखदेखि २०७७ फागुनसम्म २२ महिना झापा जिल्ला कारागारमा बसी छुटेको व्यक्ति हुन्। 

गत असार १९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गौरादह नगरपालिका–२ स्थित उनकैै घरबाट ३० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको थियो। उनी भने फरार भएका थिए। लागू औषध मुद्दामा कार्कीविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेको छ। 

Ncell 2
Ncell 2

कार्कीले बम आतंक देखाएर पैसा चन्दा उठाउने योजना बनाउने तथा भारतमा बसी आर्थिक संकलन गरी आपराधिक गतिविधिमा प्रयोग गर्ने गरेको खुलेको छ। उनको साथबाट हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्न प्रयोग भएको सिमकार्डहरु र आर्थिक सहयोग गरिदिने बारेको पत्र समेत बरामद भएको झापाका डीएसपी वसन्त पाठकले बताए। उनलाई फागुन २ गते गौरीगञ्ज गाउँपालिका–५ स्थित नेपाल–भारत सिमानाको दश गजा क्षेत्रबाट पक्राउ गरिएको हो।     

भीष्म थापा भने ट्युबेल गाड्ने काम गर्ने व्यक्ति हुन्। गत माघ ९ गते बिहान ४ बजेतिर बिर्तामोड नगरपालिका–४ स्थित पश्चिम बस स्टेण्डमा उनैले प्रेसर कुकर बम राखेको पाइएको डीएसपी पाठकले बताए। योजनाकारहरुले थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाई शंकास्पद वस्तु प्रेसर कुकर बिर्तामोड पश्चिम बस स्टेण्डमा राख्न अह्राएको उनको भनाइ छ।

बम राख्ने दिन बिहान ३ बजेतिर सुरुङ्गाको चाराली चोकबाट साइकलमा उक्त शंकास्पद वस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषद्को पर्चा पम्प्लेटहरु लिई बिर्तामोडको पश्चिम बसस्टेण्डमा राखेको अनुसन्धानबाट खुल्न आएको छ। उनलाई माघ २८ गते कन्काई नगरपालिका–३ बाट पक्राउ गरिएको हो। 

देवी बाँस्कोटा भने दमक नगरपालिका–३ मा चिया पसल सञ्चालन गर्दै आएकी महिला हुन्। उनी हिमाल सुरक्षा परिषदसँग आवद्ध रही शंकास्पद वस्तु प्रेसर कुकर राख्ने योजनामा संलग्न रहेको प्रहरीले जनाएको छ। माघ ८ गते देवीले नै केर्खा चोकमा रहेको १ पसलबाट ४ वटा प्रेसर कुकर खरिद गरी मुख्य गिरोहलाई उपलब्ध गराई विष्फोटन गतिविधिमा सहयोग गरेको झापाका एसपी विश्वमणि पोखरेलले बताए। 

उनको दमक ९ चिया दोकानस्थित घरबाट घटनामा प्रयोग भएको प्रेसर कुकरको कार्टुन, चन्दा माग गर्न प्रयोग भएको मोबाइल तथा समूहको गतिविधिमा शंकास्पद देखिएको चेकहरु समेत बरामद भएको छ। देवीलाई माघ २९ गते उनकै चिया पसलबाट पक्राउ गरिएको हो।

यता, कुमार भनिने यमदत्त कन्काई नगरपालिका–४ कोटीहोममा पुजारी काम गर्ने व्यक्ति हुन्। ग्रेटर नेपालको माग राखी शंकास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसी छुटेका एक व्यक्तिसँग कुमारको नजिकको सम्बन्ध छ। उनीसँग मिली कुमारले हिन्दू राज्य र राजतन्त्र पुनःस्थापनाको माग राखी कोटीहोमस्थित आफ्नो कुटीमा पटक पटक बैठक बसी आफ्नो छिमेकी हाल पक्राउ परेका भीष्म थापालाई बम राख्ने कार्य गर्नका लागि मोटरसाइकल किनिदिने प्रलोभन देखाई बम राख्न लगाएका थिए। उनलाई कोटीहोमबाटै पक्राउ गरिएको हो।

सरुण लिम्बु भन्ने दिलकुमार सामेखाम विगतमा लागू औषध मुद्दामा ५ बर्ष कैद सजाय पाई कारागारबाट छुटेको रहेको अनुसन्धानबाट खुलेको छ। हिमाल सुरक्षा परिषद् नामक समूहको गतिविधिको लागि झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट चन्दा उठाउने काममा उनी संलग्न रहेको खुलेको छ। मनमोहन दाहालबाट रकम लिई भारत बिहार राज्यको अररिया जिल्लास्थित कलियागञ्जसम्म पुगेर पार्टीको गतिविधि सञ्चालन गर्न रकम उपलब्ध गराई सहयोग पुर्‍याउँदै आएको खुलेको छ। विर्तामोड र दमकमा शंकास्पद प्रेसर कुकर राख्ने कार्यमा उनको संलग्नता देखिएको छ। फागुन १ गते उनलाई कन्काई–३ बाट पक्राउ गरिएको हो। 

मनमोहन दाहालले भने हिन्दू राज्य नेपाल र राजतन्त्र पुनःर्स्थापनाको माग राखी झापाको विर्तामोड पश्चिम बस स्टेण्डमा गत माघ ९ गते र दमकमा माघ १३ गते प्रेसर कुकर बम राख्ने योजना बनाई संग्लग्न गिरोहलाई रकम समेत उपलब्ध गराएको अनुसन्धानबाट खुलेको छ। 

उक्त कार्य गर्नका लागि दाहालले ग्रेटर नेपालको माग राखी २०७६ वैशाख २८ गते झापाको माइधारस्थित कन्काई पुलमा बम जस्तो देखिने शंकास्पद वस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसी छुटेको एक व्यक्तिलाई परिचालन गरेको खुलेको छ। उनलाई फागुन २ गते सुन्दरहरैचा नगरपालिका–६ बाट पक्राउ गरिएको हो।

प्रदीप थापा र आनन्द भन्ने अनन्त प्रसाद गिरीले हिमाल सुरक्षा परिषद्को नामबाट विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्न योजना बनाउने, चन्दा माग गर्ने गिरोह भारत बिहार राज्यको अररिया जिल्लाको कलियागंज बस्ने गरेकोमा निजले सीमा नाकामा बसी सो गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई उनको भूमिकामा रही सहयोग पुर्‍याउँदै आएको खुलेको छ। थापा र गिरीलाई फागुन २ गते गौरीगञ्ज गाउपालिका–५ स्थित नेपाल–भारत सिमानाको दश गजा क्षेत्रबाट पक्राउ गरिएको हो।    

विजय कुमार दास हलुवाईले हिमाल सुरक्षा परिषद्को नाममा अन्य सकृय सदस्यले संकलन गरेको पैसा आइएमईबाट प्राप्त गरी भारतको बिहार राज्यको कलियागन्ज बस्दै आएका योजनाकारहरुसम्म पैसा पुर्‍याउने काम गरेको खुलेको छ। उनलाई फागुन ३ गते गौरीगञ्ज नगरपालिका–३ बाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण छानबिनबारे कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव सोमबार, जेठ २६, २०८२
एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान सोमबार, जेठ २६, २०८२
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षी माओवादी केन्द्रद्वारा संसद् अवरुद्ध सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्