• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
‘अवैधानिक’ बस्तीको वैधानिक विद्यालय
64x64
धनु विश्वकर्मा शुक्रबार, पुस २३, २०७८  ०९:१५
1140x725

काठमाडौं– मनोहरा नदीले उपत्यकाका दुई जिल्ला काठमाण्डौं र भक्तपुरलाई छुट्याएको छ। काठमाडौँको जडिबुटीबाट मनोहरा तरेपछि भक्तपुरतर्फको किनारा पछ्याउँदै उत्तरतिर लाग्यो भने छाप्रे बस्तीमा पुगिन्छ। मनोहरा वारिपारि नै बाक्लै बसेको यो बस्ती सुकुम्बासीहरूको हो।

बस्तीभित्र खोला किनारामा छ सरस्वती आधारभूत विद्यालय। यो विद्यालय मध्यपुर थिमी नगरपालिका–१, भक्तपुरमा पर्छ। 

दिउँसो खाजा खाने समय भएको छ। विद्यालयका करिब आधाजसो विद्यार्थी गेटमा लाइन लागेका छन्। तर, गेटको ताल्चा खुलेको छैन। किनभने कोही विद्यार्थीलाई पनि गेटबाहिर जाने अनुमति छैन। अभिभावकले खाजा गेटसम्म ल्याइदिन्छन्, त्यहीँबाट विद्यार्थीले पालैपालो लिन्छन् र भित्रै खान्छन्।

यो सुकुम्बासी बस्ती ऐलानी जग्गामा बसेको छ। नदी वारिपारि करिब ८०० घरधुरी छन्। सरकारले यहाँबाट बस्ती हटाउन कहिलेकाहीँ डोजर लगाउँछ। तर, सरस्वती आधारभूत विद्यालय भने सरकारले नै खोलेको विद्यालय हो। पहिला यो विद्यालयमा पढ्ने प्रायः सबै विद्यार्थी सुकुम्बासी बस्तीकै थिए। अहिले अवस्था फेरिएको छ।

करिब १७ वर्ष अघिसम्म बस्तीका बालबालिकाका लागि विद्यालय थिएन। महङ्गो शुल्क तिरेर निजी विद्यालयमा पढाउन सक्ने हैसियत अधिकांश अभिभावकको छैन। त्यसैले यहाँका बालबालिका खेलेरै दिन बिताउँथे।

बालबालिकाहरूले पढ्न नपाएकोमा बस्तीका केही अगुवा चिन्तित थिए। उनीहरूले नै २०६२ माघ २१ गते बस्तीमा विद्यालय सुरु गरे। त्यस बेला एउटा टहरोमा केही बालबालिका राखेर पढाउन सुरु गरिएको थियो। 

के पढाउने भन्ने टुंगो थिएन। न शिक्षक, न पाठ्यक्रम। उनीहरूले बालबालिकालाई अनौपचारिक रूपमा पढाउन थाले। तीन वर्षसम्म यसरी नै पढाए। तर, लामो समय यसरी नै पढाइरहन संभव थिएन। त्यसैले बस्तीका अगुवाबाटै विद्यालयलाई स्वीकृति दिलाउन पहल थाले।

Ncell 2
Ncell 2

स्थापनाकालदेखि नै विद्यालयलाई गैरसरकारी संस्था एसियन फोरमले आर्थिक सहयोग गरेको थियो। प्रधानाध्यापक इन्दिरा महतका अनुसार जिल्ला शिक्षा कार्यालय भक्तपुरले यो विद्यालयलाई २०६५ असारमा स्वीकृति दियो। महत त्यही बेलादेखि नै यो विद्यालयमा कार्यरत छिन्।

काठमाडौंको चोभार बस्ने उनी त्यसअघि भक्तपुरको खरिपाटीस्थित एक विद्यालयमा पढाउँथिन्। घरबाट विद्यालय पुग्न टाढा हुने भएकोले कतै नजिक सरुवा हुन चाहेकी थिइन्। जिल्ला शिक्षा कार्यालयले सुकुम्बासी बस्तीमा रहेको विद्यालय पठायो। भर्खरै स्वीकृति पाएको विद्यालय चलाउन सजिलो थिएन।

प्रधानाध्यापक इन्दिरा महत

उनी यहाँ आउँदा एक्ली शिक्षक थिइन्। भौतिक पूर्वाधार थिएन। वर्षामा पढाउनै समस्या, विद्यालय भएको क्षेत्र नै डुबानमा पर्थ्यो। अहिले पनि समस्या उस्तै छ। ‘यो विद्यालयमा आदिवासी, जनजाति र पिछडा वर्गका सन्तानहरू पढ्छन्। उनीहरूको राजनीतिक, आर्थिक र प्रशासनिक पहुँच राम्रो छैन,’ प्रधानाध्यापक महत भन्छिन्, ‘त्यसैले विद्यालय जति सुधार भएको छ, यहीँका बस्तीका अगुवा र शिक्षकहरूले गरेका हुन्।’

उनी यो विद्यालयमा आउँदा करिब ४५ विद्यार्थी थिए। एसियन फोरमले शिक्षकको व्यवस्था गरिदिएको थियो। ‘त्यति बेला सुकुम्बासी बस्तीका विद्यार्थी मात्र थिए। कक्षा त हुन्थ्यो, परीक्षा हुँदैन थियो। विद्यालयको ढाँचामा ल्याउन नै संघर्ष गर्नुपर्‍यो,’ उनी भन्छिन्, ‘बिस्तारै कक्षा बढाउँदै जाँदा शिक्षा कार्यालयले पनि शिक्षकको व्यवस्था गरिदिँदै गयो। अनि विद्यालय पनि राम्रो भयो।’

शिक्षा कार्यालयले अहिलेसम्म पनि विद्यालयको भवन भने बनाइदिएको छैन। सरकारी जग्गा नभएका कारण भवन बनाउन नमिलेको उनी बताउँछिन्। स्थानीय सरकार आएपछि भवन निर्माणमा झनै झन्झट बेहोर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्। 

‘विद्यालय स्थायी छ, तर भवन अस्थायी हो। भवन बनाउन विद्यालयको आफ्नो जग्गा छैन। नगरपालिकाको जग्गा पनि छैन,’ प्रधानाध्यापक महतले भनिन्, ‘अहिले पनि विद्यालय अभावमै छ। गतिलो पूर्वाधार छैन। खेल मैदान पर्याप्त छैन। खाली ठाउँ पनि कम छ।’

उक्त ठाउँमा ऐलानी जग्गा भए पनि सरकारले बस्ती नै ‘अवैधानिक’ भएको भन्दै स्थायी भौतिक संरचना निर्माण गर्न दिएको छैन। अहिले भएको संरचना केही संघसंस्थाले बनाइदिएका हुन्। यहाँ माध्यमिक तहसम्मकै विद्यालय आवश्यक भएको महतले बताइन्।

‘भोलि बस्ती उठे पनि विद्यालय उठ्दैन। विद्यालयलाई बस्तीसँग जोडेर मात्र हेर्नु हुँदैन। विद्यालय राम्रो भए विद्यार्थी अभाव हुँदैन,’ उनले भनिन्, ‘यो बस्तीका मानिस पनि यही देशका नागरिक हुन्। कसैलाई पनि पढ्ने अधिकारबाट बञ्चित गर्न हुँदैन।’

तर, उनको कुरा राज्यले सुन्दैन। 

विद्यालयमा अहिले ३०० विद्यार्थी छन्। कक्षा ८ सम्म पढाइ हुन्छ। अब कक्षा १० सम्म पढाउने विद्यालयको योजना छ। त्यसको स्वीकृति पनि प्राप्त भइसकेको छ। अहिले शिक्षकको संख्या १२ जना पुगिसकेको छ। सबै महिला छन्। त्यसैले पनि यो विद्यालय उदाहरणीय बनेको छ।

विद्यालयमा सुकुम्बासी बस्तीका ६० प्रतिशत छन् भने बाँकी विद्यार्थी बाहिरबाटै आउँछन्। पढाइ राम्रो भएकै कारण बस्तीबाहिरका विद्यार्थी पनि आएको उनी बताउँछिन्। केही त निजी विद्यालय छोडेर आएकाहरू पनि भएको उनको भनाइ छ।

यहाँ पढाउने सबै शिक्षक प्रावि दरबन्दीका हुन्। निमावि दरबन्दीका शिक्षक नहुँदा समस्या भएको महत बताउँछिन्। अहिले प्रावि शिक्षकले नै माथिल्लो कक्षामा पढाइरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइर... आइतबार, जेठ २५, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्