• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
इच्छाराज ठगी प्रकरण : अख्तियारका आयुक्तदेखि पूर्वप्रधानसेनापतिसम्म यसरी ठगिए
64x64
नारायण अधिकारी बुधबार, मंसिर २२, २०७८  ०९:००
1140x725

काठमाडौं- संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिभिल सहकारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला आयुक्तदेखि पूर्वप्रधानसेनापतिसम्म ठगिएको पाइएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा परेका एक हजार ५०३ जना पीडितको सूचीमा अख्तियारका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमाङ्‍गत कटवालसम्मको नाम उल्लेख छ। आयुक्त अमात्य र छोरा सूर्यनरसिंह अमात्यको नामबाट सिभिल सहकारीमा एक करोड २२ लाख ५० हजार रुपैयाँ जम्मा भएको र हालसम्म त्यसको सावाँ-ब्याज नपाएको भन्दै उनका श्रीमान् दिवस अमात्यले जाहेरी दिएका थिए।

त्यसैगरी पूर्वप्रधानसेनापति कटवालसहित उनकी श्रीमती उमा र रुकमाङ्‍गत कटवाल ट्रस्टसमेत ठगिएको जाहेरी परेको छ। कटवाल परिवार र उनको ट्रस्टबाट मात्रै एक करोड ७७ लाख ३७ हजार ९३५ रुपैयाँ सिभिल सहकारीमा जम्मा गरेका थिए। त्यसको हालसम्म सावाँ-ब्याज भुक्तानी नभएको भन्दै कटवालको तर्फबाट सुलक्षणा ढकालले जाहेरी दिएकी हुन्। सुलक्षणा रुकमाङ्‍गत कटवाल ट्रस्टकी कोषाध्यक्ष हुन्। पूर्वप्रधानसेनापति कटवालको नामबाट मात्रै सिभिल सहकारीमा एक करोड रुपैयाँ जम्मा भएको थियो। त्यसैगरी उनकी श्रीमती उमाको नाममा आठ लाख रुपैयाँ जम्मा भएको थियो। बाँकी रकम भने ट्रस्टको नामबाट सहकारीमा जम्मा भएको भन्दै जाहेरी परेको थियो।

कलाकार तथा अभिनेत्री बसुन्धरा भुसालसमेत ठगिएको भन्दै इच्छाराजविरुद्ध जाहेरी परेको खुलेको छ। बसुन्धरा र उनका श्रीमान्समेतले सिभिल सहकारीमा रकम जम्मा गरेका थिए। बसुन्धराको नामबाट एकपटक २० लाख ३३ हजार ३५१ रुपैयाँ सिभिल सहकारीमा जम्मा भएको जाहेरीमा उल्लेख छ। अर्को एक पटक पनि उनकै नामबाट ११ लाख ७१ हजार ४९ रुपैयाँ जम्मा भएको थियो।

बसुन्धरा र उनका श्रीमान् चेतनारायणको नामबाट एक लाख १५ हजार ३१९ रुपैयाँ, बसुन्धरा र शैलेशको नामबाट छ लाख ७३ हजार ७४५ रुपैयाँ, प्रकाश शर्मा र चेतनारायण भुसालको नामबाट ३५ लाख ९८ हजार ५८ रुपैयाँ र चेतनारायण भुसालको नामबाट मात्रै १६ लाख ८५ हजार १९९ रुपैयाँ जम्मा भएको थियो। उक्त रकमको हालसम्म साँवा-ब्याज नपाएको भन्दै इच्छाराजविरुद्ध जाहेरी परेको थियो।

Ncell 2
Ncell 2

उनीहरुजस्तै ठूलो सङ्ख्यामा उच्चपदस्थ व्यक्तिहरु इच्छाराजको सिभिल सहकारीबाट ठगिएको सीआईबी स्रोतले जनाएको छ। ठगिनेहरु अधिकांश लोभमा परेर ठगिएको पाइएको छ। १७ प्रतिशतका दरले ब्याज दिने र रकम जम्मा गरेबापत उपहारस्वरुप सुनको सिक्कासमेत पाउने प्रलोभनमा ठगिएको अनुसन्धानबाट खुलेको छ।

उक्त प्रलोभनमा जितनीदेवी कोइरिनले २०६८ सालमा ८० लाख रुपैयाँ सिभिल सहकारीमा जम्मा गरेकी थिइन्। पछि जम्मा रकम बढाउँदै एक करोड १९ लाख ५४ हजारसम्म पुर्‍याएकी थिइन् भने रकम जम्मा गरेबापत उनले आठ वटा सुनका सिक्कासमेत उपहार पाएकी थिइन्।

चार करोड आठ लाख ९७ हजार रुपैयाँ जम्मा गरेका सुभाष्करराज राजकर्णिकारले चार थान सुनका सिक्का पाएका थिए। यसरी अधिकांशले प्रलोभनमा परेर सिभिल सहकारीमा रकम जम्मा गरेको खुलेको छ।

कतिसम्म भने विशुद्ध सेवा गर्ने उद्देश्यले स्थापना गरिएको रुकमाङ्‍गत कटवाल ट्रस्ट समेतले सिभिल सहकारीमा लगानी गरेर नाफा कमाउने उद्देश्य राखेको खुलेको छ। पूर्वप्रधानसेनापति कटवालले ‘सहाराविहीनका लागि परोपकारी अभियान’ नाराका साथ यो ट्रस्ट खोलेका थिए। तर, उही ट्रस्टले सिभिल सहकारीमा लगानी गरेर नाफा कमाउने उद्देश्य राखेको खुलेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट साताको पहिलो कारोबार दिन आइतबार ११ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झण्डै २७ अंकले वृद्धि भएको हो। सोमबार, जेठ २६, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ। आइतबार, जेठ २५, २०८२
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
भोलिसम्म सहमति खोज्ने विपक्षीको प्रस्तावका कारण सदन दुई दिनपछि सारियो : सचेतक बर्तौला सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्