• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
आफू पार्टीबाट उखेलिँदै गर्दा घनश्यामलाई एमालेको ‘जरा’को पिर
64x64
डिबी खड्का आइतबार, जेठ १६, २०७८  १९:३६
1140x725

काठमाडौं– नेपाली कम्युनिष्ट नेताहरुमा वैचारिक जगसहितको उचाइ निर्माण गरिरहेका नेता हुन् एमालेका घनश्याम भुसाल। नेकपा एमालेको नेतृत्व सही मार्गमा नरहेको विषयमा उनी सुरुदेखि नै खबरदारी गर्दै आइरहेका छन्। अहिले अन्तरविरोधले एमाले फुटको अवस्थामा पुग्दा उनी ‘सम्हाल्न’ खोजिरहेका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लिइरहेका निर्णयको उनी खरो आलोचना त गर्छन् तर, देशका लागि एमाले जस्तो पार्टी फुट्न नहुने उनको धारणा छ। त्यसैले पार्टी अध्यक्ष ओलीले आत्मसमीक्षा गरेर एकता कायम राख्नुपर्ने ‘लबिइङ’मै छन् उनी। 

प्रधानमन्त्री ओली विश्वासको मत नलिएर नयाँ ‘कोर्स’मा जान संसद विघटनको तानाबाना बुनिरहेका थिए, जेठ ६ गते। भुसाल भने त्यो दिन पनि एमालेमा लागेको विवादको कालो बादलको छेउमा सूर्यको प्रकाशले बनाएको चाँदीको घेरातिर औंल्याइरहेका थिए। उनले सामाजिक सञ्जालमा त्यो दिन लेखे, ‘हामीमा आन्दोलनप्रति न्युनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउँ छ। आन्दोलनलाई बर्बाद गर्न आफै कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ।’

पार्टी एक राख्ने कुरामा व्यक्तिगत आत्मसम्मानमा लागेको चोटलाई हाँसी–हाँसी सहने साहस जुटाउन उनी त्यसपछि पनि सक्रिय रहेको देखिन्छ। त्यसैले अध्यक्ष ओलीले पार्टीबाट निकालिरहँदा पनि आफू पार्टीमै रहन खोजिरहेको उनी बताउँछन्। 

उनी निकटस्थलाई आफ्नो मनोदशा यसरी सुनाउने गर्छन्, ‘एमाले र कांग्रेस सामाजिक सांस्कृतिक रुपले असाध्यै तलसम्म पुगेका राजनीतिक शक्ति हुन्। यिनका ती जरा उखेलिए भने राष्ट्रिय एकता कमजोर हुन्छ। त्यसैले ओलीजीले निकाल्दाखेरि पनि हामी किन यहाँ बस्न चाहन्छौं भन्दा मेरो कोणबाट भन्ने हो भने ती जराहरु उखेलिनु हुन्न। यो राष्ट्रिय कुरा हो। यो मुलुकको कुरा हो। यो मेरो कुरा होइन। म कति अपमानित भएँ, हिसाबकिताब गर्दै गरौंला।’ 

देउवाका पक्षमा अदालतमा हस्ताक्षर बुझाउन जानु अघिल्लो दिन भुसाल नयाँवानेश्वरस्थित संसद भवनमा ‘अधैर्य’ बनिरहेका थिए। उनलाई दुईटा पीर थियो– एमालेको जराजुरी उखेलिने र इतिहासमा संसदीय मर्यादा उलंघन गर्नेका नाममा आफू पनि दर्ज हुने। 

गाउँ टोल तहसम्म सञ्जाल भएका पार्टीहरुका कारण राष्ट्रिय एकता सम्भव रहेको भुसालको बुझाइ देखिन्छ। नेपालको जस्तो भूराजनीतिक अवस्थिति भएका ठाउँमा देश जोगाउन यस्ता पार्टी वा शक्तिहरु बलियो भइरहनुपर्ने उनी विभिन्न छलफलमा दोहोर्‍याउँछन्। उनको बुझाइ छ, ‘यस्ता शक्तिका राजनीतिक शक्ति, जराजुरी उखेलिनु भनेको हाम्रो राष्ट्रिय जीवनशक्तिमा क्षति पुग्नु हो। तत्काल कांग्रेस वा एमाले भनेर गाली गर्नु स्वाभाविक होला। तर, यिनीहरुले राष्ट्रिय एकता जोगाएका छन्। यसका जराजुरी टुटे भने हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएका मुलुकमा ठूलो खतरा आउँछ।’ 

देशमा, पहिले नेकपामा र अहिले एमालेमा देखिएको यो संकटको कारक आन्तरिक शक्ति संघर्ष मात्रै नठान्ने बुझाइका कारण उनी तुरुन्तै एमालेबाट च्वाट्ट चुँडिएर जान नहुने मतमै छन्। यसका लागि उनको कोशिस जारी छ। आफ्नो ‘माक्र्सवादी चिन्तन’बाट बुझाउने कोशिस दुवैतर्फका नेताहरुलाई गरिरहेका छन्। 

उनले यसअघि पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणमा पनि यही कुरा दोहोर्‍याएका थिए, ‘आजको नेपाली समाजको मुख्य समस्या दलाल पुँजीवादसँग छ भन्ने कुरा मैले २०५७ सालदेखि उठाउँदै आएको छु। आठौँ महाधिवेशनपछि दलाल पुँजीवादले हाम्रो पार्टीका नेता र कार्यकर्तालाई कसरी प्रभावित पार्दैछ र पार्टीभित्रै दलाल पुँजीवादको सेवा गर्ने एउटा समूह कसरी संस्थागत हुँदैछ, त्यो समूह नकमाएको सम्पत्तिमा बाँच्ने नवधनाढ्य वर्गमा कसरी रुपान्तरित हुँदैछ भन्ने विषयमा मैले पार्टी र सार्वजनिक मञ्चहरुमा छलफल गर्दै आएको छु।’

संविधानमाथिको वर्तमान आक्रमण ओलीले होइन, ओलीबाट गराइएको हो भन्ने ‘भाष्य’सहित उनी निरन्तर प्रस्तुत भइरहेका छन्। जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा उनले त्यही दोहोर्‍याए, ‘दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु।’

यो पनि पढ्नुहोस्

योगेशको अलमल : ‘प्रतिबद्ध नेता’ रोज्‍ने कि ‘असल मान्छे’शनिबार, जेठ १५, २०७८

अरु कसैले भनेको उल्लेख गर्दै भुसालले वर्तमान राजनीतिक पटाक्षेप पहिलेकै योजनाको निरन्तरताका रुपमा भएको उल्लेख गरेका छन्। भन्छन्, ‘पोहोर सालको बैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा स्पष्ट थियो। उनले भनेका थिए– नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहलाई विभाजित गरिनेछ। संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ। संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ।’

एमाले विभाजनलाई ‘बाह्य चलखेल’ र ‘दलाल पुँजीवाद’को आक्रमणको ‘लेन्स’बाट हेरिरहेका उनी एमालेका अन्य कार्यकर्ता जस्तो ‘वारपार’को लडाइँमा रुचि दिइरहेका छैनन्। ओलीले चालिरहेका कदमका विषयमा उनी स्पष्ट नै छन्। 

अध्यक्ष ओलीका हिसाबले त एमाले उहिल्यै फुटिसकेको उनको मूल्यांकन छ। उनको ठहर हो, ‘उहाँले पार्टीबाट मान्छे निकालेको हिसाबले एमाले अस्ति नै फुटिसक्यो।’

भुसालमा अध्यक्ष ओलीका गल्ती करेक्सन गरेर ठीक ठाउँमा ल्याउन सकिने आत्मविश्वास अझै देखिन्छ। त्यसपछि आ–आफ्नो तर्फबाट आत्मसमीक्षा गरेर एक हुने ठाउँ रहने उनको बुझाइ छ। अहिले कारबाही भोगेर विधितर्फ दुनियाँको ध्यानाकर्षण गराउनु पर्ने तर बेग्लै पार्टीका लागि अघि बढ्न नहुने उनी निकटस्थहरुलाई सुनाउँछन्। 

उनको बुझाइ छ, ‘देउवालाई प्रधानमन्त्री बनाउने कुरामा मर्यादा पालना भए कि भएनन् विचार पुर्याउनुपर्छ। संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएको विषयमा संसदीय मूल्य मानेको छु भनेर भन्नु हुँदैन। व्यक्तिगत रुपम मबाट पनि मर्यादा उलंघन भएको छ। त्यो डिलमा आएर कसैले धकेलेपछि हतारमा ज्यान जोगाउने काम भएको हो। नैतिक रुपले कसरी हेर्ने त्यसको विश्लेषण हुँदै जाला। संसदीय मूल्य मान्यता मिच्नेसम्मको अवस्थामा ओलीजीले धकेल्नुभयो।’ 

आफ्नो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा रहेको उनले स्पष्टीकरण दिएका छन्। 

भुसाल वैचारिक दृष्टिले कुनै पनि घटना एउटाले मात्रै नघटाउने, घटाउन नसक्ने देख्छन्। तर, जसले त्यो घटना घटाउन बढी भूमिका खेल्छ, त्यसले पूरा जिम्मा लिनुपर्ने उनी बताउँछन्। यतिबेला ओलीबाट उनी त्यही अपेक्षा गरिरहेका छन्। उनले ओलीको मुखबाट सुन्न चाहेका छन्, ‘तपाईंले २० प्रतिशत गल्ती गर्नुभयो, मैले ३० प्रतिशत गरें। आत्मालोचना गरौं र एकता कायम राखौं।’

गत वैशाख ६ गते उनलाई सोधिएको स्पष्टीकरणको ९ गते जवाफ दिने क्रममा पनि यही उल्लेख गरेका थिए, ‘पार्टीलाई जोगाउन व्यक्तिगत रुपमा मैले के–के त्याग गर्नु पर्ने हो त्यो सबैका लागि आफू तयार रहेको जानकारी गराउँदै त्यसका लागि तपाईंको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु।’

भुसालले एमालेको जराको पीर गरिरहेका बेला उनी आफैं ‘उखेलिने’ अवस्थामा छन्। पछिल्लोपटक फेरि स्पष्टीकरण सोधेर उनलाई त्यो सन्देश दिइसकिएको छ। परिस्थिति यस्तो बनिरहेको छ कि ओलीको मुखबाट आत्मालोचना होइन, त्यस्तो चाहनेहरु एमालेको साधारण सदस्य पनि नरहेको सुन्ने समय धेरै पर छैन।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १९:३६
  • #नेकपा_एमाले
  • #माधव_कुमार_नेपाल
  • #एमाले_विवाद
  • #घनश्याम_भूसाल
  • #माधव_पक्ष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
मुकुल ढकालको रिटमा पेशी सर्‍यो मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी मंगलबार, असार १७, २०८२
झापामा कोभिडका आठजना सङ्क्रमित फेला मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्