• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
सम्पदा पुनर्निर्माण रानीपोखरीकै गल्ती दोहोरिँदै छ शिलु महादेवमा
गौरीबहादुर कार्की सोमबार, चैत ३०, २०७७  ०७:०१
1140x725
बत्सला मन्दिरमा रहेका उड्ने सिंह र हाल उड्ने सिंह नराखी बनाइएको डिजाइन। 

मन्दिर पुनर्निर्माणका लागि ठेक्का सम्झौता भएको तीन वर्षसम्म पनि ठेकेदारलाई डिजाइन दिइएन। दुई वर्षमा पुनर्निर्माण सम्पन्‍न गर्ने भनिएको मन्दिर चार वर्षसम्म पनि पूरा हुने छाँट छैन। मन्दिर निर्माण अगाडि बढेपनि मन्दिरको उड्ने सिंहबारे डिजाइन दिइएकै पाइएन। गजुरको डिजाइन पनि अझै दिइएको छैन। परम्परागत शैलीमा निर्माण सुरू गरिएको मन्दिरको पुरातत्त्व विभागले अझै बाँकी काममध्ये उड्ने सिंह राख्‍ने/नराख्‍नेबारे ठेकेदारलाई डिजाइन दिन सकेको छैन।

यो शिलु महादेव मन्दिरको कुरा हो। ग्रन्थकुट शैलीका धेरैजसो मन्दिरको बाहिरी भागको बीचमा चारैतिर उड्ने सिंह राखिएका हुन्छन्। भक्तपुर दरबार परिसरमै पुनर्निर्माण सम्पन्‍न भएका सिद्धिलक्ष्मी र बत्सला मन्दिरमा उड्ने सिंह रहेका छन्। 

यो मन्दिरको ग्रन्थकुट अर्थात् शिखर शैलीको पुरानो तस्बिरमा उड्ने सिंह रहेको छ। पुरातत्त्व विभागले ठेक्का दिइएपछिको मन्दिर हातामा राखेको तस्बिरमा उड्ने सिंह राखेको पाइँदैन।

त्यतिबेला १९९० सालमा मन्दिर पुनर्निर्माण गरिँदा गुम्बज शैलीको सानो एक तले मन्दिर बनाइएछ। जसमा उड्ने सिंह राखिएनछ। भत्केको मन्दिरका उड्ने चार सिंहमध्ये दुईलाई दरबार परिसरकै भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकाको दायाँ-बायाँ राखिएको तस्बिरबाट देखिन्छ।

भक्तपुर गोलमढी टोलको गहिरो ढुंगेधारा (बाँया) र ढुंगेधारामा रहेका उड्ने सिंह।
भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकामा रहेका उड्ने सिंह।

बाँकी दुई सिंह भने गोल्मढी टोलको गहिरो ढुंगा धाराको दायाँ-बायाँ पारेर राखिएछ। जो अझै मौजुदा रहेको तस्बिरबाट देखिन्छ। जुन कुरा ‘शिलु महादेव बेहालमा’ शीर्षकमा कान्तिपुर कोसेलीमा २०७६ भाद्र ७ मा प्रकाशित मेरो लेखमा पनि उल्लेख छ।

दायाँतिरको शिलु महादेव मन्दिर वि.सं. १९९० अगाडिको स्वरूपमा, बायाँतर्फको देखिएको भाग हरिशंकर मन्दिरको हो। जो १९९० सालको भूकम्पमा पाताल भयो, पुनर्निर्माण अहिलेसम्म भएन। (१९६०-६५ सालमा लिइएको तस्बिर)

यो मन्दिर राजा जगतप्रकाश मल्लको पालामा नेपाल संवत (ने.सं.) ७९८ मा, सन् १६५०, सम्वत् १७०७ मा बनेको थियो। जो भक्तपुर दरबार परिसरको पूर्वी चोकको उत्तरमा रहेको छ। ‘गोसाइँकुण्ड’लाई नेवारी भाषामा ‘शिलु’ भनिन्छ। सोही महादेवको नाममा यो मन्दिर बनेको पाइन्छ। यसलाई नीलकण्ठेश्वर महादेव पनि भनिन्छ। १९९० सालको भूकम्पभन्दा अगाडि यो मन्दिर ग्रन्थकुट अर्थात् शिखर शैलीमा इँट्टाले बनेको थियो। मन्दिरको चारै ढोकामा झिंगटीको पाली थियो। नेपालमा भएका शिखर शैलीको मन्दिरमा यो अग्लो मन्दिर भनिन्छ। भक्तपुरकै बद्रीनाथ र केदारनाथजस्तै इँट्टाबाट बनेको थियो।

यो बीचको मन्दिर शिलु मन्दिर हो, १९९० साल अगाडिको स्वरूपमा। राजा जगतप्रकाश मल्लको पालामा ने.सं. ७७० (सन् १६५०, सम्वत् १७०७) मा बनेको मन्दिर। (हेनरीयो बीचको मन्दिर शिलु मन्दिर हो, १९९० साल अगाडिको स्वरूपमा। राजा जगतप्रकाश म एम्ब्रोज ओल्डफिल्डले वि.सं.१९१०, (सन् १८५३ मार्च)  मा कोरेको तेल चित्र)

माथि तस्बिरको बायाँपट्टिको छानाको कुनामात्र देखिने मन्दिर भक्तपुर दरबार परिसरकै हरिशंकरको मन्दिर हो, जसलाई लाँ पाँ देग अर्थात् बाटो छेकेर बनाइएको मन्दिर वा देवल भनी नेवारीमा भनिन्छ। यो मन्दिर पनि १९९० सालको भूकम्पमा भत्किएपछि नयाँ बनाइएन। यसको मूर्ति राष्ट्रिय कला संग्रहालय, भक्तपुरमा राखिएको छ।

तस्बिरको दायाँतर्फ देखिएको मन्दिर भने भुइँ तलामा दक्षिणामूर्तिको मन्दिर र माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुका मन्दिर रहेको भनिन्छ। जो १९६५ र १९९० को भूकम्पमा धराशायी बन्‍न पुग्यो। यो तीन तले माथि गुम्बज भएको मन्दिर पनि १९९० सालपछि बनाइएन। सोही स्थानमा गुठी संस्थानले बनाएको कार्यालय भवन पनि २०४५ को भूकम्पले भत्कियो। हाल जग्गा खाली रहेको छ।

Ncell 2
Ncell 2
शिलु मन्दिरको शिवलिंग।

१९९० सालको भूकम्पले भत्काएपछि यो शिलु महादेव मन्दिर प्राचीन शिखर शैलीको सट्टा कुरूप पारेर बनाइयो। ९० सालको भूकम्पपछि फर्सीजस्तो डल्लो रूपमा निर्माण भएकाले स्थानीय नेवारी भाषामा फसी देग अर्थात् फर्सी देवल भनिएको रहेछ।

२०७२ सालको भूकम्पअघि बनेको मन्दिर।
यो मन्दिरको १९९० साल पहिले, ९० सालपछि र ०७२ को भूकम्प अगाडिका तीन रूप माथिको तस्बिरमा देखिन्छ। तस्बिरः भक्तपुर मासिक

 

२०७२ वैशाखको भूकम्पपछिको अवस्था।
हाल निर्माणाधीन अवस्थामा रहेको मन्दिर।

पुरानो मन्दिर, ९० सालपछि र ०७२ को भूकम्पअघिको मन्दिरको गजुर पनि एक रूपका छैनन्। अहिले पनि गजुरको डिजाइन नै नदिएकाले कस्तो राख्‍ने भन्‍ने प्रस्ट हुन सकेको पाइँदैन। 

पहिलो तलाका काठ र ढुंगाका कलात्मक स्तम्भहरू।

पुरानो मन्दिरको माथि बीचजस्तो भागमा चारै दिशामा प्रस्तरको उड्ने सिंह रहेका थिए। सो मन्दिर भत्केपछि ती सिंहमध्ये दुईवटा भक्तपुर नगरपालिकाको २०७२ भूकम्प अगाडिको दरबार परिसरकै पुरानो भवनको मूल ढोकाको दायाँ-बायाँ राखेको रहेछ, जो अद्यापि छ। दुई सिंह भने गोल्मढीको गहिरो ढुंगेधारामा राखिएको छ। यस्तै उड्ने सिंह भूकम्पमा भत्केको मूल चोकको बत्सला र सिद्धिलक्ष्मी मन्दिरमा पनि चारैतिर रहेका थिए। अन्यत्र मन्दिरमा पनि यस्तो सिंह पाइन्छ।

उड्ने सिंह राख्‍नका लागि पुरातत्त्व विभागले डिजाइन दिएको छैन। ठेकेदार सानु सुवालले मन्दिर बनाउँदै जाँदा सिंह राख्‍ने कि नराख्‍ने भनी निर्णय गर्न सक्ने कुरा भएन। साविक मन्दिरको तस्बिरबाट देखिएको र चार सिंह अझै अन्यत्र मौजुदा रहेकाले उड्ने सिंह नराखी मन्दिर बनाइएमा विवाद आउने प्रस्ट छ। पुरातत्त्व विभागले सिंह राख्‍ने डिजाइन र कार्यादेश नदिएमा तयार भएको मन्दिरमा पुनः सिंह राख्‍नुपर्ने अवस्था आउने सम्भावना देखियो। भूकम्पले भत्किएका साविक मन्दिरलाई सोही स्वरूपमा बनाउन रानीपोखरीको बालगोपालेश्वर र पाटन मंगलबजारको भाइदेग मन्दिर, भक्तपुरकै लालबैठक भवन आदिमा पुरातत्त्व विभागले पछिल्लो रूपमा बनाउन खोजेकोमा व्यापक जनदबाबपछि साविककै रूपमा बनाउन बाध्य भएको स्थिति छ। यो शिलु मन्दिरको उड्ने सिंह र गजुरसम्बन्धमा पनि छिटो निर्णय हुन ढिलो भइसकेको छ।

यो शिलु महादेव (फसिदेग) मन्दिर पुरातत्त्व विभागले १९९० साल अगाडिको पुरानै रूपमा निर्माण गर्न ठेक्का दिएको हो। तर, पुरातत्त्व विभागले मन्दिरको पूरा डिजाइन दिन नसकेकाले मन्दिर निर्माणमा ढिलाइ भइरहेको छ।

शिलु महादेव मन्दिर पुनर्निर्माणका लागि पुरातत्त्व विभागले श्रीप्राकृतिक, सानु सुवाल र तुलसी जेभी संयुक्त ठेकेदारलाई ठेक्का दिएको रहेछ। २०७३ असार १४ गते दुई वर्षभित्र सम्पन्‍न गर्नुपर्ने गरी २०७५ असारको कार्यादेश दिएकोमा पाँच वर्ष हुन लाग्दा पनि सम्पन्‍न हुन सकेको छैन। अझै गजुर र उड्ने सिंहबारे डिजाइन नदिएकाले मन्दिर निर्माणमा ढिलाइ हुने पक्का देखियो।

ठेक्का अवधि र डिजाइन।

ठेक्का दिएको पाँच वर्षसम्म सम्पूर्ण डिजाइन नदिएकाले काममा ढिलाइ हुन गएको रहेछ। पुरातत्त्व विभागकै कारणले मन्दिर निर्माणमा अझै समस्या बाँकी रहेको देखियो। विभागले ठेक्का दिएका सम्पदाहरूमा कहाँ के समस्या आएको छ? निर्माणमा के कारणले ढिलाइ भइरहेको छ? कसरी समाधान गर्ने भन्‍नेतिर पुरातत्त्व विभागको सक्रियता हुनुपर्ने हो।

भक्तपुरकै राष्ट्रिय कला संग्रहालय र लाल बैठक भवनमा पनि पुरातत्त्व विभाग र भक्तपुर नगरपालिकाबीच आपसी समन्वयको अभावमा भूकम्प गएको छ वर्ष बित्‍नलाग्दा पनि काम सुरू हुन सकेको छैन।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पार्टी कार्यालयहरूमा आफूविरुद्ध नक्कली पीडित खडा गरिएको गृहमन्त्रीको दाबी
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
कम्युनिष्ट भन्ने दलहरू कुरा लेनिनको व्यवहार स्टालिनको गर्छन् : सुदन किराती
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
पार्टी कार्यालयहरूमा आफूविरुद्ध नक्कली पीडित खडा गरिएको गृहमन्त्रीको दाबी शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित शुक्रबार, जेठ ३०, २०८२
कम्युनिष्ट भन्ने दलहरू कुरा लेनिनको व्यवहार स्टालिनको गर्छन् : सुदन किराती शुक्रबार, जेठ ३०, २०८२
माओवादीसँगको सहमतिपछि प्रतिनिधिसभा बैठक सुरु शुक्रबार, जेठ ३०, २०८२
यसवर्ष एसईई नतिजामा सुधार हुन्छ : प्रधानमन्त्री ओली शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्