• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रतिनिधि सभामा सरकारको वक्रदृष्टि : कहिले समात्ला लय?
64x64
नेपाल लाइभ सोमबार, चैत ९, २०७७  २०:५२
1140x725
फाइल तस्बिर

काठमाडौं- ‘अलिकति समस्याहरू छन्। त्यसलाई लयमा फर्काउनका लागि बढी नै मिहिनेत गर्नुपर्ने आवश्यकता छ। तर, हिजोबाट तपाईंहरूलाई लाग्यो होला, अब त्यसले लय समात्छ। त्यसले गति लिन्छ,' शनिबार जिपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले भनेका थिए।

सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको प्रतिनिधि सभाका चारवटा बैठक बसिसकेका छन्। मंगलबार पाचौं बैठक बस्दैछ। तर, सभाले कुनै महत्त्वपूर्ण बिजनेश पाउन सकेको छैन। सरकारले कुनै नयाँ विधेयकहरु दर्ता गरेको छैन। संसदीय समितिहरूबाट पारित भएर बसेका विधेयक प्रतिवेदनहरु पनि पेस हुन सकेका छैनन्। अध्यादेशहरु पनि पेस हुन सकेका छैनन्।

'विभिन्न गतिविधिहरुबाट सरकार आफैंले सरकारलाई सहयोग गर्न तयार छैन भन्ने देखिन्छ। प्रतिनिधि सभालाई कुनै पनि बिजनेस नदिने, विधेयक अधिवेशन भन्ने तर कुनै पनि विधेयकलाई प्रवेश नगराउने उसको शैली देखिन्छ', कांग्रेस सचेतक पुष्पा भुसाल भन्छिन्।

संसद् भर्खरभर्खर सुरु भएकोले यसको गतिविधिमा तत्कालै तीव्रता नआएको एमाले सचेतक शान्ता चौधरीको भनाइ छ।

फागुन २३ गतेयताका प्रायः बैठक औपचारिकतामा सीमित भएका छन्। अबका बैठकमा कुनै फरकपन नआए सभामुखले भनेजस्तो लय समातेको देखिन मुस्किल पर्नेछ।

संसद् भर्खरभर्खर सुरु भएकोले यसको गतिविधिमा तत्कालै तीव्रता नआएको एमाले सचेतक शान्ता चौधरीको भनाइ छ। सरकारले बिजनेस नदिएको कुरालाई पनि उनी अस्वीकार गर्छिन्। 'सरकारले बिजनेस नदिएका कारण रोकिएको होइन। सरकारले संसद्लाई बिजनेस नदिनुपर्ने कारणै छैन। संसद्लाई चलायमान नबनाउने भन्ने सोच सरकारको हुनै सक्दैन,' उनले भनिन्। 

प्रधानमन्त्रीको वक्रदृष्टिको शिकार!
प्रतिनिधि सभा ब्युँतिएपछि यसको महत्त्व त बढेको छ नै, विशेष र प्रभावकारी भूमिकाको अपेक्षा पनि गरिएको छ। तर, सभा ब्युँतिएको १६ दिन बितिसक्दा पनि त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल पनि हुन सकेको छैन। सोमबार मात्रै सभामुख अग्निप्रसाद सापकोटाको भनाइ सार्वजनिक भएको छ- ‘प्रधानमन्त्रीज्यूसँग भेट्नका लागि समय मागेको छु, छिट्टै भेट हुन्छ होला।’ 

उनले प्रधानमन्त्रीबाट समय पाइनसकेको पनि बताए।

Ncell 2
Ncell 2

संवाद गर्न चाहेर सभामुख सापकोटाले सहज वातावरण बनाउन खोजेजस्तो देखिन्छ। आइतबार उनले विभिन्न समितिका सभापतिहरुसँग छलफल गरेका थिए। सोमबारै मात्र उनले कानुनमन्त्री, कांग्रेस प्रमुख सचेतक लगायतलाई भेटेका थिए।

सभामुख सापकोटाले संसद् सचिवालयसँग पनि परामर्श गरिरहेका छन्। यसको प्रभाव मंगलबारको प्रतिनिधि सभा बैठकमा देखिन सक्छ। जानकारहरुका अनुसार, सभामुखले मंगलबारबाट नै शून्य समय र विशेष समय सुरु गर्नेछन्।

त्यसो त, सापकोटा सभामुख बन्ने प्रक्रियादेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि थियो। उनले राष्ट्रिय सभा अध्यक्ष जस्तै आफूलाई ‘सहज हुने’ व्यक्तिलाई सभामुख बनाउन चाहेका थिए। जसलाई आफ्नो अनुकूलतामा चलाउन सकियोस्। तर, त्यतिबेला उनी सफल भएनन्। परिणामतः सापकोटा आउनु अघिसम्म प्रचलनमा रहेको अधिवेशन सुरु र अन्त्त्य गर्ने बेला हुने परामर्श पनि उनी आएसँगै रोकियो। बरु कार्यपालिका प्रमुखबाट व्यवस्थापिका प्रमुखमाथि आक्षेप सुरु भयो।

प्रतिनिधि सभा ब्युँतिएपछि पनि सभामुखप्रति प्रधानमन्त्रीमा रहेको तुष मेटिएको देखिँदैन।

प्रतिनिधि सभा विघटनपछि ओलीले सभामुखलाई व्यक्तिगत रुपमा पटक-पटक लाञ्छित गरे। पार्टीभित्र आफ्नो समूहको बैठक, देशका विभिन्न ठाउँमा आयोजित सभादेखि राष्ट्रिय सभासम्मबाट उनले सभामुखप्रति आक्रोश व्यक्त गरे।‍

‘हामीले एउटा कीर्ते मान्छेलाई सभामुख मान्नुपर्ने। मानेर आइयो। कत्रो बिडम्बना। यस्ता कीर्तेहरुको हातमा जब नेतृत्व हुन्छ, अनि प्रणाली अप्ठ्यारोमा पर्छ,' गत पुस ९ गते बालुवाटारमा आयोजित आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेका थिए।

प्रतिनिधि सभा ब्युँतिएपछि पनि सभामुखप्रति प्रधानमन्त्रीमा रहेको तुष मेटिएको देखिँदैन। अर्कोतिर, आफैंले भंग गरेको प्रतिनिधि सभा ब्युँतिएपछि ओलीमा तीव्र हिनताबोध भएजस्तो देखिन्छ। त्यसैले उनी संसद् भवन पुगेर पनि बैठकमा भने सहभागिता जनाउन सकिरहेका छैनन्। कहिले चाँडो पुगेर फर्किने, कहिले ढिलो पुगेर नभ्याउने स्थिति देखिएको छ।

उनले प्रतिनिधि सभा ब्युँतिएको विषयलाई सहज रुफमा स्वीकार्ने नसकेको जस्तो स्थिति देखिन्छ। उनी संसद्लाई बिजनेश दिन पहल गर्दैनन् तर, भाषणहरुमा भने प्रतिनिधि सभा प्रभावकारी नभएको आक्षेप लगाउँछन्। उनको प्रयास पनि संसद्लाई सहज रुपमा अघि बढ्ने वातावरण सिर्जना गर्नेभन्दा पनि त्यहाँ अन्योल सिर्जना होस् र आफूले भन्दै आएको निर्वाचनको औचित्य पुष्टि होस भन्नेतर्फ केन्द्रित देखिन्छ।

'संसद्लाई बिजनेस पनि नदिने अनि संसद्को औचित्य पनि छैन पनि भन्ने। फेरि निर्वाचन चाहिँ त्यही संसद्को लागि गराउन खोज्ने। विरोधाभास देखिन्छ', भुसाल भन्छिन्, 'अहिलेको संसद्‌मा सरकारको तर्फबाट गम्भीरता देखिँदैन।'

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  २०:५२
  • #सरकार
  • #प्रतिनिधिसभा
  • #वक्रदृष्टि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ
मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीको मृत्यु
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको... आइतबार, असार १, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची बैठक बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । आइतबार, असार १, २०८२
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु समितिले उनीहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको सभापति ईश्वरी न्यौ... शनिबार, जेठ ३१, २०८२
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, असार १, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ आइतबार, असार १, २०८२
मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीको मृत्यु आइतबार, असार १, २०८२
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला आजदेखि, नेपालले भोली नेदरल्यान्ड्ससँग खेल्दै आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ शनिबार, जेठ ३१, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्