• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
वीर अस्पतालको परिचयपत्र बोकेका डाक्टर नै नक्कली!
64x64
नारायण अधिकारी बिहीबार, चैत ५, २०७७  १७:५३
1140x725
प्रतिकात्मक तस्बिर : केजीएनएस.टिभी

काठमाडौं- स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा समेत नक्कली परिचय दिँदै अनेक धन्दा हुने गरेको पाइएको छ। लाइसेन्स नै नलिई बिरामी जाँच गर्नेदेखि डाक्टर बन्नका लागि गलत प्रक्रिया अपनाएका घटनाहरु बाहिरिने गरेका छन्।

पछिल्लो समय वास्तविक लाइसेन्स भएका डाक्टरलाई समेत थाहै नदिई लाइसेन्स नम्बर र नामको समेत दुरुपयोग हुने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको एउटा अनुसन्धानबाट खुलेको छ। यही शैली अपनाएर नक्कली डाक्टरको छद्‌म भेषमा सक्कली काम गर्ने व्यक्ति हुन्, अर्घाखाँचीको मालारानी गाउँपालिका-८ का जितेन्द्र पन्थी।

३६ वर्षीय नक्कली डाक्टर जितेन्द्र पन्थी अहिले भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा पन्थीलाई जेल चलान गरेको हो। 

नक्कली कागजपत्र बनाएर पन्थीले आफूलाई डाक्टर भएको दाबी गर्दै आएका थिए। पन्थीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत फागुन २ गते काठमाडौं महानगरपालिका–३, कान्ती संगमटोलबाट पक्राउ गरेको थियो।

पन्थी पक्राउ परेपछि नक्कली डाक्टरलाई सक्कली डाक्टर नै हो भनेर अधिवक्ता उषा थपलियाले प्रमाणित गरेको पाइएको थियो। नक्कली डाक्टरको कागजातलाई सक्कल भनेर प्रमाणित गरेको पाइएपछि सिआइबीले अधिवक्ता थपलियालाई समेत पक्राउ गरेको थियो। पक्राउ परेका थपलियालाई जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले २ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

डाक्टरको कागजात, परिचयपत्र लगायत बनाउने कार्यमा संलग्न भएको आरोप थप दुई जना पनि पक्राउ परेका थिए। डाक्टरको नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा ज्ञानबहादुर विश्वकर्मा र संजित महर्जनलाई पक्राउ गरिएको थियो। विश्वकर्मालाई १ लाख ५ हजार र महर्जनलाई २ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश काठमाडौं जिल्ला अदालतले गरेको छ।

डाक्टरले लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्र (लाइसेन्स)को लागि नक्कली डाक्टर बनेर सिफारिस गरेपछि पन्थी पक्राउ परेका थिए। नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको स्थायी दर्ता प्रमाणपत्र लिँदा काउन्सिलमा दर्ता भएका चिकित्कसले दस्तखत गरी सिफारिस लिनुपर्ने प्रक्रिया छ।

डाक्टर कृष्ण रिजालले स्थायी दर्ता प्रमाणपत्रका लागि भरेको फारममा गत असोज ६ गते डाक्टर जितेन्द्र शर्माले दस्तखत गरी सिफारिस गरेका थिए। आफ्नो डाक्टर दर्ता नम्बर २३६४ लेखी जितेन्द्रले कृष्णको सिफारिस गरेका थिए।

अनुसन्धानको क्रममा डाक्टरको लाइसेन्स नै नभएका जितेन्द्र पन्थीले जितेन्द्र शर्माको नाममा कृष्णको लाइसेन्सका लागि सिफारिस गरेको पाइएको थियो। साथीभाई र समाजमा आफूलाई प्रतिष्ठित देखाउन नक्कली डाक्टर बनेरै भए पनि सिफारिस गरेको पन्थीको बयान छ। 

किर्गिस्तानबाट एमबिबिएस उत्तिर्ण, लाइसेन्स नै नलिई स्वास्थ्य सेवा दिने भन्दै अस्पताल दर्ता 
पुर्पक्षका लागि थुनामा पठाइएका पन्थीले जललावाद स्टेट मेडिकल युनिभर्सिटी, किर्गिस्तानबाट सन् २०१८ मा एमबिबिएस उत्तिर्ण गरेको तर नेपाल मेडिकल काउन्सिलबाट अहिलेसम्म लाइसेन्स नलिइएको अनुसन्धानबाट खुलेको थियो। 

किर्गिस्तानबाट एमिबिबिएस उत्तिर्ण गरेपछि पन्थी २ वर्ष अघि नेपाल फर्किएका थिए। कृष्ण रिजालले लाइसेन्स लिने बेला पन्थीले आफू समेत डाक्टर भएको र मेडिकल काउन्सिलबाट लाइसेन्स समेत प्राप्त गरेको भन्दै दर्ता नम्बर २३६४ राखी जितेन्द्र शर्माको नामबाट सिफारिस गरेका थिए। 

उक्त दर्ता नम्बर भने जोतिन्द्र शर्माको नाममा रहेको अनुसन्धानबाट खुलेको थियो। पन्थीले लाइसेन्सका लागि सिफारिस गरेका रिजाल उनका घरबेटी हुन्। डाक्टरको लाइसेन्स नै नलिई स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै पन्थीले एउटा अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा समेत दर्ता गरेको सिआइबीको अनुसन्धानमा खुलेको छ। 

‘पन्थीले लाइसेन्स लिएका छैनन्। तर, स्वास्थ्य सेवा दिने भनेर आफैंले अस्पताल दर्ता गरेपछि बिना लाइसेन्स काम गर्ने उनको योजना देखिन्छ’ सिआइबी स्रोत भन्छ। 

पन्थीले दिन्थे वीर अस्पतालको चिकित्सक भएको परिचय
पन्थीले किर्गिस्थानबाट एमबिबिएस उत्तीर्ण गरेको बताए पनि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स नै नलिई डाक्टरको परिचयपत्र बनाउनेदेखि स्ट्याम्पसम्म बनाएर काम गर्ने गरको पाइएको छ। 

पन्थीले आफू वीर अस्पतालको चिकित्सक भएको परिचय दिने गरेको अनुसन्धानमा खुलेको छ। अर्का प्रतिवादी संजित महर्जनले सञ्चालन गरको पसलमा २ वर्षदेखि पन्थी आउने गरेको र वीर अस्पतालको चिकित्सक भएको भनेर परिचय दिने गरको महर्जनले बयान दिएका छन्।

महर्जनले भनेका छन्, ‘सुरुदेखि नै पन्थी म कहाँ आउँदा वीर अस्पतालको चिकित्सक रहेको कार्ड भिरेर आउने गरेका थिए। आफ्नो परिचय दिँदा समेत वीरको चिकित्सक भएको बताउँथे।’

वीरको चिकित्सकको परिचय बनाउन आउँदा समेत पेन ड्राइभमा वीर अस्पतालको लेटर प्याड, परिचयपत्र लिएर आउने गरेको महर्जनको भनाइ छ। पन्थीले आफू वीरको चिकित्सक भएको बताएपछि उनैले भने बमोजिमको लेटर प्याडदेखि स्ट्याम्पसम्म महर्जन र अर्का प्रतिवादी ज्ञानबहादुर विश्वकर्माले बनाएको बताएका छन्।

‘पन्थीले वीर अस्पतालको डाक्टर भएको परिचय देखाएको तर, डकुमेन्ट बनाउनका लागि वीर अस्पतालको पत्र माग गर्दा सबै कर्मचारी नेपाल मेडिकल काउन्सिलको चुनावमा भएका बताएपछि मैले डकुमेन्ट बनाइदिएको हुँ’ महर्जनको बयानमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ÷संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा... सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सां... सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो। सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्